लागेको पाँच वर्षपछि गोली झिकियो


विराटनगर, वैशाख २८ । एक बालिकाको शरीरबाट ५ वर्षपछि शल्यक्रिया गरेर गोली झिकिएको छ । उनलाई माओवादीले हानेको गोली लागेको थियो । विपन्न परिवारकी ती बालिकालाई कोसी अञ्चल अस्पतालले भारतको पटना लैजान सिफारिस गरे पनि खर्चको अभावले स्थानीय नोवेल अस्पतालमा भर्ना गरिएकी उनलाई डा. अबुल कलामको समूहले मंगलबार शल्यक्रिया गरेको हो ।

०६२ सालमा संकटकालका बेला माओवादीले चलाएको गोली मझारे गाविस महेन्द्रकोलकी ९ वर्षिया बबिकुमारी मण्डलको देब्रे तिघ्रामा लागेको थियो । त्यसबेला उनी आँगनमा खेल्दै थिइन् । अहिले उनी १४ वर्षकी भएकी छिन भनें स्थानीय महेन्द्र माविमा कक्षा ७ मा अध्ययन गर्छिन् । संकटकाल भएकाले अस्पतालमा उपचार गर्न ल्याउँदा प्रहरीले दुःख दिने डरले भारतको विभिन्न ठाउँमा लगेको तर राम्रो उपचार हुन नसकेको फुपाजु कलाचन्द्र विश्वासले बताए ।

भारतको फारविसगन्जमा स्थानीय चिकित्सकले घाउ सफा गरेर टुक्राटुक्री निकालिदिएपछि घाउ निको भएको थियो । विश्वासका अनुसार विस्तारै तिघ्रा दुख्न थालेपछि सर्जन रमेश बस्नेतलाई देखाएको तर गोली निकाल्दा अपाङ्ग हुन सक्ने सम्भावना रहने र बढी जोखिम उठाउनुपर्ने भएकाले पटना लग्न सल्लाह दिएका थिए ।

आर्थिक अभावका कारण उनले नोवेल अस्पतालमा भर्ना गराएपछि मंगलबार उनको सफल अप्रेसन भएको हो । शल्यक्रिया गर्ने डा. कलामका अनुसार शरीरका सबै नसा तिघ्राको पछिल्लो भाग भएर जाने भएकाले जेलिएको ठाउँबाट गोली झिक्न निकै कठिन थियो ।

Posted by: Jay Ale                                           Source: Patrapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.