नेपाली चलचित्रको शैली परिवर्तन भएन: सरोज खनाल


शिव शर्मा ,

सरोज खनाल जति बेला उनि नेपाली चलचिमा नम्बर एक नायकमा गनिन्थे । त्यही चर्चाको  क्रममा उनि एक्कासे अमेरिका पलायन भए । उनको पलायनले धेरै दर्शकहरु निराश भने । आज तीनै नायकको पुन नेपाली चलचित्रमा  पुनरावगमन भएको छ । १४ वर्षपछि पुन उनी यादव सिलवालले निर्देशन गर्न लागेका मानव  चलचित्रमा नायकको रुपमा देखिन लागेका छन् । ०४६ सालमा राजेन्द्र सलभ द्धारा  निर्देशित चलचित्र विजय पराजयबाट नेपाली चलचित्रमा पाइला टेकेका खनाले ३३ वटा नेपाली  चलचित्रमा अभिनय गरे । उनले अभिनय गरेका अधिकांशा चलचित्र हिट थिए उतिबेला ।  अमेरिकामा बसोबास गदै आएका ४८ वर्षीय नायक अब नेपालमै बसेर अभिनय गर्ने सोच बनाएका  छन् । मानव नामकको सुटिङका क्रममा १५ बर्ष अन्तराल पछि पोखरा आएका नायक खनाल संग  शिव शर्मा चञ्चलको भेट:

१, अव नेपालमै बस्ने गरी अमेरिकाबाट आउनु भएको हो ?
अहिलेका युवा दर्शकले मलाई बिर्सिएका छन् । उनिहरुलाई चिनाउन पनि मैले सिनेमा खेल्नु  आवश्यक थियो । त्यही आवश्यकता पुरा गर्न र दर्शकलाई पुन आफनो परिचय दिन आएको हुँ ।  अझै दुई वर्षपछि आएर फिल्म खेल्ने सोच बनाएको थिए त्यतिबेला सम्म तन्नेरी दर्शकले  चटक्कै बिर्सेला भनेर आउनु पर्‍यो ।

 २, त्यति राम्रो चर्चा पाउदा पाउदै किन जानु भयो अमेरिका ?
सबैले मलाई यही प्रश्न सोध्ने गर्छन् (हाँस्दै) । त्यतिबेला राम्रा सिनेमाहरु त खेले  तर सोचेको उपलब्धी भने केही पाइन । केही फ्रेस हुनका लागी अमेरिका पुगेको थिए  उतिबेला । तर त्यहाँको सिस्टमले आकषिर्त गर्‍यो । फेरी बच्चाको भविष्यका लागी पनि  उतै बसे ।

 ३, अव अमेरिका फर्किनु हुन्न त ?
अव चाडै पुगेर कागजपत्र सबै मिलाएर डेढ वर्ष पछि स्थायी रुपमा नेपालमै बस्ने गरी  आउछु । नेपालमै आएर कला क्षेत्रलाई निरन्तरता दिन्छु । म आफुलाई अव बुढो हुदै गएको  महशुस भएको छ । नया पिढीलाई मेरो परिचय दिनुछ । मेरो नसामा अभिनयको रगत बगेको छ ।  अवको बाकी जीवन सिनेमा क्षेत्रमा लाग्नेछु र नेपाली चलचित्रलाई माथि उठाउने प्रयासमा  लाग्ने सोच बनाएको छु ।
४, त्यसो भए अभिनय संगै निर्माण र निर्देशन पनि गर्नुहुन्छ ?
गोजीमा पैसा भएको भन्दैमा फिल्म नै बनाउने परिपाटी हामी कहाँ विकसित भएको रहेछ । ।  बुझेर पढेर मात्रै सिनेमा बनाउने तर्फलाग्नुपर्छ । मैले पनि अहिले चलचित्र बनाउने  हो भने निश्चित रुपमा सक्छु । तर पृथक सिनेमा दिन मैले अझै धेरै सिक्न बाकी छ । म  अझै दस वर्षसिनेमा मा नै अभिनय गर्छु यसपछि मात्रै निर्माण र निर्देशन गर्ने  तर्फलाग्छु ।

५, तपाई अव पनि नायक कै रोलमा खेल्ने हो ?
दर्शकले मलाई कुन रुपमा हेर्नुहुन्छ त्यही रुपमा म अभिनय गर्न तयार छु । म भन्दा  केही सिनियर भुवन केसी र शिव श्रेष्ठ नायक कै रुपमा खेलीरहेका छन् । निश्चित रुपमा  मलाई पनि दर्शकले नायककै रुपमा स्वीकार्नु हुन्छ जस्तो लाग्छ । यसको छिनोफानो गर्ने  भगवान दर्शक हुन । दर्शककै निर्णयमा भर पर्छ ।

६, अहिले नेपाली चलचित्रको अवस्था कस्तो पाउनु भयो ?
प्राविधिक रुपमा विगतमा भन्दा नेपाली सिनेमाले धेरै फड्को मारेको जस्तो लाग्यो । तर  सिनेमा भने हामी खेल्दाको अवस्थामा जति राम्रा थिए त्यस्ता चलचित्र अहिले छैनन ।  प्राविधिक रुपमा नेपाली सिनेमा माथि पुगेपनि फिल्मको शैली अझै परिवर्तन भएको छैन ।  अहिले पहिला जस्तो नेपाली सिनेमा हलमा महिनौ सम्म चल्दैनन । हप्ता पछि हलबाट  उर्तिन्छन् । नेपाली फिल्म हलमा पुगेर हेर्ने दर्शक नै घटेका छन् ।

७, नेपाली चलचित्रलाई माथि उठाउन के गर्नु पर्ला त ?
नया कथाबस्तु र शैलीमा जोडदिनुपर्छ । निर्माता र निर्देशकले अध्ययन गर्ने बानीको  बिकास गर्नुपर्छ । नेपाली चलचित्रलाई जीवन्त बनाउने हो भने कथाबस्तु संगै  चलचित्रकर्मिले अध्ययन गर्ने बानी बसाल्नैपर्छ । अहिले नबुझीकन जो पनि निर्देशक र  नायक बन्ने प्रवृति विकास भएको छ । यो ट्रेन गलत हो । दर्शकमुखी चलचित्रका लागी यी  सबैकुरामा चलचित्रकर्मिहरुले गंभीर भएर बुझनु जरुरी छ ।

८, किन राम्रा कलाकार विदेश पलायन बढेको होला ?
कला क्षेत्रमा लागेपछि सोही अनुरुप आफुलाई मेन्टन गर्न नसक्दा र आफुलाई असुरक्षीत  महशुस गरेपछि विदेश पलायन हुने क्रम चलेको छ । राम्रा कलाकार विदेश पलायन हुदा  दुख्ख लाग्छ । म आफु नै पलायन भए त्यसैले अरुलाई के भनु । कलाकार क्षेत्रमा लागेर  उपलब्धी केही नहुदा पनि हो । मुख्य कुरा त आर्थिक समस्या र मुलुकको राजनिति अवस्था  नै हो भन्ने लाग्छ ।

९, यतिका वर्षपछि फिल्म खेल्दा तपाईलाई कस्तो लागीरहेको छ ?
अहिले मलाई नेपाल आएपछि एक साथ ६ वटा सिनेमा खेल्नका लागी अफर आएको थियो । तर रोजेर  आफुलाई मन परेको कथा भएकोले मानव फिल्म मात्रै खेल्ने सोच बनाए । यतिका वर्षपछि  नेपाली फिल्म खेल्दैछु निश्चित रुपमा डर त लाग्छ नै ।
पहिलाको जस्तो फेरी गर्न सक्दीन भन्ने पनि लाग्छ । फेरी यतिका वर्षपछि नेपाली सिनेमा  खेल्न पाएकोमा निकै उत्साही पनि भएको छु ।

१०, यतिका वर्षपछिको ग्याप पछि तपाईलाई दर्शले स्वीकालान त ?
नेपाल आएपछि भेटेको धेरै दर्शकले मलाई तपाई फेरी अभिनयमा आउनु पर्‍यो भन्नु भयो ।  दर्शकले पहिला जस्तो माया गर्नु हुन्थ्यो अहिले पनि त्यस्तै पाएको छु ।
दर्शककै आग्रह अनि चलचित्र प्रतिको मेरो अभिरुची ले नै पुन नेपाली चलचित्रमा आएको  छु । जति नै ग्याप भए पनि दर्शकले मलाई मन पराउनेमा म ढुक्क छु ।

Posted By: Narayan Nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.