कुवेतमा ‘नेपालकुवेत नेवा: गुठी संस्था’को गठन


जय आले, कुवेत

नेपालको सवैभन्दा पुरानो आदिवासी “नेवा: जाति”को मौलिक परम्परा, धर्म संस्कृति, भाषा अस्तित्व, भेषभूषा र जातिय पहिचानलाई निरन्तरता एवं जगेर्ना गर्ने प्रणका साथ १३ मे २०११ शुक्रवारको दिन, कुवेतको मुर्गावस्थित सोल्टी नेपाली रेष्टुरेन्टमा ११ सदस्यीय नेपालकुवेत नेवा: गुठी संस्थाको गठन भएको छ ।

कुवेतमा दर्जनौं नेपाली सँघ-संस्थाहरु कृयाशिल रहेको अवस्थामा नेवा: गुठी संस्था गठन हुनुको मुलभूत उद्देश्य के हुन भनेर कुवेतनेपाल डटकमले राखेको जिज्ञासामा; खासगरी सातौं शताब्दी देखिको पुरानो इतिहास बोकेको नेवार जाती र समाजको संस्कृतिलाई जगेर्ना गर्ने र परिस्थिती अनुरुप कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरु सँग हातेमालो गर्दै अगाडि बढ्ने उद्देश्यका साथ “नेपालकुवेत नेवा: गुठी संस्था”को गठन भएको हो भनेर संस्थाले प्रष्ट्याएको छ ।

नेपालकुवेत नेवा: गुठी संस्थामा निम्न ११ सदस्यीय पदाधिकारीहरु चयन हुनुभएको छ ।

अध्यक्ष – श्री नबराज श्रेष्ठ
उपाध्यक्ष – श्री शिव कुमार श्रेष्ठ
महा-सचिव – श्री हर्क श्रेष्ठ
सचिव – श्री कल्याण श्रेष्ठ
कोषाध्यक्ष – श्री सनुकाजी महर्जन
सह-कोषाध्यक्ष – श्री राधेश्याम श्रेष्ठ
सदस्यहरुमा: श्री राजन श्रेष्ठ, श्री कुमार श्रेष्ठ, श्री तेज बहादुर श्रेष्ठ, श्री रुजेन्द्र महर्जन, श्री धकेन्द्र श्रेष्ठ र श्री मंगलदास डंगोल रहनु भएको छ ।

यसैगरी सल्लाहाकारमा: श्री यादब श्रेष्ठ र श्री समिर शाक्य रहनु भएको छ ।

यस्तै, साधारण सदस्यहरुमा: राजेन्द्र श्रेष्ठ, रुपेश श्रेष्ठ, सुनिता श्रेष्ठ, सुमित्रा श्रेष्ठ, मोहन जोशी, बिष्णु श्रेष्ठ, टिका श्रेष्ठ, सोवा सुबेदी एवं सञ्जय तामाङ रहनु भएको छ ।

8 responses to “कुवेतमा ‘नेपालकुवेत नेवा: गुठी संस्था’को गठन

  1. किरण पौड्याल

    मध्यकालीन नेपालका मल्लकालीन राजाहरुको ऐतिहासिक पृष्ठभूमि बोकेको; मौलिक परम्परा, संस्कृति, कला, भाषा, रहनसहन, खानपिनका धनि नेवाः समुदाय; जसका राजा राघबदेवले ईस्वी सन् ८०२ को हाराहारीमा सम्पूर्ण नेपालीको ऋण तिरिदिने “शंखधर साख्वा”को सम्मानमा स्थापना गरेको एक मात्र नेपाली पात्रो “नेपाल सम्बत”, जुन विक्रम सम्बत १९६० मा चन्द्र समशेर ज. ब. रा. ले खारेज नगराएसम्म सरकारी कामकाजको आधिकारिक पात्रोको रुपमा स्थापित सम्बतका संस्थापक; हाल नेपाल, भारत, भुटान र तिब्बतमा गरि करीब १३ लाखको हाराहारीमा स्थायि बसोबास गर्ने अतुलनीय पृष्ठभूमि बोकेको नेवार समुदाय; को नेवा: गुठि; कुवेतमा पनि स्थापना भएकोमा आफू साह्रै हर्षित भएको उल्लेख गर्दै यहाँहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु|

    किरण पौड्याल तथा
    माउन्ट एभरेस्ट स्पोर्टिंग क्लब परिवार

  2. Navraj bhai sanu kaji anee Yadav ji subakamana hai

    Tamu samaj , kuwait ko tarfa bata

  3. Good news khusiko kura ho prabasma basera pani hami aafno jati, bhasa,saskritiko palana ganrnu vaneko BADAI CHA NEPALKUWAITNEWA GHUTHI team lai

    Nepal Tamang Ghedung Kuwaitko tarfa bata

  4. Laligurans Cultur Group (BB Malla Thakuri)

    dharma, bhhasa, saskriti ka dhani hamro desh Nepal prakriti ka saundarya hamro desh tyasaima ta jhan jat jatilko vasa ani saskriti lai bachaune mukhya udeshyale kholiyeko sastha parti ma lagayat hamra faimly khusi 6au sathai badhai tatha suvakamana sabai newar pariwar lai

  5. Nepalkuwait Newa Guthi ko tarfa bata Kiran sir lagayet mount everest club, Nepalkuwait Tamang ghedung samaj and Tamu samaj Kuwiat lai hardik dhanyabad.

  6. Nepalkuwait Newa Guthi ko tarfa bata laligurans cultur sa-pariwar lai hardik dhanyabad takryauchhau.

  7. heartly thanks for laligurans cultur group from our Newari guthi group.

  8. badhai chha sampurna manonit sathi haru lai ani sampurna newa samaj lai hami sabai jana hatma hat milayera agadi badhnu parchha.
    ashish kunwar ani kaligandaki pariwar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.