नेपाल आउने पर्यटकको संख्यामा ३४ प्रतिशतले बृद्धि


पोखरा, नेपाल आउने बाहृय पर्यटकको संख्यामा बृद्धि भएको छ । गतवर्षो तथ्याङ्क अनुसार अप्रिलमा नेपाल भित्रिने पर्यटकको संख्या ३४.३ प्रतिशतले बृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । गतवर्षो अप्रिलमा ३८ हजार ६ सय ९४ पर्यटक आएकोमा सन २०११ को अप्रिलमा यो संख्या बढेर ५१ हजार ९ सय ६९ रहेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ ।

पर्यटन बोर्डले दिएको जानकारी अनुसार दक्षिण एशियाली पर्यटकको संख्यामा समेत सुधार आएको छ । गतवर्षो अप्रिलको तुलनामा २०११ अप्रिलमा ३२ दशमलव ५ प्रतिशतले दक्षिण एशियाली पर्यटकको संख्या बढेको तथ्याङ्कले देखाएको छ । प्राप्त तथ्याङ्क अनुसार भारतीय ११ हजार १ सय ८३ -३८ प्रतिशत), बंगलादेशी पर्यटकको संख्या १ हजार ५ सय ६४- ४.९ %), यसैगरी पाकिस्तानी पर्यटक ४ सय ३३-४.१ %), श्रीलकंकाली पर्यटकको संख्या २ सय २८-८३.९ %) ले बृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

चिनियाँ पर्यटकको संख्या पनि यो वर्षो अप्रिलमा बढेको तथ्याङ्कले देखाएको छ । २ हजार ५ सय ९०-४२.२%)ले बृद्धि भएको तथ्याङ्क छ । जापानीज पर्यटकको संख्या १ हजार ७ सय १४-१३.१ %)ले बृद्धि भएको छ । दक्षिण कोरियाली पर्यटक केवल ३.७ % ले बृद्धि भएको जनाएको छ । एशियन मुलुकबाट अप्रिलमा ७ हजार ९ सय ९४ जना पर्यटक नेपाल भित्रिएका थिए । गत वर्षो अप्रिलमा भने ६ हजार ७ सय ५३ पर्यटक आएका थिए । पर्यटन वर्ष२०११ मा दशलाख पर्यटक भित्रयाउने लक्ष्य अनुसार विभिन्न कार्यक्रम गरिदैं आएको छ ।

युरोपियन मुलुकबाट पनि नेपाल आउने पर्यटकको संख्यामा सुधार आएको छ । जर्मनबाट २ हजार ६ सय ३७ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ । गतवर्षो अप्रिलमा १ हजार ७ सय ८५ जना पर्यटक भ्रमणमा आएका थिए । युके, नर्वे, पोल्याण्ड, स्वीडेन, रसिया, स्पेन, स्वीटजरल्याण्ड लगायत युरोपियन मुलुकबाट आउने पर्यटकको संख्या गतवर्षो भन्दा ४५.४ % प्रतिशतले बढेको छ ।

गतवर्ष अप्रिलमा १२ हजार ८ सय ५१ पर्यटक आएकोमा यो वर्षो अप्रिलमा १८ हजार ६ सय ९१ पर्यटकले पोखरा भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । अष्टे्लियन, न्युजिल्याण्डबाट समेत पर्यटकको आगमन बृद्धि भएको देखिएको छ । अमेरिकन पर्यटक पनि २८ %ले बृद्धिभएको छ । यो वर्षो अप्रिलमा ४ हजार ६ सय २१ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Posted by: अमर गुरुङ, कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.