कलाकार अविनाश घिसिङ्को कुवेत आगमन


जय आले, कुवेत

२४ मे २०११ को बिहान, नेपालका चर्चित कलाकार अविनाश घिसिङ्को कुवेत आगमन भएको छ । कलाकार घिसिङ्, २५५५ औं बुद्द जयन्तीको शुभ-अवसरमा नेपाल तामाङ घेदुङ, कुवेतले आगामी २७ मे २०११ को दिन, आयोजना गर्न गईरहेको भब्य साँस्कृतिक कार्यक्रम एवं बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजामा सहभागीता जनाउन तामाङ घेदुङ कुवेतको आमन्त्रणामा बिशेष कलाकारको रुपमा कुवेत आउनु भएको हो ।

कार्यक्रम प्रस्तुतिको समयावधी ४ दिन बाँकी नै रहेको अवस्थामा कलाकार घिसिङ्लाई कुवेत झिकाईनुको कारण बुझ्न कुवेतनेपाल डटकमले जिज्ञासा राख्दा, तामाङ् घेदुङ् कुवेतका स्थानिय कलाकारहरु अहिले रिहर्सलमा लागि रहेकाले स्थानिय कलाकारलाई रिहर्सलमा उचित अभ्यास गराउनुका साथै कुवेत भमणको समेत वहाँलाई अवसर मिलोस् भन्ने मनसायले छिट्टै कुवेत ल्याईएको भनेर तामाङ् धेदुङ् कुवेतका उपाध्यक्ष श्री अर्जुन तामाङ्गले बताउनु भयो ।

कलाकार घिसिङ्लाई कुवेत एयरपोर्टमा स्वागत गर्न नेपाल तामाङ्ग घेदुङ् कुवेत परिवार तथा कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधि एवं बिशिष्ट व्यक्तित्वहरु कुवेत एयरपोर्टमा गएका थिए । एअर इथिहादको फ्लाईटबाट दुबई हुँदै बिहानको ३.०० बजे कुवेत आई पुगेका कलाकार घिसिङ्लाई एयरपोर्टमा दोसल्ला ओढाएर र फुलमाला पहिर्‍याएर भब्य स्वागत गरिएको थियो ।

कुवेतको मालियास्थित एसिया-एसिया होटलमा आगामी २७ मे को दिन, प्रस्तुत गरिने बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजा र साँस्कृतिक कार्यक्रममा नेपाल लगायत बौद्ध धर्म प्रति आस्थावान श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, बर्मा, लावस र भुटानका राजदूतहरुको समेत उपस्थिती रहने आयोजक पक्ष (नेपाल तामाङ्ग धेदुङ् कुवेत) ले थप जानकारी गराएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.