Monthly Archives: मे 2011

मुग्लानीको कथा ब्यथा


इन्द्रेणी शर्मा “जलद”

म मुग्लान आउदा सोच्थें जीवन यस्तो पो होस । जब जब दलदलमा पुग्दै जान्थें पराधिनको बंधनमा बाँधिदै हुन्थें  । समयले धेरै कुरा सिकायो  को आफ्नो को पराई , सारा एक्स -रे जस्तै बनायो । मुटु भरी लालाबाला को मायाले झंनै  कोमल पार्दो रहेछ । सबैको देखासिकी मैले पनि जानी- नजानी गर्न पुगें। सुदिपाले  कम्ति सम्झाइन्न के लाग्दो रहेछ  र ?म मा बिदेश जाने भुत सवार भै सकेको  थियो आज म किन दशा लागेर बिदे शिनु पर्यो ।  पढ्नेक्रम जारी राख्नुहोस्

वार्षिक साधारण-सभा सम्बन्धि सूचना !!


(तेश्रो तथा आखिरी प्रकाशन मिति : ३१ मे २०११)
(दोश्रो प्रकाशन मिति : ०८ मे २०११)
(पहिलो प्रकाशन मिति : ०२ मे २०११)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको “वार्षिक साधारण-सभा” क्लव अध्यक्षको आदेशानुसार निम्न मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ ।

मिति: ०३ जून २०११, शुक्रबार
समय: अपरान्ह १.०० बजे
स्थान: होटल सोल्टी, मुर्गाब पढ्नेक्रम जारी राख्नुहोस्

चार नेपाली चेलीद्वारा अन्नपूर्ण चौथो हिमाल आरोहण


सन्तोष पोखरेल, पोखरा, जेठ १७- चारजना नेपाली चेलीले अन्नपूर्ण चौथो हिमालको सफल आरोहण गरेका छन्। महिलाले अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको यो पहिलो पटक हो। ६ हजार ८ सय मिटर उचाईको चौथो शिविरबाट राति एक बजे हिँडेका उनीहरुले बिहान सवा ५ बजे शिखरमा पाइला टेकेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

‘प्रधानमन्त्रीले राजीनमा दिएर राष्ट्रिय सहमतिको बाटो खोल्नुपर्छ’


चेतन अधिकारी

दमक, जेष्ठ १७ – माआवादी नेता तथा कार्यकर्ताले  आत्मरक्षाको डरले लडाकु समायोजन गर्न आलटाल गरेको एमाले उपाधक्ष्य विद्या भण्डारीले आरोप लगाएकी छन् ।द्वन्द्वको समयमा हजारौं निहत्था सर्वसाधारणको हत्या गरेका माओवादीलाई अहिले त्यसको बदला लिएला की भन्ने त्रास माओवादीमा रहेको बताइन् । लडाकु समायोजन हुंदा पनि एक लडाकु एक हतियारको नीति अनुसार हुनुपर्ने उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

को बन्ला मिस मगर ?


कास्की, जेष्ठ १७ – नर्स बन्ने लक्ष्य राखेकी बन्दीपुर तनहुँकी १९ वर्षीया किशोरी आले यतिबेला मिस मगर पोखरा सुन्दरी प्रतियोगिताका लागि जुटिरहेकी छन् । ‘उद्देश्य त अर्कै हो,’ शनिबार फोटो सेसन गर्दै उनले भनिन्, ‘तर मोडलिङ पनि मेरो रुचिको पाटो हो ।’ यतिबेला उनी जस्तै मगर युवती प्रतियोगिताका लागि प्रशिक्षणमा व्यस्त हुँदै छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गैर आवासीय नेपाली संघ बेल्जियमको तेश्रो अधिवेसन सम्पन्न


जेष्ठ १६ – गैर आवासिय नेपाली संघ बेल्जियमको तेश्रो अधिवेसन स्थानिय आन्त्रोपेन सहरमा भव्यताका साथ सम्पन्न भएको छ ।नेपाली दुतावास बेल्जियमका राजदुत प्रमेशकुमार हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष जिवा लामिछानेको विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रमामा एनआरएन जर्मनी, पढ्नेक्रम जारी राख्नुहोस्

सकेनौ भनें…!!


ईन्द्र भूषाल, कुवेत

समाल्न सकेनौ भनें बैंशका लहरहरु
लहरले तिमीलाई बगाउने छ
बुझाउन सक्यौ भने मनका कुराहरु
शत्रुले पनि सघाउने छ
तर बुज्न सक्नु पर्छ मनुष्यको अन्दाज
नबुजेमा त्यसले तिमीलाई खानेछ पढ्नेक्रम जारी राख्नुहोस्

चौथो गणतन्त्र दिवस भब्यरुपले मनायो नेपाली दूतावासले, कुटनैतिक नियोगका प्रमुखहरुको ब्रिहत उपस्थिती


ईन्द्र भूषाल, कुवेत  

नेपालको बर्तमान राजनैतीक अवस्था जे-जस्तो तरल र नेपाली जनताले चाहेजस्तो नभए पनी लामो समयसम्म नेपालमा शासन गरेको राजतन्त्रलाई पाखा लगाएर गणतन्त्र स्थापना गरेको पनि चार बर्ष पुग्यो । गणतन्त्रलाई जोगाउन रातभरी कसरत भईरहदा बिदेशमा रहेका नेपाली कुट्नैतीक नियोग भने देशको चौंथो गणतन्त्र दिवस मनाउन कम्मर कसेर लागेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्