Daily Archives: 06/05/2011

तामाङ घेदुङ कुवेतको रिहर्सल शुरु


केदारनाथ खरेल, कुवेत

२०११ अप्रिल । कुवेतमा मनाउन लागिएको २५५५ औं बुद्ध जयन्तीको शुभ-अवसर पारेर नेपाल तामाङ घेदुङ कुवेतले मिति २०११ मे सत्ताइस तारिकमा एक भव्य समारोह बिच भगवान बुद्धको पूजाआजा सहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गर्नका लागि नेपालका ख्यातिप्राप्त कलाकार अविनास घिसिङको साथमा नेपाल तामाङ घेदुङ कुवेतका स्थानिय कलाकारहरुले प्रस्तुती पस्कनको लागि रिहर्सलको लागि विगत एक महिना देखी कुवेतको हवालीस्थित तामाङ घेदुङ कुवेतका उपाध्यक्ष श्री अर्जुन तामाङज्युको घरमा जुटेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

लादेनको मृत्युपछि विश्व अपराधीको काउण्टडाउन सुची बदलियो , दोश्रो मस्ट वाण्टेड दाऊद इब्राहिम पनि पाकिस्तानमै !


लादेनको मृत्युपछि विश्वका कुख्यात अपराधीहरुको मस्ट वाण्टेड सुची बदलिएको छ । अहिलेसम्म विश्वका अपराधीको मस्ट वाण्टेडको सुचीमा पहिलो नम्बरमा लादेन रहेपनि अब पहिलो नम्बरमा मेक्सिकोको तस्कर एल शापो गुजमान पुगेको छ भने दोश्रो नम्बरमा दाऊद इब्राहिम । पाकिस्तानमा बस्दै आएको दाऊदले लादेनको मृत्युपछि स्थान बदलेको बताइएको छ । विशेष रिपोर्ट । पढ्नेक्रम जारी राख्नुहोस्

निःशुल्क पाइने भिसामा असुली


– मोहन गुरुङ

वैदेशिक रोजगारको मुख्य गन्तव्य खाडी मुलुकमा श्रमिक निःशुल्क जान पाउने भए पनि व्यवसायीहरू बीचको अस्वस्थ प्रतिस्पर्धाका कारण सर्वसाधारण कामदारले प्रतिव्यक्ति झन्डै १ लाख रुपैयाँ खर्च गर्नुपरेको छ । व्यवसायीहरूले प्रतिव्यक्ति भिसा शुल्क ३५ हजार, टिकट शुल्क ३० हजार, सेवा शुल्क १५ हजार र कमिसन शुल्क १० हजार रुपैयाँभन्दा बढी लिएर औसतमा १२ हजार मासिक कमाइ हुने काममा पठाउने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक श्रद्धाञ्जली !!!


नेपालकुवेत मेनपावर एसोसियसनका सल्लाहाकार श्री राजु थापाज्यूकी हालै नेपालमा देहावसन भएकी ममतामय माता श्रीमती गौरी थापाको आज १३ औं दिनको पुण्य तिथिको अवसरमा दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य-धारणताको लागि प्रमेश्वरसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

नेपालकुवेत मेनपावर एसोसियसन, परिवार ।

Posted by: Jay Ale

प्रहरी चौकीमा सबै महिला


कास्की, वैशाख २३ – पोखराको छोरेपाटन प्रहरी चौकी पुगेपछि धेरैजना दङ्ग पर्छन् । उक्त चौकीमा अहिले सबै महिला प्रहरी कार्यरत छन् । साता यता त्यहाँ  प्रहरी नायब निरीक्षक गीता रानाभाटको नेतृत्वमा १३ जना महिलाले चौकीको जिम्मेवारी पाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्