Daily Archives: 03/05/2011

साढे दुई खर्ब भित्र्याउने हामी प्रबासीलाई यस्तो व्यवहार ?


– उज्जवल थापा,

एक तथ्याङ्क अनुसार विदेशमा काम गर्ने नेपालीहरुले हरेक वर्ष करिब २ खर्ब ५० अर्ब रुपैयाँ नेपाल पठाउँछन् । यदि यसो हो भने नेपालमा लगानीको रुपमा विदेशीहरुले भित्र्याउने भन्दा यो करिब पाँच गुणा बढी हुन आउँछ । यिनै ठूला लगानीकर्ताहरुबाट नेपालको करिब एक तिहाइ अर्थतन्त्र धानिएको छ। तैपनि हामी यी कामदार दाजु भाइ, दिदी बहिनीहरुलाई कुकुर सरह व्यवहार गर्छौँ । एक जना नेपाली दाजु अरबबाट दुई वर्षपछि आफ्नो परिवारलाई भेट्न बल्लतल्ल एक महिनाको छुट्टी लिएर फर्कन्छन् । साँझपख उसको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बिन लादेनका संयोग र वियोग


अलकायदाका नेता ओसामा बिन लादेन अन्ततः अमेरिकी सेनाको कारबाहीमा मारिएका छन् । अमेरिकाद्वारा आतंकवादी घोषित संगठन अलकायदाका ‘मास्टरमाइन्ड’ लादेनको मृत्युले विश्वभरि तहल्का पिटेको छ । संसारभरिका मिडिया लादेनको विगत खोजीमा छिनछिनमा ‘न्युज ब्रेक’ गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अभिनेत्री रतनसँग बिहे गर्न ५४ हजार केटाको आबेदन


नयाँ दिल्ली । भारतीय टेलिभिजन च्यानलकी लोकपि्रय अभिनेत्री रतन राजपूतसँग बिबाह गर्न ५४ हजार ८ सय ६३ युवकले आबेदन गरेका छन् ।

यसरी आबेदन गर्ने लायक पुरुषहरुमा डाक्टर, इन्जिनियर, कविल, प्राध्यापक, बैंकर र ब्यापारीहरु छन् । भारतका बिभिन्न राज्य र बिदेशबाट समेत रतनसँग बिबाहका लागि भारतीय पुरुषहरुले आबेदन दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सामान किन्न गएको बेला बलात्कारपछि हत्या


कान्तिपुर संवाददाता/सुर्खेत, वैशाख १९ । सुर्खेतको लेखपराजुल–१ मणिरामकाँडाकी २८ वर्षीया रुपा शाहीको बलात्कारपछि हत्या भएको रहस्य खुलेको छ । शाहीलाई लेखपराजुलकै मानबहादुर कार्की र भक्तबहादुर कार्कीले बलात्कारपछि हत्या गरेको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

झक्कुलाई झापड हान्नेलाई सार्वजनिक मुद्धा


मकर श्रेष्ठ/काठमाडौ, वैशाख २० । माओवादी सभासद् झक्कुप्रसाद सुवेदीको गालामा हिर्काउने प्रेमराज देवकोटालाई सार्वजनिक मुद्धा चलाउने भएको छ । तीनकुनेका पसल गर्दै आएका उनले सुवेदीलाई दुबै गालामा एक एक थप्पड हानेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्