चरेससहित तीन नेपाली महिला पक्राउ


चरेससहित तीन नेपाली महिला भारतको रुपैडियामा पक्राउ परेका छन् । नेपालगन्जबाट रुपैडिया तर्फ जाँदै गरेको अवस्थामा जाँचका क्रममा आज बिहान आठ किलो ७८ ग्राम चरेससहित बाग्लुङ निसी गाविसकी ४० बर्षिय भनरमाला घर्ती, सोही ठाउँ निवासी २१ बर्षिय हरिकला र्घर्ती मगर र त्रिशूली नुवाकोट निवासी २३ बर्षिया सुष्मा भुजेललाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो । पक्राउ परेका ती महिलाले आफूहरूलाई एकजना व्यक्तिले भारतमा पुर्‍याइदिन आग्रह गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि रुपैडिया थानामा राखिएको छ । यसैबीच सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट जमुनहा बाँकेले बुधबार भरुवा बन्दुकको नालसहित एकजनालाई पक्राउ गरेको छ । भारतको अहमदाबादबाट बन्दुक बनाउनका लागि प्रयोग हुने पाँच थान बन्दुकको नाल नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले जमुनहाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा खुग्री-१ का मानबहादुर गिरी हुन् ।

पक्राउ परेका गिरीले आफूलाई अर्कैले नेपाल ल्याउन भनेको बयान सशस्त्र प्रहरीसमक्ष दिएका छन् । सशस्त्र प्रहरी बल जमुनहा पोस्टका इञ्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक पञ्चराम चौधरीले लुगामा लुकाएर ल्याइरहेको अवस्थामा खानतलासी गर्दा पाँच थान नालसहित गिरीलाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका गिरीले भारतका विभिन्न प्रहरी थानालाई पैसा दिएको समेत स्वीकार गरेका छन् ।

अभियुक्त गिरीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको पनि सशस्त्र प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो । यसैबीच सशस्त्र प्रहरीले ३५ थान पटाका पनि बरामद गरेको छ । बरामद गरिएको पटाका खाडल खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Posted by: अमर गुरुङ, कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.