काठमान्डु धेरै फेरिएछ


माध्यमिक तह सिध्याएपछि म टाढाका देश घुम्न आतुर थिएँ । डेनमार्कको राजधानी कोपेनहेगनदेखि ७७ किमि टाढाको गाउँ स्भिननिन्जमा जन्मिएको म त्यतिबेला २१ वर्षको थिएँ । म भारत गएँ । १९७४ को समय थियो । हिप्पी युग भर्खरै सकिएको । मैलेचाहिँ हिप्पीजस्तो नदेखिन कपाल काटेको थिएँ र चिटिक्क परेका लुगा लगाउँथंे । तर देहरादुन पुगेपछि सबैले मलाई ‘तिमी हिप्पी’ भन्दै ‘ऋषिकेश जाऊ, हिप्पी छन् त्यहाँ’ भने । धेरैले भनेपछि म त्यहाँ गएँ ।

त्यहाबाट दिल्ली फर्केर नेपाल आएँ, बस चढेर । एक महिनासम्म काठमाडौं चाहारें । धेरै ठाउँमा बिजुली थिएन त्यतिबेला । राति धेरैले मैनबत्ती बाल्थे । बालबालिकामाथि एक पुस्तक

लेखिरहेका क्यानेडेली सुएन्डेज सोरिन्ज समरिस्टेनसनको क्यामेरा बोकेर केही दिन हिँडें । म पूर्णरूपमा पर्यटक थिएँ । अरूको हेराइमा हिप्पी । पढ्ने, गफ हाँक्ने र आराम गर्ने । कस्तो स्वतन्त्र र सुन्दर जीवन ।

त्यो पहिलो भ्रमण यता म तीनचोटि नेपाल आएँ । यहाँको भूदृश्य, मिलनसार मानिस र सुन्दर मौसमले आकषिर्त गरेको थियो । दोस्राेपटक म १९८९ मा आएँ । त्यसपछि १९९२ मा र अहिले । दोस्रो र तेस्रो भ्रमण भुटान जाँदा/फर्किंदा ट्रान्जिटका रूपमा भएका थिए । म त्यहाँ रेडियो सेवा प्रसारणसम्बन्धी तालिम दिन गएको थिएँ । नेपालका पत्रकारहरू भारतदत्त कोइराला र कुन्द दीक्षितसँग उति बेलैदेखिको चिनजान हो । गायक अमृत गुरुङलाई पनि मैले उनी डेनमार्क जाँदा आफ्नै घरमा आतिथ्यता प्रदान गरेको छु । नेपालसँगको मेरो चिनजान पारिवारिकजस्तै भएको छ । काठमाडौं र इन्डोनेसियाको बाली मलाई सबभन्दा मन पर्छन् । डेनमार्कबाहिर बाँकी जीवन बिताउनुपर्दा ती दुईमध्ये काठमाडौं नै रोज्छु । काठमाडौंमा बढो प्रदूषण र ट्राफिक कोलाहलले चाहिँ मलाई चिन्तित बनाउँछ ।

पहिलोपटक आउँदा शान्त र सुन्दर सहरमा पछिल्लोपटक आउँदा ठूलो परिवर्तन देखेको छु । सडकले नथाम्ने ट्राफिक भार, अर्कोपटक कहिले आउँछु थाहा छैन । तर आउँदा भूमिगत रेल-वे बन्ला कि ? जे भए पनि अर्कोपटक नेपाल आउँदा विदेशमा बसेका सबै नेपाली मुलुक फर्केको देख्न पाए हुन्थ्यो । काठमाडौं स्वच्छ होस् । सामाजिक सुरक्षामा अभिवृद्धि होस् ।

यसपटक म व्यावसायिक यात्रामा छु ।

‘मोबाइल जीवन’ शीर्षकमा पाँच भागको रेडियो कार्यक्रम बनाउने क्रममा आएको । यसमा म समाजमा मोबाइलको प्रभाव’bout खोतल्दै छु । मोबाइलले मानिसलाई नजिक ल्याउनुबाहेक अपराधमा पनि सहयोग गरेका होलान् । ती प्रभावलाई कार्यक्रमले समेट्नेछ ।

गत वर्ष विश्वमा मोबाइलसँग सम्बन्धित दुई चाख लाग्दा कुरा भए (१) संसारको आधा जनसंख्याले मोबाइल प्रयोग गर्न थाल्यो । (२) विश्वको सबैभन्दा अग्लो सगरमाथामा मोबाइल टावर राखियो । त्यही वर्षदेखि मोबाइलले आफ्नो निर्दोषता गुमायो । बितेका २०आंै वर्षमा मोबाइलजगत्मा यत्रो विकास भयो । मलाई लाग्छ, गाडीहरूको आविस्कारपछि मानिसलाई सर्वाधिक प्रभावित पार्ने कुरा मोबाइलमा भएको विकास र फैलावट नै हो ।

विश्वव्यापीकरणलाई बढाउन र भौगोलिक दूरीलाई कम गर्न यो चामत्कारिक प्रविधिले ठूलो सहयोग पुर्‍याएको छ । यसले साक्षरता र निरक्षरताको घेरालाई तोडै सम्पर्कबिन्दुको काम गरेको छ । अभिभावक र बालबच्चा, श्रीमान्/श्रीमती, प्रेमीप्रेमिका र मित्रजनबीचको सम्बन्धलाई जीवन्त बनाइराख्ने यो सस्तो, सरल र सहज प्रविधिले विकृति र अपराधलाई पनि उत्तिकै बढाएको छ । यस प्रविधिका सकारात्मक र नकारात्मक दुवै पक्षलाई डकुमेन्ट्रीमा समेट्दै छु ।

मेरो चौथो काठमाडौं यात्रा तीनदिने मात्रै भयो । शनिबारै म नैरोबी (केन्या) र त्यसपछि बेरुत (लेबनान) जाँदै छु । केन्यामा मोबाइल बंैकिङ निकै फस्टाएको छ, त्यो हेर्नुछ । लेबनानमा चाहिँ अरब विश्वका मानिस जम्मा हुन्छन्, धेरैलाई त्यहीँ भेट्न सकिन्छ । कार्यक्रममा अन्त्यमा चाहिँ ५४ लाख ७० हजार जनसंख्या भएको मेरो देश डेनमार्कमा मोबाइलको प्रयोगलाई समेट्छु ।५७ वर्षीय टर्बन ब्रान्ड्ट बितेका ३५ वर्षदेखि डेनिस ब्रोडकास्टिङ कर्पोरेसनमा कार्यरत छन् ।

Posted by: Dambar Rimal                                              Source : ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.