सफल तर अपूर्ण मेरो प्रेम…!! (भाग-३)


मन कुमार गुरुङ्ग, कुवेत

बर्ष दिनसम्म हाम्रो प्रेमले निरन्तरता पाइनै रहयो । कहिले सेतीनदिको गहिराइमा डुबेर एक-अर्कामा हरायौं, कहिले सगरमाथाको उचाइ सँगै चुलिदै गएको आशा, बिश्वास र मायामा दिल खोलेर रमायौं । कतिलाई करायौं, कतिलाई सम्झायौं । त्यसो त फेरी हाम्रो प्रेम असफल होला की भनेर पटक-पटक डरायौं पनि । सम्भावनाका प्रसस्त बाटोहरुमा चुनौतीका अनगिन्ती काँडाहरु र धारीलो हतियारहरु पनि नाचिरहेको थियो । यी सबैबाट जोगीएर मैले चाहेको खुशी सम्म पुग्नु निकै कठीन थियो तर पनि मेरी उनीको साथमा निक्कै होशियारी र बुद्धिमानी पूर्वक अगाडी बढीरहेको थिए । सधै टाढैबाट मलाई चिहाएर भाग्ने खुशीहरु यसपाली त मेरो हरेक पाइला सँगै उ  पनि मेरो नजिक आइरहेको भान हुन्थ्यो मलाई । यसपाली त मेरो कथाहरुले सम्योगान्तका स्वाद चाख्न पाउँछ भन्ने कुरामा म आशाबादी र बिश्वस्त थिए ।

सबै कुराहरुको चाजो-पाजो मिलाई हामी तीन महीनाको छुट्टी लिएर नेपालमा भेट्ने सल्लाह गर्‍यौं  । म उनी भन्दा हप्तादीन पहिलेनै नेपालपुगे । उनी आउने दिन घरमा सबैकुरा मिलाएर म एक घण्टा पहिल्यै एयरपोर्ट तिर हान्निए । साथमा एक सहयोगी, हातमा फुलका गुँच्छा र खदा लिएर आगमन कक्षको मुल दुवारमा म उनकै स्वागतकोलागी खटीए ।  प्रतिक्षाको घडी जतीनै छोटो भए पनि लामै लाग्दो रहेछ । पटक-पटक घडी हेर्छु, घडीका सुईहरु कतिपनी नचलेझै लाग्थ्यो । छिन-छिन्मै सिगरेट्को सर्को तान्दै समयलाई छोट्याउने गलत प्रायस गरिरहेथें  । अन्तत प्रतिक्षाको समयपनी सिद्धीयो । सबै भन्दा पहिले उनिनै गेटबाट बाहिरीन सायद्, मलाई जस्तै उनलाई पनि भेट्न हतार भएको हुनुपर्छ । बाटोको दुबै पट्टिको रेलिङमा उभिएका मानिसहरु उनकै स्वागतमा खटीएझै लाग्थो । उनी मै तिर आउँदै थिइन, म लुक्ने कोशीस गरे तर सकीन । मैले फुलका गुँच्छा र खदा लगाइ दिएर  स्वागत गरें  । खुशी ब्यक्त गर्ने मेरो शब्दकोषमा कुनै शब्द थिएन । मनभित्रको एउटाकुनामा हर्षका छालहरु छचल्कीरहेको थियो तर पोख्ने माध्यम थिएन । आफैलाई नियन्त्रण गर्न नसकी उनलाई अङालोमा बाधेर चुम्न पो थालेछु । उनीत झन अमेरिकाबाट फर्किएकी मलाई खुलेरै साथ दिइन । हामी एक-अर्कामा केहीबेर हराएछौं  । मेरो सहयोगी आएर मलाई कोट्याउ दापो झसँग भए, चारैतिरका मानिसहरु हामीलाई नै हेरिरहेका रहेछन । मैले असहज महसुस गरें  । उनको नजरपनी अलिकती झुक्यो । अनुहार रातो हुँदै थियो । मैले आफ्नो देब्रे हात उनको पिठ्युमा राखेर बलियो साहाराको अनुभुती गराउने प्रायस गरे अनि म अबोध बालक झै सबै सामु मुस्कुराएर हामी आ-आफ्नै लपक्कै भिजेको ओठ्हरु पुछ्दै बाटो लागयौं  ।

उता घरमा हाम्रै स्वागतका निम्ती केही  सिमित  आफ्न्तहरु उपस्थित थिएँ  । धेरैलाई निम्त्याउन चाहिन किन-की हाम्रो पुन-मिलन नचाहनेहरु धेरै थिएँ  । साधारण  बिधी पुर्‍याएर काम फत्ते गर्ने सोच थियो मेरो ,सबै आफ्न्तहरुको मुहारमा खुशीको चमक थियो । हुन त हराएको चिज फेरी भेट्दा खुशी नहुने को नै होला र! म त झन निक्कै खुशी थिएँ  । एक-आपसमा खुशी साटा-साट, खान पिन र इच्छा अनुसारको  पेय पदार्थ पिउदै गफिएर रातको ९ बजेको पत्तै भएनछ मलाई । मेरी उनी सबै काम सकेर कोठामा मेरै प्रतिक्षा गरिरहेको एस,यम,एस पाउँछु । म झस्किए, मन भित्र फेरी अनौठो तरङग दौडीएको महशुस गर्‍याँ । स्वभाबिक  तर भन्न नहुने उत्कृष्ट चाहनाहरुको छाल मेरो हरेक नसा-नसामा  कुदिरहेको थियो तर म उठेर उनीसम्म जान नसक्ने स्थितीमा थिएँ  । उनी मेरो अधिकार भएपनी त्यतिबेला उनीसम्म जान मलाई मेरो नैतिकताले रोकिरहेको थियो । छट्पटाइसँगै हामी बेसुरमा गफिदै थियौं  अचानक बिजुली गयो । एसो घडी हेर्‍याँ १० बजेको थियो । सधै लोडसेडीङ हुँदा नेपाल सरकार र संबन्धित निकायलाई बेस्मारी गाली गर्ने म, त्यतिबेला त मन मनै खुशी हुँदै धन्यवाद पनि दिएथें  । मेरो बाध्यतालाई बुलेझै लाग्यो । अब समय अनुकुल हुने कुरामा म ढुक्क थिएँ  । सबै आ-आफ्नो गन्तब्य तिर  लागे, म पनि आफ्नो कोठा भित्र छिर्‍याँ  ।

काठमन्डौको अब्यावस्थित  बसाई भित्रको मेरो सानो कोठा पनि  लथालिङ, अब्यावस्थित नै थियो । एउटा थोत्रो पलङ,भुइमा ५ फुटे एउटा गलाईचा, सुकिला तर ठाउँ ठाउँमा फाटेको झ्यालको पर्दा, एक भित्तामा उनको र मेरो ठुलो पारीएको फोटो, कोठाको एक कुनामा उनको र मेरो लथालिङ पारिएको ५-६ वटा सुड्केस र झोलाहरु, कुनाको मुढा माथि भेनीला फ्लेवरको क्यान्डिल बालिएको अनि मोबाइलमा मधुरो आवजमा अंग्रेजी गीत बजिरहन्थ्यो । हामी एक अर्काको अगाडी उभिएको थियौं  । हल्का भिजेको कर्ली कपालामा हाइलाईट गरेको, ठुला-ठुला आँखा, चाइनिज  आँखीभौँ, सर्लक्क मिलेको नाँकमा सानो फुली,रासिला ओठमा बिदेशी वास्नादार चिबीस्टीक लगाएकी, फ्रेन्च स्टाइलका नङहरु, रातो रङ्को पातलो जालिदार नाइटी लगाएकी, स्वतन्त्र छाडीएको निक्कै आकर्षीत बक्षस्थल्, स्वतन्त्राको फाइदा उठाउदै बाहिरै निस्कन खोजिरहेको भान हुन्थ्यो मलाई । पछाडी पट्टिको कम्मरमा ट्याट्यो खोपेकी रहीछीन्, मैले जान्ने चाहा गरे जापानीजमा मेरै नाम लेखेको भनिन् । बिचरा म, नेपाली शब्दहरुलाई प्रस्ट प्रस्ट्याउन नसक्ने जापानीज के बुझ्थे र! तै पनि उनले म प्रती देखाएको प्रेमको बदलामा उनलाई म चुम्न चाहन्थे तर म त मेरै नाम लेखिएको ट्याट्योमा पो एकोहोरो चुमिरहन्थ्या  । समयलाई म यही रोक्न चाहन्थे तर भित्ते घडीको टक-टक आवाजले समय आफ्नै गतिमा चिप्लीरहेको संकेत दिइरहेथ्यो मलाई । चकमन्न रात, सडक मा बेला-बेलामा हुइकिने बाईक र गाडीहरुको आवज, भुस्याँहा कुकुरहरुको एकोहोरो भुकाई, घर अगाडीको भट्टीबाट एक हुल् जड्याहाहरु निस्कीएर जथाभाबी बोल्दै थियो । तीनिहरुको आवाजमा मदिराको भन्दापनी यौबनको दुर्गन्ध धेरै थियो । यो भट्टिको पनि आफ्नै कथा रहेछ । बाँ हिन्दू धर्म अनुसारको पुजा पाठ गर्छन । आमै हरेक बिहान चिया र चना बेच्छन । साँझ ढल्दै गएपछी जवान चार छोरीहरुले भटमास,सुकुटि,वासा,तोग्बा आदी इत्यादी बेच्न आमालाई सघाउदा रहेछन् । यही छाप्रोको आम्दानीले सात बर्षको समयमा चापागाँउमा तीन तले घर बनाउदै गरेको कुराले म जस्तो बिदेशिएर पनि केहि गर्न नसक्ने युबाहरुको लागी गतिलो झापड हानेको महशुस गर्थ्या । यो सब वास्तबीकता जान्न म अघिल्लो दिन मात्र त्यहाँ छिरेको थिएँ  । सधै नँया-नँया अनुभबहरु बटुल्न रुचाउने म, दिल्लीको जि-बी रोड देखी अफ्गानीस्तानको खोतेसांगी सम्मको मेरो नमिठो अनुभबहरु यहाँहरु सँग साट्नै बाँकी छ । उता आकाशमा जुन हामी सँग घरि-घरी लुकामारी खेल्दै थियो । हाम्रो खुशिमा हो या जलन भएर आकाश रुने तरखरमा थियो । पानीका छिट्टाहरु झ्यालको शिसामा ठोक्किदै थिए । वतासले धोबीखोलाको दुर्गन्ध हाम्रो कोठा सम्म ल्याइरहेथ्यो । कत-कता यो प्रकृतीलाई नै हाम्रो मिलन नपचेको हो कि जस्तो भान भईरहन्थ्यो   मलाई तर हामी हाम्रै संसार मा प्रबेश गरिसकेको थियौं  । हामी बेडमा थियौं  । मेरो कर्मठ, मेहनतीहात हरु एतिबेला पनि चुपलागेर बस्न सकीरहेको थिएन, सल्बलाईरहथ्यो । श्वास प्रश्वास र तापक्रम  असामान्य बन्दै थियो । हामी एक अर्काको अङालोमा थियौं  । बिना ताप नै म  बिस्तारै  पंग्लदै  थिएँ  । बाहिर बर्षात हुँदैथियो तर म भित्र-भित्रै रुझिरहेको थियाँ  । मैले कहील्यै नदेखेको संसार  चार पर्‍खाल भित्रको अध्यारो बन्द कोठा भित्र पाइरहेथे । त्यस पछी के के भयो याद भएन मैले संसार भुलिसकेको थियाँ  । खुशिनै खुशिको धरातलमा यौबनको बिशाल सागर बीच म डुबिसकेको  थिएं ।

क्रमश…

Posted by: Shiva Paudel

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.