काठमाडौं, वैशाख – आम चासोको विषयलाई लिएर शनिबार राजधानीमा भएको युवा भेलाले इन्टरनेटमा सामाजिक सन्जालको प्रभावकारिता साबित गरेको छ। जेठ १४ गतेभित्रै संविधान जारी गर्न दबाब दिने उद्देश्यले माइतीघर मण्डलामा जम्मा भएका फेसबुक र ट्विटर प्रयोगकर्ताको नारा थियो – ज्याला पुरा लियौ, अब संविधान देऊ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/05/2011
संविधान बनाउन फेसबुक प्रयोगकर्ताको आन्दोलन
Posted in नेपाल समाचार
नन्दिता ब्रान्ड एम्बेस्डर
नेपाली सिने क्षेत्रका कलाकारहरु ब्यबसायीक उत्पादनको ‘ब्रान्ड एम्बास्डर’ बन्ने क्रम बढ्दै छ । थुप्रै स्टारहरुले वस्तु वा सेवाको प्रचारप्रसार समय खर्चिरहेका छन् । ब्रान्ड एम्बास्डर कलाकारहरुको लाइनमा थपिएकी छन नायिका नन्दिता केसी पनि । सिने क्षेत्रमा चर्चा कमाउँदै गरेकी यी नायिकाले कुनै वस्तुको नभई सेवाको प्रर्बद्धनका लागि ब्रान्ड एम्बास्डर बनेकी हुन् । बिदेशमा वस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउने सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड एम्बास्डरका रुपमा नन्दिताले हालै नियुक्ति पाएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
किराती लिपिको सफ्टवेयर बजारमा सार्वजनिक
– प्रदीप मेन्याङ्बो
धरान– किराती लिपिमा तपाईलाई फेसवुक वा अन्य कुनै इन्टर्नेटमा च्याट, चिठि पत्र आदान प्रदान गर्न मन लागेमा अव चिन्ता नलिए हुन्छ । हङकङ निवासी पदम लाओती र अमेरिकाको हवाई राज्य निवासी जेनोटाइप प्रविधिका सफ्टवेयर इन्जिनियर काओनोहि केआली अीओकापो (काई) ले किराती ल्याङ्वेज किट सफ्टवेयर तयार गरे पछि किराती लिपिमा लेख्न सहज भएको हो । किराती लिपि र भाषाहरु संरक्षण गर्ने उदेश्यले किराती भाषा परियोजना अन्तर्गत किराती लिपी कम्प्यूटरमा प्रयोग गर्न सजिलोका लागि उक्त सफ्टवेयर तयार गरिएको लिम्बुले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
फोहोर बाट मोहर
विनोदबाबु रिजाल, चितवन
भरतपुर–१०, स्याउलीबजारकी तुलसी ज्ञवालीले २०५९ सालमा घर बनाएपछि दैनिक रूपमा उत्पादन हुने घरायसी फोहोर तह लगाउन ठूलो समस्या थियो । त्यसबेला फोहोर व्यवस्थापनका लागि नगरपालिका योजनाविहीन हुनुका साथै फोहोर फाल्ने निश्चित स्थानको अभाव पनि थियो । घरबाट निस्कने ठोस फोहोरमैलाहरू प्लास्टिकमा पोको पारेर साँझ परेपछि पर लगेर फाल्ने गर्थिन् । घरबाट पर प्लास्टिकको थैलामा फालेको फोहोर कुकुरले प्लास्टिक टोक्दै आफ्नै घर आँगनमा छरेपछि फोहोर व्यवस्थापनमा उनको रुचि बढेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
अमेरिकाको नेपाल नीति
प्रस्तुति : ईश्वरी ज्ञवाली
अमेरिका स्थित नेपाली मिसनका लागि ह्वाइटहाउसका अधिकारीसँग भेटघाट सहज हुँदैन। लामो औपचारकि प्रक्रियापछि मात्रै तल्लो ओहदाका अधिकारीलाई भेट्न सकिन्छ। २०३७ सालमा म त्यहाँ राजदूत भएर जाँदा राष्ट्रपतीय निर्वाचनको चटारो थियो। तत्कालीन राष्ट्रपति जिमी कार्टर निर्वाचनमा व्यस्त हुनुपर्ने बेला भएकाले मैले आफ्नो ओहदाको प्रमाणपत्र तत्काल लिने प्रबन्ध मिलाउनुपर्ने भयो। नत्र लामो समय कुर्नुपर्ने हुन्थ्यो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
वार्षिक साधारण-सभा सम्बन्धि सूचना !!
(पहिलो प्रकाशन मिति: ०२ मे २०११)
(दोश्रो प्रकाशन मिति: ०८ मे २०११)
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको “वार्षिक साधारण-सभा” क्लव अध्यक्षको आदेशानुसार निम्न मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ ।
मिति: ०३ जून २०११, शुक्रबार
समय: अपरान्ह १.०० बजे
स्थान: होटल सोल्टी, मुर्गाब पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना, MESC गतिविधि, Upcoming Events