१७ बैशाख, काठमाण्डौ । गैरआवासीय नेपाली संघ-एनआरएन)को पाँचौ बिश्व सम्मेलन आगामी असोज २५ गतेदेखि काठमाण्डौमा हुने भएको छ । एनआरएनको काठमाण्डौस्थित सचिवालयले एक बिज्ञप्ती जारी गरि आगामी अक्टोबर १२ देखि १४ तारिखमा पाँचौ बिश्व सम्मेलन आयोजना हुने जानकारी गराएको छ । एनआरएनको बिश्व सम्मेलन हरेक दुई बर्षमा नेपालमा हुने गरेको छ ।
सम्मेलन आयोजक उच्चस्तरीय समितिको संयोजक नेपालका परराष्ट्रमन्त्री रहने र आयोजनाको जिम्मेवारी गैरआवासीय नेपाली संघले गर्ने भएपनि हाल नेपालमा परराष्ट्र मन्त्री नियुक्त नभएकाले समिति गठनको तयारी सुरु हुन नसकेको बताइएको छ ।
पाँचौ बिश्व सम्मेलन आयोजनाका लागि समितिका अध्यक्ष देवमान हिराचनको संयोजकत्वमा छिटै आयोजक समिति बनाइने बिज्ञप्तीमा जनाइएको छ ।
संघले विदेशमा रहनु भएका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यस सम्मेलनमा सवि|mयताका साथ भाग लिइ सम्मेलन सफल बनाई दिन हुनका साथै नेपाल सरकार, नीजी क्षेत्रका उद्योगी व्यवसायी, संघ संस्थाहरु, समाजसेवी, बुद्धिजिविहरु र संचारकर्मीहरुको सहभागिता एवं सहयोगको लागि हार्दिक अनुरोध गरेको छ ।
Posted By: Narayan Nepal Source: Onlinekhabar