Daily Archives: 25/05/2011

२६०० इलिगल नेपालीहरुले ट्राभल डकुमेन्ट बनाए, एम्नेष्टीको समयावधी अब एक महिना बाँकी


ईन्द्र भूषाल, कुवेत  

कुवेत सरकारले कुवेतमा इलिगल बन्न पुगेका बिदेशी कामदारहरुलाई सहजरुपले आफ्नो मुलुकमा फर्कन प्रदान गरेको एम्नेष्टीको समय अब एक महिना र केही दिन मात्र बाँकी रहेको छ । कुवेत सरकारले यती लामो समयसम्म इलिगल बिदेशी नागरिकहरुलाई बहिर्गमनको लागि उपलब्ध गरएको यो शायद पहिलो पटक हो । पढ्नेक्रम जारी राख्नुहोस्

विहे गर्छु भनेर मरिमेट्छन् -सृजना सुब्बा


उनलाई चिन्नेहरु ‘मिस जुली’ भन्छन् । त्यसो त उनी ‘साल्गी’को नामले पनि परिचित छन् । तर उनको न्वारनको नाम भने सृजना सुब्बा हो । पछिल्लो समय नेपाली नाटकमा लोकप्रियता हाँसिल गरेकी अभिनेत्री हुन उनी । नाटक टेली चलचित्र र चलचित्रमा पहिचान बनाएकी सृजनाले पारिजातको कथामा निर्मित टेली चलचित्र साल्गीको बलात्कृत आँसु र चलचित्र साल्गीमा पनि ‘साल्गी’को भूमिका निर्वाह गरेकीछिन् । पढ्नेक्रम जारी राख्नुहोस्

टाइटानिक अब थ्रीडीमा


टाइटानिक’ फिल्म नहेर्ने र यस’bout नसुन्ने मानिसहरु सायदै होलान् । सन १९९७ को सर्वोत्कृष्ट फिल्म बन्दै टाइटानिकले अहिलेसम्मकै सवैभन्दा बढी ११ विद्यामा ओस्कर अवार्ड जित्न सफल भएको थियो । जेम्स क्यामरुनले फेरि उक्त फिल्म रिमेक गरी थ्रीडि भर्सनमा अर्को साल अर्थात २०१२ को अपि्रल ६ मा सार्वजनिक गर्ने घोषणाले विश्वका फिल्म दर्शकहरुमा खुसी छाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आलो रगत घलघली पिएर मनाइने देवाली (फोटो फिचरसहित)


रामेछाप । देश विदेशमा शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाइँदै थियो । तर नेपालकै एउटा समुदाय भने त्यही दिन पशु बली दिएर आफ्नो देवाली –दिपावली) गर्न व्यस्त थियो । नेपालका खप्तडी बस्नेतहरु त्यही दिन बली दिने मात्र होइन बली दिएको बोकाको काँचो रगत घलघली पिइरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको अपरिहार्यता


-सुनिल मूल,

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दुई दशकअघि प्रारम्भिक अध्ययनको थालनी भए पनि सुरुमा भौगोलिक स्वरूपमा उपयुक्त स्थानको चयन गर्नु नै पहिलो प्राथमिकताको विषय बन्यो । यसका लागि तत्कालीन सरकारबाट स्थानीय स्तरको नेपाल इन्जियिरिङ कन्सल्टेन्सी सर्भिसेस (नेपिकन) लाई परामर्शदात्रीका रूपमा चयन गरी प्रारम्भिक अध्ययन गर्न जिम्मा दिइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सामाजिक सञ्जाल प्रयोग गर्न उमेर तोकिनु हुँदैन : फेसबुक


 १३ वर्षमुनिका फेसबुक प्रयोगकर्ता बालबालिकाको संख्या ६० करोड

सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यस्ता सञ्जालहरू १३ वर्षमुनिका बालबालिकालाई पनि प्रयोग गर्न छुट दिनुपर्ने बताएका छन् । यो अमेरिकाको संघीय कानुनको विपरीत हुनेछ । सन् १९९८ मा बनेको यस्तो कानुनले बालबालिकाको अनलाइन गोपनियताको पक्षमा वकालत गर्छ । पढ्नेक्रम जारी राख्नुहोस्