नेपालकुवेत साँस्कृतिक मञ्चको “तीज बिशेष कार्यक्रम” ०२ सेप्टेम्बरमा हुने


जय आले, कुवेत

नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजनामा प्रस्तुत हुन गईरहेकोतीज बिशेष कार्यक्रम-२०११ पूर्व घोषित समयानुसार २६ अगष्तको दिन नभई, ०२ सेप्टेम्बरको दिन सारिएको जानकारी गराईन्छ । २६ अगष्तमा इस्लामीक महान पर्व रमदान परेको र रमदानमा सारा मुस्लिम धर्मावलम्वीहरुले रोजा राख्ने भएकोले उक्त अवसरमा तीज बिशेष कार्यक्रमको आयोजना गरी खानपिन तथा नाचगान गरी मनोरञ्जन गर्न नमिल्ने देखिएकोले सो’लाई मध्यनजर गर्दै आगामी ०२ सेप्टेम्बर २०११ शुक्रबारको दिन, ऋषि पञ्चमीको अवसरमा तीज बिशेष कार्यक्रम गर्ने तय गरी होटल एशिया-एशिया रिजर्व समेत गरी सकेको आयोजक समिति “नेपालकुवेत साँस्कृतिक मञ्च” ले जानकारी गराएको छ ।

यसका अतिरिक्त, ०२ सेप्टेम्बरकै दिन, तमू समाज कुवेतले नेपाली कथानक चलचित्र “सपना हो कि बिपना” को च्यारिटी शो गर्ने तय गरी सूचना प्रवाह गरिसकेको भएपनी “तीज पर्व” भनेको वर्ष दिनको प्रतिक्षा पश्चात एकैचोटी समस्त नेपाली चेलीबेटीहरुको खुशी बोकी आउने पर्व भएको महत्वलाई आत्मसात गर्दै र प्रवासमा एकैदिन दुईवटा नेपाली कार्यक्रमहरु राखेर कार्यक्रम जुध्न जाँदा नेपाली-नेपालीबीच आपसी मनमुटाव बढ्ने र सदभावमा समेत आँच आउन सक्ने कुराको ख्याल गरी सो दिन “तीज बिशेष कार्यक्रम” प्रस्तुत गर्नको लागि आयोजक पक्ष साँस्कृतिक मञ्चबाट गरिएको अनुरोधलाई स्विकार गरी तमू समाज कुवेतले आफ्नो च्यरिटी शो को प्रदर्शनीलाई अनिश्चित कालसम्मको लागि पर सारेको र दिन तय भएपछी पून. सूचना प्रवाह गराउने जानकारी तमू समाज कुवेतद्वारा प्राप्त भएको छ ।

News update…

नेपालकुवेत साँस्कृतिक मन्चले तिज बिशेष कार्यक्रम गर्दै (18.05.2011)


6 responses to “नेपालकुवेत साँस्कृतिक मञ्चको “तीज बिशेष कार्यक्रम” ०२ सेप्टेम्बरमा हुने

  1. तमु समाज ले गरेको यो निर्णय एकदमै प्रशन्सानीय छ । नेपाल कुवेट सान्स्कृतिक मन्च ले गर्न लागेको कार्यक्रम ब्एवशयिक नभै महिला हरुको पवित्र पर्ब तीज बिशेष मा महिला दिदी बहिनी हरुकै निम्ती बिदेश मै भये पनि सो पर्ब मनाउन पाउन भन्ने बिचार होला। तेस्को निम्ती तमु समाज ले तीज कार्यक्रम मन्चको मात्र नभै सम्पूर्ण चेलीबेटिको निम्ती हो भन्ने महसुश गरी आफ्नो कार्यक्रम लाई पछी सारेर जुन उदाहरनीय काम गरेको छ, यो पाठ हामी सबै नेपालीहरु तथा संघ संस्थाले सिक्नु पर्ने हुन्छ।

    अन्तमा तमु समाजले गरेको एस प्रशन्सानीय कदम्को स्वागत गर्दै तीज बिशेष कार्यक्रमलाई हामीसबै मिलेर सफल बनाऔ ।
    धन्यवाद

  2. hello sir namaskar hajur li pahila ko news ma aujust 26 ma garne bhanera leknu bhyako thiyo teo sidai galat thiyo ram sir le hajur lai qutison garda hajur le news hernu bhnnu bhyako tiyoni. ahila hajur lai balla thaha bhayo ki kaso?

  3. You are right Kiran Jii,

    We got updated info. yesterday only from the organizer, and according to their request news article also being updated.

    Thank you.

  4. Jay bro. updated news ko lagi tapailai dherai dhanyabad. ho huna pani Teej Parba bhaneko 1k bekti bisheshko ra jati matrako nabhai sara nepali cheliharuko ho bhanne mahshus garera nai hamro tamu samaj kuwaitle afno program garne bhanne pakka garera miti samet toki sakeko bhaye pani afno programlai pachhadi sarera teej parba manaunalai afno samaya ra sthanko upalabda garayeko ma yaha harshako sath sabailai jankari garauna chahanchhu.yasko artha nitanta rupma kuwaitma raheka sangh sanstha sanga hatemalo gardai ra afno sanskriti,bhasha,parbako jagerna gardai aghi badhne hamro nishwartha bhawana ho bhanne kura ma sabailai puna jankari garauna chahanchhu.

    Happy Teej.dhanyabad (vice president tamu samaj kuwait)

  5. jay ji free hoki ticket system ho? paisa le bhaye ta naherne sorryyyyyyyyyy

  6. bhandari ji dd-baini lai free ra daju-bhai haru lai tkt system ho re.. tara tkt supath mulyama 6a re bhanne suneko 6u. Thank you for the concern.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.