१९ मई, पूर्वयुवराज पारस शाहले दरवारमार्गस्थित याक एण्ड यति होटल परिसरमा रहेको रोयल क्यासिनोमा हात हालाहाल गरेका छन् । क्यासिनोका प्रवन्धकलाई तथानाम गाली गर्दै कुटेका छन् । राजपरिवारको लगानी रहेको दरवारमार्गस्थित क्यानिसो रोयलमा मदिरा सेवन गरेर पुगेका शाहले प्रबन्धक शैलन्द्र शमशेर राणालाई कुटेका हुन् । आफू निकटका सेक्युरिटी म्यानेजर टेकबहादुर चन्दलाई हटाएको भन्दै आक्रोसित बनेका शाहले प्रवन्धक राणालाई लछार-पछार गर्दै कुटपिट गरेका हुन् ।
पछिल्लो समय राणा र उनको केही सहयोगीले क्यासिनोको कमाई तथा कर्मचारी कल्याण कोषको रकम हिनामिना गरेको, कर्मचारीहरुलाई तलव नदिएको भन्दै पारसलाई कुरा लगाएको आरोपमा व्यवस्थापनले चन्दलाई केही दिनअघि निष्कासन गरेको थियो ।
चन्दले गुहारेपछि पारस आफ्ना सहयोगीहरु सहित क्यासिनोमा पुगेका थिए । क्यासिनो पुगेका उनले ‘चन्दलाई किन निकालेको ? भन्दै प्रवन्धक राणालाई सोधेपछि केहीबेर तँ तँ – म म भएको थियो । त्यसक्रममा राणासँगै रहेका इन्द्र लामाले चन्द दोषी भएको बताएपछि पारसले ‘तँ मलाई सिकाउने’ भन्दै उनलाई झापड हानेका थिए ।
त्यसपछि आक्रोसित बनेका पारसले ‘बाघको छालामा स्यालको रजाईं’ भएको भन्दै आफ्नो बाबु, आफू र राजसंस्थाको नाम बेचेर के-के गरिस ? भन्दै राणामाथि लगातार झापड हानेका थिए ।
करिव आधा घण्टासम्म क्यासिनोमा रहेका पारसले तत्काल कर्मचारीहरुको बाँकी तलब तथा सुविधा दिन र चन्दलाई पुनः नियुक्ति पत्र दिन निर्देशन दिएको एक कर्मचारीले बताए । व्यवस्थापन पक्षले भने घटनालाई ढाकछोपको प्रयास गरेको छ
Posted by: Suresh Gurung Source: Samundrapari
Wyo Mr Paras Shah you are really great human been now since begnning I have no idea forget everything now you are great human been don’t worry about politic Nepalese people they knows now very well who is better. Magar people still they love you Paras do your best more please God bless you because now a day you good man in the world.