एनआरएनए कुवेतको अत्यन्तै जरुरी सूचना !!


बिषय : एनआरएनए कुवेतको सदस्यता बिस्तार र निर्वाचनमा उम्मेदवारी दिने समय अवधी फेरबदल गरिएको ’bout ।

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई, दिदिबहिनीहरु;

“नेपालको लागि नेपाली र नेपालीका लागी नेपाली” भन्ने मूल नाराका साथ विश्वका बिभिन्न राष्ट्रहरुमा स्थापना भैसकेको एक मात्र नेपाली सन्जाल एनआरएनए (Non-Resident Nepali Association) कुवेतमा पनि स्थापना भई दुई बर्षिय कार्यकाल आगामी अगस्त २०११ मा पुरा हुने हुँदा पुन. नयाँ समिति गठन गरी संस्थालाई विधान र उद्देश्य अनुरुप अगाडि बढाउनु पर्ने भएकोले यहि २१ मे २०११ शनिबारका दिन, NRNA-ICC पदाधिकारिहरुको उपस्थितिमा हुने र वहाँहरुको रोहबरमा निर्वाचन सम्पन्न गराईने ब्यहोरा सर्बबिदितै छ ।

कुवेतबासी नेपालीहरुको भावानालाई आत्मसाथ गर्दै एन आर एन ए कुवेतको निर्वाचन समितिले साधारणा सदस्यता बितरण गर्ने र उम्मेदवारी दिने समय अवधिमा फेरबदल गरेको जानकारी यसै सुचना मार्फत गराईन्छ ।

क) साधारण सदस्यता बितरण २० मे शुक्रबार ३ बजे सम्म (एक प्रति फोटो र एक कुवेती दिनार)

ख) उम्मेदवारी १३ मे शुक्रबार ५ बजे सम्म – एक प्रति फोटो, पासपोर्ट कपि, सिभिल आडि कपि र उम्मेदवारी शुल्क (शुल्कको लागि निर्वाचन समिति सँग सम्पर्क गर्न अनुरोध गरिन्छ)

ग) मासिक लेवी चुक्ता नगरेको सदस्यले कुनै पनि पदको लागि उम्मेदवारी दिन पाउने छैन ।

पुनश्च: उम्मेदवार एनआरएनए कुवेतको साधारण सदस्य हुनु पर्नेछ । १३ मे २०११ का दिन ५ बजे पछि कुनै पनि ब्यक्तिले कुनै पनि पदको लागि उम्मेवारी दिन पाउने छैन ।

कार्यसमितिको निर्वाचन निम्न मिति, समय र स्थानमा हुने जानकारी गराउँदछौं ।

मिति : २१ मे  २०११
समय : १२ बजे
स्थान : होटल एशिया-एशिया, मालिया, कुवेत

नोट : एनआरएनएको सदस्यता फाराम र अन्य जानकारीका लागी निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

धर्म राज गिरी ९४०६९७३४
दिपक क्षेत्री ५५३६८२१३
राजन रिमाल ६५९६५२३०
सौगात सुबेदी ५५३९५६२३
सुजन के सि ९४४७१२२२

राजेन्द्र तामाङ
अध्यक्ष एन आर एन ए कुवेत

सुजन के सी
संयोजक , निर्वाचन समिति
एनआरएनए, कुवेत

Posted by: Jay Ale

One response to “एनआरएनए कुवेतको अत्यन्तै जरुरी सूचना !!

  1. notice ko prasnagama ” sanjaal” sabada ma interpretation hunu jaruri dekhinchha

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.