बुटवल,२२ वैशाख/ कपिलवस्तुको गणेशपुर गाविस वडा न. ४ मध्यनगरमा बिहीबार विहान साढे ८ बजे देखि भएको आगलागीबाट करिब ४५ घर जलेर नष्ट भएका छन् । स्थानीय नरबजेश्वर नाउ को घरबाट खाना पकाउने क्रममा हावाहुरी चलेपछि गाउमा आगलागी भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद श्रेष्ठले वताउनु भयो ।
आगलागी भएपछि नेपाल प्रहरी, शसस्त्र, र स्थानीय वासीको सहयोगमा पम्पसेटको प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास भएको बताइएको छ । प्रहरीका अनुसार विहानै जिल्लाका दमकलहरुलाई खवर गरेपनि हाल सम्म आगलागी स्थलमा दमकल नपुग्दा ठुलो क्षति हुने वताइएको छ। क्षतिको एकिन विवरण आउन वाकी रहेको प्रहरीले जनाएको छ।
Posted by: अमर गुरुङ, कुवेत