सन् २०११ को मई २१ तारिखमा विश्वमा २०० मिलियन मान्छेको मृत्यु हुने र त्यसको पांच महिनापछि अक्टोबर २१ मा पृथ्वी ध्वस्त हुने भविश्यवाणी गर्ने अमेरिकन त्रिशुलबाबा हुन्, हारोल्ड क्याम्पिङ । अमेरिकाकाको क्यालिफोर्नियामा रहेको एउटा रेडियो स्टेशन फेमिली रेडियोका अध्यक्ष एवं सोही रेडियोमा कार्यक्रम चलाउदै आएका क्याम्पिङले यस्तो भविश्यवाणी गरिदिएपछि उनको हौवाका पछाडि दौडनेहरुको जमात देखिन थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/05/2011
केही दिनमा पृथ्वी ध्वस्त हुने अमेरिकन त्रिशुलबाबाको घोषणा
Posted in थाहा पाईराखे राम्रो, विज्ञान प्रविधि
६ पूर्वगृहमन्त्रीलाई गाडी फर्काउन निर्देशन
काठमाडौ, वैशाख ३० – गृह मन्त्रालयले छ पूर्वगृहमन्त्रीलाई दिएको सरकारी गाडी सुविधा फिर्ता गर्न आग्रह गरेको छ । संसद्को सार्वजनिक लेखा समितिको निर्देशनबमोजिम गृहमन्त्री कृष्णबहादुर महराले मन्त्रालयस्तरीय निर्णय गरी उनीहरूलाई पत्र पठाएर गाडी सुविधा फिर्ता गर्न आग्रह गरेका हुन् । मन्त्रालयले पदबाट बाहिरिएको तीन वर्ष बढी भएका चार पूर्वगृहमन्त्री र पदमा बहाल रहँदा चढेको गाडी नै जबर्जस्ती लैजाने दुई पूर्वगृहमन्त्रीसित लिखित निर्देश गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
दुलाहा खोज्दै प्रियङ्का
बलिउड नायिका प्रियङका चोपडालाई ‘ड्रिम गर्ल’ कल्पना गर्ने हजारौ होलान् । रुपले धपक्कै बलेकी यस्ती सुन्दरीलाई बिहे गर्न नचाहने को होला र ? पछिल्लो समयमा भारतीय टीभी च्यानलद्वारा प्रसारित रियालिटी शोहरुमा प्रियङ्काले धेरै पटक नक्कली बिवाह गरी सकेकी छिन् । फिल्मभित्रको त कुरै छाडौं । तर प्रियङ्काले वास्तविक जीवनमा भने असली लाइफ पार्टनर नभेटेको बताइन् । आफू आजै बिहे गर्न तयार भए पनि सपनाको राजकुमार भेटी नसकेको उनले बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
पाकिस्तानमा आत्मघाती आक्रमण, ७० भन्दा बढी अर्धसैनिकको मृत्यु
इस्लामावाद, वैशाख ३० (एजेन्सी)- उत्तरपश्चिमी पाकिस्तानको एक सैन्य तालिम केन्द्रमा आज बिहानै एक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराउँदा ७० भन्दा बढी अर्धसैनिकको मृत्यु भएको छ। घटनामा कम्तिमा ८० घाइते छन्। पेशावरका प्रहरी प्रमुख लियाकत खानका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
बन्द गराउँदै हिँड्नेहरु प्रहरीको नियन्त्रणमा
देशभरबाट एक हजार गिरफ्तार : आयोजक-
काठमाडौँ, वैशाख ३० (नागरिक)- नेपाल आदिवासी जनजाति महासङ्घद्वारा आयोजना गरिएको नेपाल बन्दका क्रममा उपत्यकामा बन्द गराउँदै हिँडेका आदिवासी जनजातिका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। बागबजार, पुतलीसडक, रत्नपार्कलगायतका क्षेत्रबाट नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका उपाध्यक्ष डोजाङ सेर्पा, सचिव अर्जुन याक्खा, कोषाध्यक्ष डेकेन्द्र राईलगायत ७३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पेट्रोलियममा ठगी: १० लिटर किन्दा ९.५ मात्रै
काठमाडौ, वैशाख ३० – पेट्रोल पम्पको मिटरले देखाएको परिमाणमा उपभोक्ताले पेट्रोलियम पदार्थ पाइरहेका छैनन् । उच्चस्तरीय पेट्रोलियम सुधार कार्यदलको प्रतिवेदनअनुसार मिटरले दस लिटर देखाउँदा सवारीमा साढे नौ लिटर मात्र पेट्रोल भरिएको हुन्छ । पम्पको मिटरमा हुने दसमध्ये एउटा दाँत निकालिएको कारण भरिएको भन्दा बढी परिमाण मिटरले देखाउने गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार