फोरमले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाउने


सोमबार साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने…

१७ वैशाख, काठमाडौं । मधेसी जनाधिकार फोरमले उपप्रधानमन्त्री सहित चार मन्त्रालय पाउने भएको छ । यससँगै झलनाथ खनाल नेतृत्वको सरकारले गठन भएको करिब तीन महिनामा पूर्णता पाउने भएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच शनिबार भएको छलफलमा फोरमलाई उपप्रधानमन्त्री सहित परराष्ट्र, वाणिज्य तथा आपूर्ति, कृषि तथा सहकारी र श्रम तथा यातायात व्यवस्था गरी चार वटा मन्त्रालय दिने सहमति भएको छ ।

बैठकमा सोमबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । माओवादीको सोमबार बिहान बस्ने पदाधिकारी बैठकले सरकारमा पठाउने मन्त्रीहरुको टुङ्गो लगाएपछि साँझसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री खनालको तयारी छ ।

एमाले अध्यक्ष खनाल माघ २० गते प्रधानमन्त्रीमा निर्वचित हुनु भएको थियो । अहिले सरकारमा एमाले र माओवादीका मात्र मन्त्री सहभागी छन् । माओवादीले आफ्नो भागमा परेका मध्ये चार जना मन्त्री मात्र सरकारमा पठाएको छ । यस विषयमा माओवादी र एमालेबीच आइतबार थप छलफल गर्ने सहमति भएको छ ।

यस्तै तीन दलबीच सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम र आचारसंहिता पनि छिट्टै टुङ्ग्याउने सहमति गरिएको छ ।

Posted By: Narayan Nepal                                                 Source : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.