बिधालय बिकास र समाज परिवर्तनमा भू.पू. बिद्यार्थीहरुले खेल्नुपर्ने भूमिका


ईन्द्र भूषाल, कुवेत

भू.पू. भनेर पुकार्ने बित्तिकै पहिलाको अथवा बितिसकेको समयको सम्झना गराउँछ । बर्तमानमा हामी जहाँ भएपनी हरपल बिगतका तितामिठा पलहरुले हामीलाई छुने गर्छ । आफुले गरेका राम्रा नराम्रा कामको मुल्यांकन गर्ने समय बर्तमान हो । नेपालमा मात्र होइन बिदेशमा पनि एक्स-आर्मी, पुलिस लगायत कर्मचारीहरुका धेरै संगठनहरु छन । नेपालको वास्तविकता केलाउने हो भने त भू.पू. सांसदहरुको पनि संगठन छ जुनबेला बेलामा राजनीतिको फाईदा लिनलाई कुर्लने गर्छ । सबै भू.पू. संगठनहरुले आफ्नो संस्थाको उदेश्य पूर्तीको लागि आवाज उठाउने गर्छन् भने कोही संगठनलाई  भर्‍याङ बनाएर ब्यक्तिगत स्वार्थ पूर्ती गर्ने गर्छन् । सबै भू.पू. हरुको आ-आफ्नो चल्ने बाटो छ अनी गर्ने कामहरु छन ।

“जननी जन्मभूमिश्च्व स्वर्गदपी गरिएशी” यो वाक्यले धेरै कुरालाई समेटेको छ । आफु जन्मेको देश, हुर्केको समाज अनी शिक्षाको उज्यलो ज्योति प्राप्त गर्नको लागि अध्ययन गरेको बिधालय जहाँ गएपनी, जती सुकै सम्पन्नशाली भएपनी, नजिक भएपनी, धेरै टाढा भएपनी सदैव सम्झनाको तरेलीमा आउने गर्दछ । आफुले जिन्दगीका अती रमाइला दिनहरु बिताएको बिधालय आज कस्तो भएको होला शायद यो प्रश्नले धेरै पूर्व बिद्यार्थीहरुलाई सताउने गर्दछ होला । आफ्नो समाजको परिवर्तन कहाँबाट गर्न सकिन्छ र त्यसको उदगम् बिन्दु भनेको आफ्नै सानासाना भाई-बहिनीहरुले अध्ययन गर्ने बिधालय हो भनेर हामीले बुझ्नु जरुरी छ ।

नेपालको बिग्रंदो राजनीतिक बातावरणको नकारात्मक असर बिशेषगरी सरकारी बिद्यालयहरुमा नराम्रोसँग परेको छ । जसले गर्दा बिद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदैं गएको छ भने बिद्यार्थीहरुमा अनुशासनको कमी हुँदै गएको देखिन्छ । जुन भोलिका दिनहरुमा समाजलाई चलाऊने अनी परिवर्तनका वाहक भनेर हामीले कल्पना गर्ने युवाहरु गलत बाटोमा जाने निश्चितप्राय छ । एउटा अनुशासित युवा समाजमा पाउनको लागि उसले बाल्यकालमा हिंडेका बाटाहरुको ठुलो हात रहेको हुन्छ, जुनको उदगम् बिन्दु उही बिद्यालय हो । बिद्यालयको चौतर्फी बिकासको लागि सरकारी तवरबाट भए गरेका कामहरु प्रयाप्त छैनन् जसलाई हामीहरुले धेरै बर्षदेखी देखिरहेका छौ । तसर्थ: आमुल परिवर्तनको लागि भूतपूर्व बिद्यार्थीहरुको ठुलो भूमिका रहने देखिन्छ ।

के गर्न सक्छ भूतपूर्व बिद्यार्थीहरुको जमातले ?

आफुले अध्ययन गरेको बिद्यालय प्रति अलिकती पनि माया भएको खण्डमा पूर्व बिद्यार्थीहरुको जमातले धेरै मात्रमा सुधारका कामहरु गर्न सकिन्छ । धेरै हामी पूर्व बिद्यार्थीहरु आज संसारका हरेक कुनामा आफ्नो कर्म गरिरहेका छौं । केही साथिहरु जन्मेको ठाउँमा नै आफ्नो जिन्दगीको यात्रालाई निरन्तरता दिई रहनु भएको छ । हामीहरु सबैले मिलेर जिन्दगीका केही पलहरुलाई जन्मेको ठाउँको लागि दिनसक्यौं भने समाजलाई धेरै किसिमबाट परिवर्तन गर्न सकिन्छ । धन हुनेले धनको सहयोग दिने र समय हुनेले समय दिन सक्ने हो भने हामीले सोंचेको जस्तो एउटा रमाइलो अनी प्रगतिशिल समाजको निर्माण गर्न सकिन्छ । “एक थुकी सुकी सय थुकी नदी” भने जस्तो सबै भू.पू. बिधार्थिहरु मिलेर अगाडि बढ्ने कोसिश गरियो भने आफ्नो समाजलाई अगाडि बढाउन राम्रोसँग सकिने देखिन्छ भनें जुन आजको नेपाली समाजमा अत्यावश्यक रहेको छ अनी सबै भू.पू. बिद्यार्थीहरुको कर्तब्य र खेल्नुपर्ने मुख्य भूमिका पनि हुन ।

Posted by: Jay Ale

One response to “बिधालय बिकास र समाज परिवर्तनमा भू.पू. बिद्यार्थीहरुले खेल्नुपर्ने भूमिका

  1. Indra Jee, I respect your intention/feelings…..thank you for sharing this msg.

    Bikram T
    clicknepal11@yahoo.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.