कहिले आउला देशमा शान्ति र संविधान ?


सविता लामा, कुवेत

जब म सोंच्ने गर्छु देशमा शान्ति होला, जनताले राहात पाउला
जनताले रुचाएको संविधान निर्माण होला, शान्तिको दिन आउला
सोचेको थिए क्रान्तिको आगो निभ्छ होला, देशमा विकाश होला
तर… आशा केवल निराशामा परिणत हुँदा, धिक्कार्न पुग्छु
आफैलाई अनि देशका अभिश्राप बनेका नेताहरुलाई !!

मुल्य वृद्धिले आकाश चुमेको छ, पहिलाको सूनको भाउमा अहिले नून छ
हाम्रा नेतालाई सत्ता पाए पुग्छ भत्ता पचाउनलाई, गरीवको वेवास्ता गर्छन्
तिनै गरीवले तिरेको राजश्वमा लुछाचुंडी गर्दै कुर्सीको लागि हानथाप गर्छन्
तर… शान्ति र संविधान बनाउने कुरामा मौन धारण गर्छन्
धिक्कार छ तिमीहरुलाई, जो गरिवको पसिनामा पौडि खेल्न रुचाउने गर्छन !!

कहिले आउला नयाँ संविधान र दिगो शान्ति भनेर जनता ब्यग्र प्रतिक्षामा छन्
नेताहरु चाहीँ पालो फेरी घुमाई फिराई सत्तामा जाने रिले दाउ मिलाउन व्यस्त छन्
कसैलाई सभासद्को भत्ताले नपुगेर रातो पासपोर्टको दुरुपयोग गरेर कमाउने गर्दछन्
तर… सम्मान गर्नु पर्दछ हामीले जो अनुजा जस्ति असल चरित्र भएकी नारीलाई
धिक्कार छ, तिमी ब्वाँसाहरुलाई जसले देशको बदनाम गरि देशको ईज्जत फाल्नेलाई !!

सविता लामा
थाङपालकोट-7 नागिघ्याङ्, सिन्धुपाल्चोक
हाल- फर्वानिया, कुवेत

Posted by: Jay Ale

2 responses to “कहिले आउला देशमा शान्ति र संविधान ?

  1. धेरै नजिक को सोच्थे तिमीलाई
    धेरै टाढा को सम्झेउ तिमीले
    धेरै नाउफ्रा भन्थे तिमीलाई
    बुर्कुसी मर्थेउ तिमीले
    नबोल धेरै भन्थे तिमीलाई
    बोलेरै जित्न खोजेउ तिमीले
    तरपनी मेरो मन पापी छैन
    आफ्नै सम्जेको छु ,तिम्र कुरा सुन्दै जान्छु अनी
    काहानी पडेर रुन्छु
    आखिर के भयो मेरो आफ्नै मान्छे भन्दै
    सपनिमा बर्बरौछु
    अझै पनि भनेको मान ,सिर नुगौदैमा होचो हुँदाइन
    राम्रो साथी खोज्दै जाउ कसैले तिमीलाई छुदैन .

  2. ल ल सबिता जि शान्ती,नया संबिधान आस गर्दा गर्दै ३ बर्ष बिताएको पत्तै पाएका छैनन् हाम्रा नेता अनी हामी लाई नयाँ संबिधान बन्ने आसा अनी भोरोसा देखाएका सभासद हरु ले हामी प्रबासी ले मात्रै बोलेर केही हुने वाला छैन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.