Daily Archives: 07/05/2011

तामाङ्ग घेदुङ्ग कुवेतद्वारा शान्तीमाया दोङको परिवारलाई आर्थिक सहयोग प्रदान (फोटो फिचरसहित)


जय आले, कुवेत

‘शान्तीमाया दोङ’को कुवेत आउनुपूर्वका, उनको घर परिवारका र हाल उनी कुवेतको फर्वानिया अस्पतालमा मृत्‍युसँग लडिरहेको फोटोहरु यस पेजमा राखिएका छन् । 

सुकौरा २, मकवानपुर निवासी पिता तेज बहादुर दोङ र माता सुनमाया दोङको कोखबाट जन्म लिई १८ वर्षको कलिलो उमेर र ८ कक्षामा अध्ययनरत रहँदा रहँदै पारिवारिक आर्थिक बोझ र आफ्नो सुनिश्चित भविष्यको सपनासहित बैदेशिक रोजगारीको सिलसिलामा कुवेत आई बिगत ५ वर्षदेखी कुवेतको फर्वानिया अस्पतालको शयन कक्षमा मुढासरी लडेर जीबन र मृत्युको दोसाँधमा अल्मलिई रहेकी एउटी कर्महारा नेपाली चेली ‘शान्तीमाया दोङ’को नेपालस्थित उनका परिवारलाई प्रत्यक्ष भेटघाट गरी आर्थिक सहयोग स्वरुप ४० हजार ने.रु. हस्तान्तरण गरेको छ, नेपाल तामाङ्ग घेदुङ्ग कुवेतले । पढ्नेक्रम जारी राख्नुहोस्

मेरो जीवनको स्क्रिप्ट – हरिवंश आचार्य


‍म सडक, गल्ली, डाँडाकाँडा, अरुको घर, बसपार्क, हवाई अड्डा जहीँतहीँ रोएको छु। लाज मानी मानी, मन नलागी नलागी रोएको छु। क्यामेरा हुन्छ। एक्सन-कट हुन्छ। रोएको मिलेन भने दोहोर्‍याएर, तेहर्‍याएर रुनुपर्छ। म त्यहाँ जति पल्ट पनि रुन सक्छु। त्यहाँ अर्कैको श्रीमती वा छोरी मेरी श्रीमती हुन्छिन्। उनलाई अँगालो मारेर आफ्नी श्रीमती सम्झी रुनुपर्छ। कपालमा सेतो रङ लगाएर वृध्दा बनेकी महिलालाई आमा भन्नुपर्छ। खुट्टा समातेर, भावविभोर भएर रुनुपर्छ। आँसु नआउँदा आँखामा ग्लिसिरिन हालेर निकाल्नु पर्छ। यो त मैले लेख्ने चलचित्रको स्क्रिप्ट हो। पढ्नेक्रम जारी राख्नुहोस्

खगेन्द्र थापा मगर प्रतिष्ठानद्धारा १२ जना व्यक्तीलाई सम्मान


पोखरा, २४ बैशाख- विश्वका होचा मानिस खगेन्द्र थापा मगरको हकहितको नाममा स्थापना भएको खगेन्द्र थापा मगर प्रतिष्ठानले शनिबार पोखरामा बिभिन्न क्षेत्रका १२ जना ब्यतिहरुलाई सम्मान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालकुवेत साँस्कृतिक मञ्चको भेटघाट तथा विदाई कार्यक्रम सम्पन्न


केदार नाथ खरेल
मलिया सिटी, कुवेत

नेपालकुवेत साँस्कृतिक मन्चले ०६ अप्रिल २०११ शुक्रवारको दिन, कुवेतको सुक अल कबिरको पार्कमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । भेटघाटमा घरबाटै आफैले बनाएर ल्याएको खिर, रोटी, पुलाउ, अचार, चिकेन फ्राई खाई नेपालमै पिक्निक मनाएका छौं भन्ने आभास दिलाईएको थियो । खासगरी कार्यक्रमको मुख्य उद्देश्य भनेको कलाकारहरुलाई हौसला प्रदान गर्नु र केही कलाकारलाई सम्मानका साथ विदाई गर्नको लागी राखिएको संस्थाका सचिव माधव शर्माले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

“नेवार समुदायिक समाज कुवेत” गठन सम्बन्धी सूचना !!


मिति: ०७ मे २०११

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु !

रोजगारीको सिलसिलामा कुवेतमा रहेका सम्पूर्ण नेवार जाती दाजुभाइ तथा दिदीबहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा, धर्म संस्कृति र जातिय पहिचानलाई जगेर्ना गर्ने तथा परिस्थिती अनुरुप कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कार्यहरुमा समेत सरिक हुने उद्देश्य सहित नेवार समुदायिक समाज कुवेतको गठन हुन गई रहेको जानकारी गराउँदै सम्पूर्ण कुवेतवासी नेवार जातिहरुलाई निम्न मिति, समय र स्थानमा अनिवार्य उपस्थितिको लागि यो सूचना जारी गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सलमान-कैटरिना जोडीले गर्मायो बलिउड


मुम्बई, वैशाख २४ – बलिउड स्टार सलमान खान पूर्व प्रेमिका कैटरिना कैफको विषयलाई लिएर फेरि चर्चामा आएका छन् । सलमानले कैटरिनालाई आफ्नो परिवारको सदस्याका रुपमा प्रस्तुत गरेपछि बलिउड यो जोडीको विषयलाई लिएर गर्माएको हो ।

सलमानको नयाँ फिल्म एक था टाइगरमा सँगै देखा परेकी कैटरिना’bout सोधिएको प्रश्नमा सलमानले भने, पढ्नेक्रम जारी राख्नुहोस्