नम्र स्वभावका प्रवासी नेपाली गायक “देव लिम्बु”


ईन्द्र भूषाल, कुवेत  

लालीगुराँस साँस्कृतिक परिवारद्वारा आयोजित नयाँ बर्ष २०६८ को अवसरमा कुवेतवासी नेपालीबीच शुभकामना आदान प्रदानसहित प्रस्तुत गरिएको १८ अप्रिलको साँस्कृतिक कार्यक्रममा ‘दर्शन नमस्ते’ तथा ‘नाई नभन्नु ल’ बोलका चर्चित नेपाली गीतहरु गाएर कुवेतवासी नेपाली दर्शकहरुलाई छमछमती नचाउँदै युवा पुस्ताको मन जित्न सफल नाम हो देव लिम्बु ।

गोर्खे १, ईलाम स्थाई बसोबास गर्नु हुने २९ वर्षिय युवा लिम्बु बाल्यकालदेखी नै संगीतप्रेमी रहेको बताउनु हुन्छ । पिता शान्त बहादुर लिम्बु र माता कौसिला लिम्बुका सुपुत्र देव लिम्बु आफ्नो सांगितिक यात्राको शुरुवात २०५८ सालमा आफ्नै जन्मभुमी ईलाममा आयोजित दशहरा महोत्सबबाट भएको सुनाउँदै आफ्नो सम्पूर्ण प्रेणाको श्रोत आफ्नै काका चर्चित गायक चन्दन लिम्बुलाई मान्नु हुन्छ । काका चन्दन लिम्बुको माया, आशिर्वाद र वहाँके आफ्नो स्वर सुनेपछी तिमीमा गीत गाउन सक्ने खुबी छ, अगाडि बढ भनेर सल्लाह दिंदै आफ्नो पुरा सांगितिक यात्रामा काकाले सहयोग गरेको बताउनु हुन्छ ।

ईलाम महोत्सब २०६० मा समेत आफ्नो परस्तुती देखाउने मौका पाएको बताउँदै २०६६ सालामा सरगम संगितलयमा संगीत विधा सिकेको र परिवेशले प्रवासी बन्न क्रममा कुवेत ल्याईपुर्‍याएको वहाँ बताउनु हुन्छ ।

कुवेत आएपछी नेपालकुवेत साँस्कृतिक मन्चमा आफ्नो पहिलो प्रस्तुती दिने अवसर पाउनु भएका लिम्बु अहिले लालीगुराँस सांस्कृतिक परिवारमा आवद्द हुनुहुन्छ भनें लालीगुराँस साँस्कृतिक परिवारका हरेक कार्यक्रमहरुमा आफ्नो जोड्दार प्रस्तुती दिएर प्रवासी संगितप्रेमी नेपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिंदै आउनु भएको छ । समयले साथ दिएमा आफैले एल्बम निकालेर आफ्ना दर्शकहरुलाई संगीतबाट खुशी दिने समेत चाहना भएको र आफुलाई सबैभन्दा मनपर्ने गीत दर्शन नमस्ते र मनपर्ने गायक राजेश पायल राई भएको बताउनु हुन्छ वहाँ ।

कुवेतनेपाल डटकम परिवार हाम्रा कलाकार मित्र देव लिम्बुलाई सदा सफलताको कामना गर्दछ ।

Posted by: Jay Ale

4 responses to “नम्र स्वभावका प्रवासी नेपाली गायक “देव लिम्बु”

  1. Dev bhai yasari nai timro pragati aja dherai dhera sunna paau ra aaudaa dinharumaa timi yeutaa kuwait maa matra nabhayera biswa maa rahekaa smpurna nepali haruko man jitna saphal hune chhou bhanne mahile timi prati biswaas ra aasaa liyeko chhu.

    Dai
    Dharma Raj Giri

  2. Really you are so talented and i feel proud that you are part of laligurash

  3. just go on like this one day u will get what u dream…best of luck for your coming days

  4. Badhi chha bhai timro Pragatiko khabar sunna paaudaa yasarinai aauda dinharumaa aja dherai pragati sunnu pau.

    Didi
    Nepti Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.