Daily Archives: 19/05/2011

तमू समाज, कुवेतद्वारा चलचित्र ‘सपना हो कि बिपना’ को ‘च्यारिटी शो’ गरिने


जय आले, कुवेत

तमू समाज, कुवेतको आयोजनामा आउँदै गरेको “ईद उल फित्र” को अवसर पारेर आगामी २ सेप्टेम्बर २०११ शुक्रबारको दिन, कुवेत सिटीको मालियास्थित होटल एसिया-एसियामा नेपाली कथानक चलचित्र “सपना हो कि बिपना” को भब्यरुपमा च्यारिटी शो गरिने भएको छ ।

तमू समाज, कुवेतले आफ्नो स्थापना कालदेखी नै ल्होछार पर्व, खेलकूद प्रतियोगिता साथै बिबिध कार्यक्रमहरु कुवेतबासी नेपालीहरु माझ पस्किंदै आए पनि आगामी कार्यक्रम भनें अली पृथक किसिमको सिनेमा ‘च्यारिटी शो’ को आयोजना गर्ने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अस्पतालमा बसेर अपराधिक योजना


नगरमा गुप्तचरी र चन्दा असुली गर्न भूमिगत शसस्त्र समूहले आफ्ना कार्यकर्तालाई अस्पतालमै घुसपैठ गराएको रहस्य खुलेको छ ।नेपालगन्ज शिक्षण अस्पताल भित्रै बसेर सुराकी र चन्दा असुली योजनामा संलग्न भएको आरोपमा पिप्रहवा–२ का मनोज शर्मालाई प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विलासितामा सुरक्षा अधिकृत अगाडि


सरकारी सुविधामा महँगा र विलासी गाडी चढ्नेमा सुरक्षा अधिकृतहरू अरूभन्दा निकै अगाडि छन् । सरकारी विवरणअनुसार राष्ट्रपति र प्रधानमन्त्रीपछि विलासी गाडी चढ्नेमा प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक छन् । डीआईजीसम्मका अधिकृतले पनि करिब एक करोड हाराहारीका गाडी चढिरहेको पाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किन कुटे पूर्व युवराज पारस शाहले आफ्नै कर्मचारी ?


१९ मई, पूर्वयुवराज पारस शाहले दरवारमार्गस्थित याक एण्ड यति होटल परिसरमा रहेको रोयल क्यासिनोमा हात हालाहाल गरेका छन् । क्यासिनोका प्रवन्धकलाई तथानाम गाली गर्दै कुटेका छन् । राजपरिवारको लगानी रहेको दरवारमार्गस्थित क्यानिसो रोयलमा मदिरा सेवन गरेर पुगेका शाहले प्रबन्धक शैलन्द्र शमशेर राणालाई कुटेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्