बुद्धको शान्तीको सन्देश राजनेताहरुबाट अपमानित


ईन्द्र भूषाल, कुवेत  

आज भगवान गौतम बुद्धको २५५५ औ जन्म जयन्ती संसारभरी बिभिन्न कार्यक्रम गरेर मनाउँदै भगवान गौतम बुद्धको सम्झना गरे । बुद्धले दिएको शान्तिका सन्देशलाई आत्मसात गरेर संसारका धेरै देशहरु सुख, शान्ती र सम्ब्रिद्व भएका छन । आफ्नो ब्यक्तिगत सुखलाई चटक्कै त्यागेर गौतम बुद्धले ठुलो तपस्या गरी ज्ञान पराप्त गर्नुभएको थियो । आज उहाँले दिएको अर्थी र उपदेश मनुस्यको व्यक्तिगत जीबनमा मात्रै होइन सभ्य समाजको निर्माण, आपसी सदभाब अनी राष्ट्र निर्माणको यात्रामा समेत उपयोगी सबित हुँदै आएको छ ।

नेपालमा जन्मेर गौतम बुद्धले संसारलाई शान्तिको सन्देश दिनुभएको थियो । तर आज उहाको जन्म ठाउँ\ मा नै अशान्तिको कालो बादल मडारिएको छ । सामाजिक रुपान्तरन को नाउमा हिन्सालाई अगाल्दै हजारौ निहत्ता नेपालीहरुले ज्यान गुमाउने क्रम रोकिएको छैन । दिनहु जस्तो असान्तिको भु मरिमा नेपालीहरु फस्दै जाने बाटो फराकिलो हुँदै गएको छ । एक आपसको मित्रता भन्दा सानो सानो बिषयमा शत्रुताले जरा गाढेको देखिन्छ । कताकता नेपालीहरुले भागवान गौतम बुद्धको शान्तिको सन्देशलाई भुलेको होइन ताकी अपमान गर्ने कुचेष्ठा गरे जस्तो देखिन्छ । देशलाई चलाऊने राजनेताहरु बुद्ध जयन्तिमा शान्तिको लागि अलाप्दै शुभकामना दिन्छन अनी ठीक त्यसको बिपरित गएर आशान्तिको मलजल छर्छन् । यिनै नमिठा यथार्थहरुलाई टुलुटुलु हेरेर बस्नु शिवाय अर्को बाटो नेपालीहरुलाई देखाएनन् नेताहरुले । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई शिधार्य गर्दै हिंडेका छन गौतम बुद्ध जन्मेको देशका नेताहरु जहाँ बुद्धको उपदेश र शान्तिको मार्गको अपमान भएको छ ।

परेपछी जनिन्छ या त पढेपछी जानिछ तर नेपाली राजनेताहरुले कसै गरिपनी जानेनन् र जान्ने चेष्ठापनि गरेनन् यदी गरेको भए गौतम बुद्धले जन्म लिएको देशका जनताले आज यस्तो बिकराल अवस्था भोग्नु पर्ने थिएन । स्पष्ट देखिन्छ सम्मान गर्नुको साटो आपमान गर्दैछन बुद्धका सन्देशहरुलाई हाम्रा नेताहरुले ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.