नेपाल प्रहरी र भारतीय नागरिकबीच झडप


बारा, वैशाख १८ – जिल्लाको ऐतिहासिक सिम्रौनगढ क्षेत्रको कचोर्वा गाविस स्थित झरोखर पोखरीमा सिमावर्ति भारत विहारको झरोखर र पिठवा गाउँका बासिन्दा र नेपाल प्रहरीको वसवरिया एकाईबीच शनीबार विवाद भएको छ । बिहान आएको हावा हुरीका कारण झरोखर पोखरीको डिलमा रहेको आँप र जामुनको रुख ढले पछि सोलाई रोक्न पुगेको प्रहरी टोलीसंग विवाद भएको हो ।

विवादको क्रममा उनीहरुले कुटपिट गर्दा एक नेपाली प्रहरी जवान घाईते भएका छन् । सो रुख काटन रोक्न गएको नेपाली प्रहरीलाई गाउँलेले आक्रमण गरेका हुन् ।

सम्झाई बुझाई गर्न गएको प्रहरी जवान सहिन्द्रप्रसाद यादवलाई गाउँलेले कुटपिट गर्दा बचाउन प्रहरी जवान रणधिरकुमार साह गएको बसवरिया प्रहरी चौकीका ईन्चार्ज प्रदीपशंकर प्रसादले जनाए ।

साहलाई उनीहरुले फलामे धारिलो बन्चरोले टाउकोमा हिर्काएका थिए । साहको टाउकोमा अढाई ईन्च लामो र एक ईन्च गहिरो घाउ भएको छ ।

साहको कचोर्वास्थित स्थानीय अस्पतालमा उपचार भएको छ । हाल स्थिति सामान्य रहेको बसवरिया प्रहरी चौकीका ईञ्चार्ज प्रसादले जनाए ।

झरोखर पोखरीको दक्षिणी डिलमा टाँसिएकै नेपाल भारत सीमा दशगजा क्षेत्र रहेको छ । स्थितीलाई सामन्य बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय प्रहरीका अधिकारीहरु र स्थानीय भद्रभलादमीहरुको शनिबार साँझ सम्म भएको छलफलमा ढलेको रुखबाट आधा–आधा भारत र नेपालका वन विभागलाई बुझाउने सहमति भएको ईलाका प्रहरी कार्यालय सुर्यबहादुर चन्दले जनाए ।

उक्त पोखरीको दक्षिण तर्फको डिल सिमा स्तम्भका अनुसार दसगजा क्षेत्रमा परेकोले यस्तो निर्णय गर्न बाध्य हुनु परेको चन्दले बताए ।

ठुलो क्षेत्रफलमा फैलिएको झरोखर फोखरी नेपालमा राजतन्त्र विरुद्ध काग्रेंसले सुरु गरेको आन्दोलनको केन्द्र विन्दु बनेको थियो र उक्त पोखरी नेपालमा छ ।

हाल उक्त पोखरीको डिल खनेर भारतीयहरुले चोरेर सखाप पार्ने अवस्थामा पुर्याएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

पर्यटनलाई लोभ्याउन सक्ने उक्त पोखरीको आकार ताल तलैया जस्तो रहेको र त्याहा पुग्दा नेपाल र भारतको गरी दबै देशको संस्कृतीको ’boutमा पर्यटकले अवलोकन गर्न सक्ने छन ।नेपाल सरकारले उक्त पोखरीको संरक्षण नगरेकोले पोखरी विस्तारै भारतीय अतिक्रमणको चपेटामा पर्दै गएको जनगुनासो रहेको छ ।

Posted by: Dambar Rimal                                                   Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.