…कसलाई के थाहा ??


ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरब

जनताको सपना नै अधुरो भो यहाँ
नयाँ संबिधान बनाउने झुठो बहानामा
६०१ जनाको जत्था भित्र अनेक दाउमा
बाँकी जीबन कस्तो होला कसलाई के थाहा ?

युवा पिंढी सो-रोजगारको कठिन धरातलमा
बिना शर्त आईपर्ने कैयन संघर्षमा
उल्टो हातको थपडी झैँ परदेशीको ब्याथा
बाँकी जीबन कस्तो होला कसलाई के थाहा ?

हिमालका चुचुराहरु हिउँको चाहानामा
खोक्रा, बोक्रा छोडी आएं हिउँचुलीको आङ्गमा
आउने बिपत हामीमा, भावी सन्ततीमा
बाँकी जीबन कस्तो होला कसलाई के थाहा ?

हिंड्दै जाने मेट्दै जाने खोट तिम्रो पाउमा
नियत तिम्रो सत्ता खेलमा च्याँखे दाउमा
राजनीतिका लोभीपापी चुस्ने दाउमा
बाँकी जीबन कस्तो होला कसलाई के थाहा ?

लोडसेडिङ्को मार खाई मूलुक अन्धकारमा
रित्तो खल्ती भर्दै ठिक्क कैयन बहानामा
तालकुण्डको जल भर्ने मुहान हराउँदा
बाँकी जीबन कस्तो होला कसलाई के थाहा ?

जोगी पुरी होमादीमा छबी राजनीतिमा
स्वच्छ मनको विश्वास टुट्यो नियत आशंकामा
लट्टे बाबा, काली बाबा चुल्ठो पगरीमा,
तिम्रो पुकार के’का लागि कसलाई के थाहा ?

गण्डक नहर सप्तकोशी शान्त मुद्रामा
खरेडीले तराई फुट्दा सिंचाई भारतमा
बाँध खोल्ने बन्द गर्ने साँचो इन्डियामा
बर्षा यामको भेल रोक्छन डुवान नेपालमा
जे गरे पनि भयो यहाँ कसलाई के थाहा ?

नेपालका भाते नेता दिल्लीको शरणमा
सरकशको रिंगमै घुमिराछौं धोतीको इन्द्रजालमा
दशगजा खाई सक्यो, हराईसके किल्ला
सिमानाका हाम्रा जनता यिनको ज्याद्त्तिमा
आधा तराई मिचिसक्यो कसलाई के थाहा ?

राष्ट्र भाषा बिर्सिएर हिन्दी लवजमा
बाह्रखरी बर्णमाला मर्ने बेलामा
शपथ लिने नालायकहरु धोती पहिरनमा
दिल्लीमा बज्छ डमरु नाच्छन नेपालमा
३६५ वटा पुत्ला जलायौं ७५ जिल्लामा
अनि मात्र वापश आयो आफ्नो ठेगानमा
यस्ता घरपालुवा जनवार पाल्ने हाम्रो बाध्यता
कहिलेसम्म जोगाई बस्छौ मनको धैर्यता ?

धरौटे, भरौटे, पैचे नेताहरुको के गर्छौ भरोसा ??
बाँकी जीबन कस्तो होला कसलाई के थाहा ??

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.