NRNA कुवेतको दोस्रो महाधिवेशन सम्पन्न


डम्बर रिमाल, कुवेत

NRNA कुवेतको निर्वाचन समितिले तोके बमोजिम, २१ मे २०११ शनीवारका दिन, NRNA कुवेतको दोस्रो महाधिवेशन तथा निर्वाचन कार्यक्रम कुवेतको होटल एसिया-एसियामा सम्पन्न भएको छ । NRN-ICC का उपाध्यक्ष जीवा लामिछाने (रसिया)को प्रमुख आतिथ्य र कोषाध्यक्ष रामेश्वर शाह (युएई)को विशिष्ट आतिथ्य रहेको उक्त समारोह NRNA-NCC कुवेतका संस्थापक अध्यक्ष राजेन्द्र तमाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै जिवा लामिछानेले यस संस्था पूँजीपतीको लागी मात्र नभई सम्पुर्ण गैर-अवासिय नेपालीहरुका लागी हो र यस संस्था सदा गैर-आवासिय नेपालीको मलम पट्टि बन्नेछ र यो एउटा यस्तो पुल हो जसको माध्यमबाट हामी केन्द्रसम्म पुग्न सक्छौं भन्दै NRN को काम र कर्तव्यको वारेमा प्रष्ट पार्नु भयो ।

त्यस्तै बिशिष्ट अतिथिको आसनबाट बोल्दै रामेश्वर शाहले पनी NRN को ’boutमा थप प्रष्ट्याउँदै जो कोही नेपाली आफ्नो मुलुक छाडि १८२ दिन विदेशमा विताउँछ भनें त्यो व्यक्ति स्वतह: NRNA हुन पुग्छ, यसका साथै कतिपयको धारणा इलिगल भएर बसेका नेपालीको लागि NRNA ले केही गर्दैन भन्नु गलत हो, सबैखाले गैर-आवासिय नेपालीको लागी NRNA साझा संस्था हो भनेर प्रष्ट पार्नु भयो । बोल्ने क्रममा वहाँले देशको घिनलाग्दो राजनीतिको ’boutमा पनी बहस गर्दै, यदि कसैले देश बनाउन सक्छ भने त्यो हो NRNA भनेर ठोकुवा समेत गर्नु भयो ।

मन्तव्यको क्रममा NRNA-ICC कुवेतका संयोजक राजन कुवँरले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रमुखहरुलाई गाभेर कुवेतमा हुने कुनै पनि नेपाली जमघट NRNA कुवेतको मातहतवाट भएमा हामी टुटेर हैन जुटेर अगाडि बढ्न सक्नेछौं भन्दै सबै सँघ-संस्थाका प्रमुखहरुलाई एकजुट हुन आव्हान समेत गर्नु भयो ।

त्यस्तै, NRNA कुवेतका संस्थापक एवं पुन. निर्बिरोध निर्वाचित अध्यक्ष राजेन्द्र तामाङ्गले कुवेतवासी नेपालीहरुको समस्या समाधानमा NRNA कुवेत स्थापना कालदेखी नै लागि रहेको छ र आउँदा दिनहरुमा पनि थप प्रभावशाली ढंगबाट आफुहरु नेपाली समुदायको दु:ख/सुखमा लागि पर्ने बताउँदै, सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई एकजुट भएर कार्य गर्न अनुरोध गर्नु भयो ।

नयाँ कार्यसमितिको महासचिवमा निर्वाचित सुजन के.सी’ले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष धर्मराज गिरीले NRNA कुवेतले आफ्नो पहिलो कार्यकालमा गरेका कार्य योजनाहरु ’bout प्रकाश पार्नु भयो । त्यस्तै सल्लाहाकार बाल कुमार गुरुङ्गले सम्पूर्ण कुवेतवासी नेपाली र नेपाली सँघ-संस्थाहरुलाई NRNA संगको सहकार्यको लागि अनुरोध गर्नु भयो ।

NRNA-NCC कुवेतको सन् २०११ देखी २०१३ सम्मको लागि निर्बिरोध रुपमा निम्न पदाधिकारीहरु निर्वाचित भएका छन ।

अध्यक्ष – राजेन्द्र तामाङ्ग
उपाध्यक्ष(१) धर्मराज गिरी
उपाध्यक्ष(२) – राज कुमार थापा
महासचिव – सुजन के.सी.
सचिव – मनु मगर
कोषाध्यक्ष – किशोर कुमार शर्मा

आईसिसी कोर्डिनेटर – राजन कुँवर

सल्लाहाकारहरु: बाल कुमार गुरुङ्ग, ईन्द्र प्रसाद पोखरेल

कार्यकारिणी समिति सदस्यहरु: बम बहादुर बिष्ट, बम बहादुर पुलामी, खोप बहादुर गुरुङ्ग, अर्जुन तामाङ्ग, राजु खड्का, नवराज श्रेष्ठ, श्याम कुमार लामा, राजेन्द्र महर्जन, नवराज पराजुली रहनु भएको छ, भनें महिलाहरुमा: ईश्वरा अर्याल, अस्मिता घिसिङ्ग, सुमित्रा देवी पौडेल, शोभा सुवेदी र धनमाया खत्री रहेकी छिन ।

Posted by: Jay Ale

3 responses to “NRNA कुवेतको दोस्रो महाधिवेशन सम्पन्न

  1. सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना!

    किरण पौड्याल, अध्यक्ष तथा
    माउन्ट एभरेस्ट स्पोर्टिंग क्लब एबम् कुवेतनेपाल डटकम परिवार

  2. congratulation to all team.

  3. Congratulation nominated all members.

    Amar Tamu
    Kuwait-MESC

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.