नेपाली जन सम्पर्क समिति कुवेतको गठन (फोटो फिचरसहित)


डम्बर रिमाल, कुवेत

०१ मे २०११ आईतबारको दिन, कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा “राष्ट्रियता प्रजातन्त्र समाजवाद – Nationality Democracy Socialism” नेपाली जन-सम्पर्क समिति कुवेतको गठन भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका महामहीम राजदूत श्री मधुवन प्रसाद पौडेलको अस्वस्थताको कारण कार्यक्रममा उपस्थिती रहन सकेन । यसैगरी, कार्यक्रमका अर्का मुख्य अतिथि गैर-अवासिय नेपाली सँघ (NRNA) कुवेतका अध्यक्ष श्री राजेन्द्र तमाङ्ग हुनुहुन्थ्यो भनें वहाँले वक्तब्य दिने क्रममा आफ्नो ३९ वर्षको विदेश बसाइको क्रममा आफुले नेपाली राजनीतिको ’boutमा त्यती गहिरो अध्यन नगरेता पनि आफुलाई जानकारी भएसम्म जुनसुकै पार्टिले पनि सामाजिक सेवामा समर्पण हुनु पर्छ भन्ने आफुले बुझेको र यस ने.ज.सं.स कुवेत पनि नेपाली काँग्रेससँग प्रत्यक्ष सरोकार राख्ने भएकोले भावी रणनीतिहरूमा कुवेतवासी नेपालीहरुको घाउमा मलम पट्टि लागाउने कार्य गर्नेछ भन्ने आफुले विश्वास गरेको र जसमा आफ्नो सदा सर्वदा साथ रहने कुरा बताउनु भयो ।

यसैगरी ने.ज.सं.स कुवेतका सल्लाहकार श्री आर बि बुढाथोकीले मन्तव्य दिने क्रममा बिभिन्न देशमा यस्ता राजनीतिक संस्था संगठित भई विभिन्न सामाजिक कार्य गर्दै आएको र प्रत्यक्ष रूपमा नेपाली जनतामा राहतको अनुभुति दिदैं आएको जानकारी गराउँदै कुवेतमा पनि यस संगठनले पक्कै पनि नयाँ किसिमको राहत दिने कुरामा दुईमत नहुने बताउनु भएको थियो ।

यस्तै ने.ज.सं.स कुवेतको मुल उद्देश्य भनेको सम्पूर्ण कुवेतवासी नेपालीहरू जो नेपाली काँग्रेस प्रति आश्था र विश्वास राख्दछन उनिहरूलाई एकजुट गराउने र कुवेतस्थित नेपाली समाजमा फैलेको अराजकता र अशान्तिलाई जरै देखि उखाल्ने साथै सम्पूर्ण कुवेतवासी नेपालीलाई आफ्नो नैसर्गिक अधिकारको अनुभुती आफ्नो संस्थाको तर्फबाट दिलाउने उद्देश्यका साथ यस नेपाल जन-सम्पर्क समिति कुवेतको स्थापना गरिएको समिति कुवेतका अध्यक्ष श्री राजु खड्काले जानकारी दिनु भयो । उहाँले नेपाल रहे नेपाली रहन्छ भन्दै नेपाली काँग्रेसको यस संस्थाले सदा कुवेतवासी नेपालीको हितमा काम गर्दै जाने र अहिले यस संस्थालाई सम्पुर्ण कुवेतवासी नेपालीको माया, साथ र सल्लाह, सुझाव चाहीएको छ भन्दै कुवेतवासी नेपालीहरुबाट सहयोगको अपेक्षा गर्नु भयो ।

कार्यक्रममा कुवेतस्थित बिभिन्न नेपाली सँघ संस्थाका प्रतिनिधिहरुको अतिथीको रुपमा उपस्थिती रहेको थियो । जसमा : NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष श्रीमान/श्रीमती किरण पौड्याल, क्लव उपाध्यक्ष तथा NRNA उपाध्यक्ष धर्मराज गिरी, जन-जाग्रिती युवा समाज कुवेतका अध्यक्ष दीपक क्षेत्री, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, तमु समाज कुवेतका सचिव/माउण्ट एभरेष्ट क्लवका सहसचिव तथा कुवेतनेपाल डटकमका सम्पादक राजु गुरुङ्ग, नयाँ नेपाल क्लबका कोषाध्यक्ष नवराज पराजुली, नेपालकुवेत डटकमका सम्पादक आर.बि. बुढाथोकी र कुवेतनेपाल डटकमका संवाददाता नारायण नेपाल एवं डम्बर रिमाल लगायत रहनु भएको थियो ।

कार्यक्रममा जलपान तथा रात्रिभोजको पनि ब्यवस्था गरीएको थियो ।

नेपाल जन-सम्पर्क समिति कुवेतले निम्न ११ सदस्यिय कार्यकारिणी समितिका पदाधिकारीहरु चयन गरेको छ ।

१) अध्यक्ष – श्री राजु खड्का
२) उपाध्यक्ष – श्री सविन राउत
३) महा-सचिव – श्री कल्याण कुमार श्रेष्ट
४) सचिव –
५) कोषाध्यक्ष – श्री नवराज श्रेष्ट
६) सदस्य – श्री विकाश कुमार रायमाझी
७) सदस्य – श्री राजेन्द्र विरही
८) सदस्य – श्री दिनेश परियार
९) सदस्य – श्री विनुप कुमार पौडेल
१०) सदस्य – श्री अर्जुन तामाङ्ग
११) सदस्य – श्रीमती सुमीत्रा देवी पौडेल

सल्लाहाकारहरुमा : श्री राजेद्र तामाङ्ग र श्री आर.बि. बुढाथोकी रहनु भएको छ ।

यसैगरी, यस समिति नेपाली काँग्रसको माताहतमा चल्ने भएकोले कोहि पनि नेपाली काँग्रेसमा आस्था र विश्वास राख्ने कुवेतबासी नेपालीले यस समितिका अध्यक्षय श्री राजु खड्का/मोबाइल नं. ६५५५६०३२ मा अथवा कार्य समितिमा नाम रहेका जो कोहि सदस्यहरु संग पनी यथाशिघ्र सम्पर्क राख्नु हुन ने.ज.सं.स कुवेतले विनम्र अनुरोध गरेको छ ।

जय नेपाल !!

Posted by: Jay Ale

8 responses to “नेपाली जन सम्पर्क समिति कुवेतको गठन (फोटो फिचरसहित)

  1. ने.ज.सं.स. कुवेतका सम्पूर्ण पदाधिकारीहरुमा हार्दिक मंगलमय शुभकामना साथै आउँदा दिनहरुमा प्रवासी नेपालीहरुको भावनालाई आत्मासाथ गरी पीडित नेपालीहरुको घाउमा मलम पट्टी गर्ने छ भन्ने कुरामा आशावादी रहेको छु र राजु खड्का ज्युको सफल नेतृत्वमा सकारात्मक कार्यहरु हुने कुरामा आफु विश्वस्त रहेको जानकारी गराउन चाहन्छु । कुवेतमा खोलिएका संघ संस्थाहरुसँग सहकार्य गर्दै हातेमालो गर्दै अगाडि बढ्नु अतिउत्तम हुने कुरामा मेरो सुझाब छ । अन्तमा सम्पूर्ण कार्यसमितीमा कार्यसफलताको लागि वधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । समाचार लेखन ठिक छ तर धेरै अशुद्ध भेटिन्छ यसमा सुधार गर्नु होला ।

  2. किरण पौड्याल

    नेपाली जनसम्पर्क समिति, कुवेत (Nepali Public Relations Committee, Kuwait) को स्थापना गर्नुभएकोमा तपाईंहरुलाई हार्दिक बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु|

    यसले कुवेतवासी नेपाली समाजमा नयाँ अध्याय थपेकोछ| तपाईंहरुको यस संस्थाले नेपालीजनको हित संरक्षणको मार्ग प्रशस्तः गर्दै आपसी भाईचाराको सम्बन्धलाई अझ सुमधुर बनाउन सफल हुनेछ भन्ने अपेक्षा राख्दछु|

    किरण पौड्याल

  3. sarbapartham ta khusi lagyo hamro party khoyiko ma..tra dhuki lagyo ..kune bigyapan ra samprka nagryiko ma..hami kaamdar lai ke tha kun din opeing huncha banera..la la badai chha aadyachha ani sabai jana paadakari haru lai..aauyta bichar hunda hunday pani kune suchana thatha jankari begaray aafu aafu lai sarbamani ghosit gari aaklouti paadadikari ko naamabali prakash ma llunu bhayiko ma ghor aaptijanak chaa..aasa gardo chha ki aauta bichar bhayiko sathi haru sametne khosis garosh//yas karyasamati le padiye dayatbay ko durupayig nahosh banne mero subakamana chha..TINDUP SHERPA .( BEDSHIK ROJGHAR UTAYN SANG ) KUWAIT 55345126

  4. congratulation to all team.wish you all the best and i do hope that you guys will bring such change among nepali comunity in kuwait.
    indra bhusal
    secretary mesc

  5. अब त कुबेत मा पनि धेरै नै संग सस्था खुले छन् यी येसरी च्याउ झैँ उम्रेका संग सस्था ले केहि काम पनि गरेको छ कि नेपालका राजनीतिक पार्टी जस्ता मात्रै हुन् ????

  6. होइन नेपाली हरुले जहाँ गाहे पनि पार्टी को झोला चाही बोकनै पर्ने यो नया क्लब हो कि काग्रेस को बयान गर्दै हिड्ने हो कि बुजाई मा गलत हो ने.ज.सं.स कुवेतको खास काम चाहि राजनीति गर्नु रहेछ है बदाई

  7. dherai ramro saphal karyakalko shubhakamana

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.