Daily Archives: 02/05/2011

वार्षिक साधारण-सभा सम्बन्धि सूचना


मिति: ०२ मे २०११

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको “वार्षिक साधारण-सभा” क्लव अध्यक्षको आदेशानुसार निम्न मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ ।

मिति: ०३ जून २०११, शुक्रबार
समय: अपरान्ह १.०० बजे
स्थान: होटल सोल्टी, मुर्गाब पढ्नेक्रम जारी राख्नुहोस्

कहिले आउला देशमा शान्ति र संविधान ?


सविता लामा, कुवेत

जब म सोंच्ने गर्छु देशमा शान्ति होला, जनताले राहात पाउला
जनताले रुचाएको संविधान निर्माण होला, शान्तिको दिन आउला
सोचेको थिए क्रान्तिको आगो निभ्छ होला, देशमा विकाश होला
तर… आशा केवल निराशामा परिणत हुँदा, धिक्कार्न पुग्छु
आफैलाई अनि देशका अभिश्राप बनेका नेताहरुलाई !! पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी सभासद् झक्कु सुवेदीलाई दुई झापड


वैशाख १९ -माओवादी सभासद् झक्कुप्रसाद सुवेदीलाई सोमबार साँझ राजधानीको तीनकुनेमा एक चिया पसलेले दुई झापड हानेका छन् ।संसद्बाट बाहिरिएर घर जाने क्रममा सुवेदीलाई तीनकुने कफी सपका सञ्चालक गोर्खाको गाईखुर- ८ का प्रेमराज देवकोटाले दुई झापड हानेका हुन् । देवकोटा तीनकुने सुविधानगरमा कफी सप चलाउँदै पढ्नेक्रम जारी राख्नुहोस्

पोखराको च्याङ्लुङ खरपानी तातोपानी कुवाको रहस्य


अमर गुरुङ्ग, कुवेत

के तपाईंहरु लुतो, दादुरा, खटिरा, शरीर दुख्ने, पोल्ने वा त बिबिध रोगले ग्रसित हुनु हुन्छ ? ढिलो नगर्नुहोस्, भुर्जुङ खोलाको सिरानीमा रहेको तातो पानिमा गएर नुहाउनलाई । यो सानो र महत्वकांछी पोखरी सेती गण्डकीकै किनारमा अवस्थित छ । अचम्मको कुरो सेती नदिको पानी बरफमिस्रण चिसो हुन्छ भनें पोखरीको पानी सधैं तातो हुन्छ, चाहे कुनै पनि सिजनमा । पढ्नेक्रम जारी राख्नुहोस्

आजकालका नारी र पुरुषहरु


 केदारनाथ खरेल
मालिया सिटी, कुवेत
 
 केटीहरु नक्कल पार्दै हिंड्छन् पाइन्ट लगाई ।
धेरै नक्कल नपार लैजाला तिमीलाई भगाई ।।
 
 किन लाउँदैनौ चुरा, धागो, अनि नाकमा फुली ।
चौबन्दी र गुन्युचोला राष्टिय पोषाक भुली ।। पढ्नेक्रम जारी राख्नुहोस्

महिनैपिच्छे सामूहिक बलात्कार


दुर्गालाल केसी/तुलसीपुर, ११ चैत अपराह्न ४ बजेतिर घोराही नगरपालिका ६, रझेनामा पाँच/छ जना युवकहरूद्वारा तुलसीपुरकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको खबर आयो । प्रत्यक्षदर्शीका अनुसार युवतीलाई सडकछेउमै बलात्कार गरिएको थियो । केही स्थानीबासीले देखेपछि युवकहरू भागेका थिए भने केटी निर्वस्त्र भेटिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्