Daily Archives: 16/05/2011

बुद्ध जयन्तिको मंगलमय शुभकामना !!


२५५५ औं बुद्ध जयन्तिको अवसरमा सम्पूर्ण कुवेतमा कार्यरत नेपालीहरुमा नेपालकुवेत मेनपावर एसोसियसन हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । साथै, शान्तिको दूत गौतम वुद्धको जन्मदिन र ज्ञान प्रतिको यस स्वणिम घडिमा समस्त कुवेतवासी नेपालीहरुमा आपसी सदभाव, भाईचारा र ज्ञानको ज्योती छावस् भन्ने हाम्रो कामना छ ।

नेपालकुवेत मेनपावर एसोसियसन परिवार ।

Posted by: Jay Ale

वुद्ध जयन्तिको पूनित अवसरमा शुभकामना !!


सम्पूर्ण कुवेतवासी नेपालीहरुमा वुद्ध जयन्तिको पूनित अवसरमा नेपालकुवेत नेवाः गुठि संस्था हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । शान्तिको दूत गौतम वुद्धको जन्मदिन र ज्ञान प्रतिको यस स्वणिम घडिको अवसर पारेर कुवेतमा पनि नेपालीहरुमा सदभाव र ज्ञानको ज्योती छावस् यही हाम्रो कामना छ ।

नेपालकुवेत नेवाः गुठि परिवार ।

Posted by: Jay Ale

२५५५औं बुद्ध जयन्तिको मंगलमय शुभकामना: राजेन्द्र तामाङ्ग – अध्यक्ष NRNA कुवेत


जीबनको उर्बर समयमा निस्वार्थ भावले लोक कल्याण र योगदानमा समर्पित भई मानव संसारको प्राणी जगतमा उद्धार र शान्तिको लागि आफ्नो परिवार, राजकीय सुख, भोग र बिलासिताको जिन्दगीलाई तिलाञ्जली दिएर मुक्तिको मार्गमा लाग्नु हुने एक नेपाली छोरो राजकुमार सिद्धार्थ गौतमले गरेका असल कर्म र मार्गहरु उच्च कोटिको हुन गई आज संसारभर वहाँ भगवान बुद्धको रुपमा प्रसिद्ध हुनुहुन्छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

दूताबासहरुको भूमिका फराकिलो भएमा वैदेशीक रोजगारीमा सुधारको सम्भावना


ईन्द्र भूषाल, कुवेत  

दिनहुँ सयौं नेपालीहरु जिवीकोपार्जनको लागि र आफ्नो परिवार अनी सुखमय भबिष्यको सपना बोकेर बिदेशीन थालेको धेरै बर्ष भएको छ । आजभोली त झन भारतको केरल राज्यको जस्तै नेपालीहरु बिदेशमा नभएको घर भेटाउन मुस्किल पर्छ, गाउँमा छिर्दाखेरी । लाखौं प्रवासी नेपालीहरुको पसिनाले कमाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानीएको छ भनेर अर्थविदहरु बताउँछन । पढ्नेक्रम जारी राख्नुहोस्

व्याकुल माइला कराँते खेलाडी पनि


राष्ट्रिय गानका सर्जक व्याकुल माइला प्रायः विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन्थे । शुक्रबार बिहान भने उनी एक्कासि ओखलढुंगा सदरमुकामस्थित सितोरियो कराँतेको कभर्डहलमा खेलाडीसँग भेट्टिए । सबैले उनको सम्मान गरे । कार्यक्रममा उपस्थित सबै चकित थिए, उनी पनि सोही कराँते डोजोका पूर्वखेलाडी रहेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

हाम्रो दुर्भाग्य…


भुवन पौडेल -बिक्षिप्त, कुवेत

बिहान सबेरै उठेर कम्प्यूटरमा बसी देश विदेशमा के भइरहेको छ हेर्ने पढ्ने अनि रात भरिमा कति प्रतिकृया आएछन् भनि फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल खोल्ने आजका बच्चादेखि बुढासम्म सबैको लत बसिसकेको एक हदसम्म सत्य नै हो । इ-कान्तिपूर, नागरिक न्यूज, नयाँ पत्रिका लगायतका अनलाइन संस्करणहरु हाम्रो पहिलो प्राथमिकतामा पर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्