Daily Archives: 21/05/2011

रेष्टुराँको नाम लोभीबुद्ध राखेपछि लण्डनमा हंगामा


नेपालीमाथि बुद्धको छवि शोषण गरेको आरोप –

चिरन शर्मा, लण्डन, जेठ ७ – पूर्व गोर्खाहरुको पक्षमा अभियान चलाएर नेपालीमाझ लोकप्रिय भएकी बेलायती अभिनेत्री जोहान्ना लुम्लेको मनपर्ने रेष्टुराँलाई शान्तिदूत गौतम बुद्धको अपमान गरेको आरोप लागेको छ। फुलहामस्थित द ग्रिडी बुद्धका मालिक राम थापालाई विश्वभरिका बौद्धमार्गीबाट आक्रोसयुक्त इमेल र पत्रहरु प्राप्त भएका छन्। ग्रिडी बुद्धको अर्थ लोभी वा लालची बुद्ध भन्ने हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

सलमानलाई कस्ती दुलही चाहियो ?


मुम्बई, जेठ ७ – सलमान खान आफ्नो फिल्मको प्रचारकै लागि किन हिडेका नहुन तर उनीतिर फिल्मको भन्दा बढी सोधिने प्रश्न हो, ‘बिहे कहिले गर्ने ?’ त्यस्तै भयो फिल्म रेडीको प्रचारमा । उनी रेडीको प्रचारमा जुटे पनि पत्रकारले यही प्रश्न दोहर्‍याए । सधै बिहेको कुरा टार्दै आएका सलमानले यसपाला भने कस्ती दुलही भित्र्याउन चाहेको हो खुलेरै भन्दिए ।

भारतको अहमदावदमा पत्रकारबीच उनले राम्री र होनहार युवती दुलहीका रुपमा भित्र्याउन चाहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

मैले बिराएका बाटाहरुबाट देशको अर्थतन्त्रमा पर्ने असर


चन्द्र तामाङ्ग, कुवेत

आज आफुले बिराएका अनगिन्ती बाटाहरु आफ्नो भाषामा भन्नुपर्दा: मुलुकले मलाई धरै शिप, ज्ञान, शिक्षा, चेतना र विवेक दियो । तर, मैले नेपाली माटोलाई के दिएं ? कहिले काँही पश्चातापको भूमरीमा जली रहन्छु म, किनकी मुलुकले चाहेको धरै कुराहरु, जस्तो: उर्जाशिल वस्तु र ज्ञानहरु मैले दिन सकेको छैन आफ्नो मुलुकलाई । मुलुक प्रति मेरो हेर्ने नजर र सोंच्ने अन्दाज धरै छन । अर्थतन्त्रको सामन्यता ज्ञान भएको म साधारण नेपाली नागरिक, मेरो अन्दाज हाम्रो देश नेपाल सबै खाले उर्जाशक्तीमा सम्पन्न छ फेरिपनी हामी किन गरिव छौं ? यो विडम्वनाको बिषय वस्तु हो । पढ्नेक्रम जारी राख्नुहोस्