NRNA कुवेतको अध्यक्ष पदमा दिईएको उम्मेदवारी श्री टिनटुप शेर्पाद्वारा फिर्ता


जय आले, कुवेत

“नेपालको लागि नेपाली र नेपालीका लागी नेपाली” भन्ने मूल नाराकासाथ विश्वका बिभिन्न राष्ट्रहरुमा सञ्चालित रहेको नेपालीहरुको एक मात्र छाता संगठन गैर-आवासिय नेपाली सँघ – राष्ट्रिय समन्वय परिषद (NRNA-NCC), कुवेतले आफ्नो दुई बर्षिय कार्यकाल पुरा गरी, पुन. २ वर्षे कार्यावधीको लागि आगामी २१ मे २०११ का दिन, NRNA-ICC का प्रतिनिधिहरुको रोहवरमा नयाँ कार्यसमितिको गठन गर्न गईरहेको र जसमा अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष श्री राजेन्द्र तामाङ्गज्यू र नयाँ दाबेदार श्री टिनटुप शेर्पाज्यूको उम्मेदवारी दर्ता भएको थियो ।

निर्वाचन समिति, NRNA कुवेतले उम्मेदवारी फिर्ता लिने समय (१५ मे २०११, दिनको ५ बजे सम्म) तोके बमोजिम, श्री टिनटुप शेर्पाज्यूले अध्यक्ष पदमा दर्ता गराउनु भएको उम्मेदवारी आफ्नो राजीखुशीले फिर्ता लिनु भएको भर्खरै NRNA कुवेत निर्वाचन समितिद्वारा जानकारी प्राप्त भएको छ ।

निर्वाचन समितिका अनुसार, श्री शेर्पाले उम्मेदवारी फिर्ता लिने क्रममा सम्पूर्ण कुवेतवासी नेपाली श्रमिकहरुको हकहित र कुवेतस्थित नेपाली सँघ-संस्थाहरुको मर्मलाई ध्यानमा राखेर, “म टिनटुप शेर्पा” आफ्नो राजीखुशीले आफ्नो मनोनयन/उम्मेदवारी फिर्ता लिएको र NRNA कुवेतको अध्यक्षमा श्री राजेन्द्र तामाङ्गज्यूलाई आफ्नो पूर्ण समर्थन रहेको कुरा सार्वजनिक गर्न चाहन्छु भन्नुभएको छ ।

साथै, श्री शेर्पाले NRNA कुवेतको उत्तरोत्तर प्रगतिको कामना गर्दै, भावी दिनहरुमा कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई साथमा लिई नेपाल र नेपालीको हितमा समर्पित भई NRNA कुवेतले आफ्नो कार्यलाई अगाडि बढाउनेछ भन्नेमा आफु विश्वस्त रहेको समेत बताउनु भएको छ, भनें NRNA कुवेतका वर्तमान अध्यक्ष श्री राजेन्द्र तामाङ्ग पुन. दुई वर्षिय कार्यकालको लागि NRNA कुवेतको अध्यक्षमा निर्बिरोध निर्वाचित हुनुहुने पक्कापक्की भएको छ ।

5 responses to “NRNA कुवेतको अध्यक्ष पदमा दिईएको उम्मेदवारी श्री टिनटुप शेर्पाद्वारा फिर्ता

  1. बधाई छ दाजु श्री राजेन्द्र तामांग ज्यु लाइ प्रबासी नेपालीहरुको मन मस्तिकमा बस्न सफल रहनु भै नेपाली मुक्तिकामीज्यामिहरुको हितमा कामगर्दै कुवैतको ५५ दीग्री सेन्ट्रीग्रेट यो तातो घाममा कडा परिश्रम गरेर आफ्नो भलाइको लागि मात्र नसोची तमाम नेपालीहरुको हितमा काम गरि आउनु भयका दाजु २ वर्ष पहिला देखिनै यस नेपाली गयरआबासिय सस्थामा अधकच्य पध समाली सक्नु भयका र नेपाल तामांग घेदुंग कुवैत का बरिस्ट सल्लाकार तथा तामांग जातिहरुको अग्रज दाजु आज फेरी पूर्ण यन आर यन ए सस्थामा निर्बिरोध अधच्य जस्तो गरिबामय पदमा आसिन हुनुभयकोमा मेरो व्यक्तिगत तर्फबाट तथा नेपाल तामांग घेदुंग कुवैत को तर्फबाट हार्दिक बधाई दिन चाहन्छु जधौ

  2. aru sabi kaam ta hola..tara kuwait kaa sasthaa haru lai sagai liyera hidna ta imposible…..mukhinjel thikka parchan pachi pachi khutta tandai hidchan…..jo le pani merai sasthaa ramro aru lai chahi tyasto pani sasthaa ho vandai hinchan…….anyway all the best to rajendra dai….n congraz

  3. jay dai leakhai sarai cheeta bujyoo. kuwait ko bartaman aawastama meleara jaanu parnea ramro uudharan prastut vayeeko ma mero muri muri badai chha ten2p sir ko compormize kheara na jaos sabai jaana sajak huunu parchha nepal ko nepali ko nara NRNA lea bokeya ko chha heardai jauu vabesyeema pani yestai satvav deakhienchha key nai.

    rajeandra tamang dai lai badai chha.

  4. Congratulation & thx so much Rajendra saab

    Kuwait tamu samaj bata
    Amar Tamu

  5. Congratulation to Rajan dai. Mr. Tindup sherpa you are great person whatever you think in your mind and decided your self that is right way. Hope after 2 years we will decided and chooce nice person. best of luck to co-operate each other.

    once again thank Tindup bhai

    dai dil bahadur pun

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.