प्रहरी चौकीमा सबै महिला


कास्की, वैशाख २३ – पोखराको छोरेपाटन प्रहरी चौकी पुगेपछि धेरैजना दङ्ग पर्छन् । उक्त चौकीमा अहिले सबै महिला प्रहरी कार्यरत छन् । साता यता त्यहाँ  प्रहरी नायब निरीक्षक गीता रानाभाटको नेतृत्वमा १३ जना महिलाले चौकीको जिम्मेवारी पाएका हुन् ।महिला पनि कम छैनन् भन्ने भनाइ चरितार्थ पार्न यतिबेला उनीहरू अहोरात्र शान्ति सुरक्षा कायम गराउन खटिरहेका भेटिन्छन् । ‘महिलाले अधिकारमात्रै खोजेर भएन, काम गरेर पनि देखाउन सक्नुपर्छ,’ चौकी प्रमुख प्रहरी नायब निरीक्षक रानाभाटले भनिन्, ‘अहिले हामीले जिम्मेवारी पाएका छौँ, त्यसलाई अवसरका रूपमा लिएर काम देखाउन लागिपरेका छौँ ।’

उनले सातायता विभिन्न अपराधमा  संलग्न दर्जनभन्दा बढीलाई पक्राउ गरेको जानकारी दिइन् । सुरुमा परीक्षणका रूपमा  ६ जना प्रवेश गरेको चौकीमा अहिले सबै महिला छन् ।

दुईजना आइपुगेपछि १५ जनाको टोली चौकीमा कार्यरत हुनेछ ।  उनीहरूले पोखरा १७ का साथै निर्मलपोखरी, पुम्दीभुम्दी र  कृस्तीनाच्नेचौर गाविसलाई हेर्ने जिम्मेवारी पाएका छन् । उनीहरूलाई स्थानीय आमा समूहले  पनि खुलेर सहयोग गरेका छन् ।

‘चौकीमा सबै महिला भएपछि हामीलाई धेरै सजिलो भएको छ,’ स्थानीय पार्वती गुरुङले भनिन्, ‘छोटो अवधिमै यहाँ आएर महिला प्रहरीले आपराधिक क्रियाकलाप न्यूनीकरण गरेका छन् ।’ प्रहरी हवल्दार सविता जिटीले भनिन्, ‘यत्रो चौकीको जिम्मेवारी आएपछि

काम गरेर देखाउने बेला बल्ल आएको छ ।’ उनी जस्तै यहाँ कार्यरत महिला प्रहरी समाजको हितमा काम गरी चौकीलाई नमुना बनाउन अहोरात्र लागिपरेका छन् ।

यतिबेला महिलाले मात्रै चलाएको प्रहरी चौकी हेर्न आउनेको लर्को पनि त्यत्तिकै भेटिन्छ । ‘सुरुमा धेरैजना हेर्न आए,’ चौकी प्रमुख रानाभाटले भनिन्, ‘अहिले पनि महिलाले चलाएको प्रहरी चौकी भन्दै धेरै आउँछन् ।’ उनले महिलाले जिम्मेवारी बहन गर्न सक्दैनन् भन्नेलाई काम गरेर देखाउने बेला आएको बताइन् ।

पोखराको व्यस्त सिद्धार्थ राजमार्गको नाकामा रहेको प्रहरी चौकीमा दिनहुँ पोखरा भित्रने सवारीको चेकजाँच गर्ने जिम्मेवारी पनि उनीहरूलाई छ । सामाजिक विकृति नियन्त्रणका लागि उनीहरूले घरदैलो अभियानसमेत सुरु गरेका छन् । लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रमसमेत  उनीहरूबाट सञ्चालन भएको छ ।

Posted by: Suresh Gurung

Source: ekantipur

5 responses to “प्रहरी चौकीमा सबै महिला

  1. i like n apriciate their team

  2. Wyo not bad girls, but I am surpries how its possible ? Girls do you can fight with strength? Because Kaski, Pokhara is secend city villy & Nepal.

  3. aba chahi kehi garlaan jasto chha nepali naarile!!!!!!!!

  4. Good ………… All are Successful in Duty .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.