जन-जाग्रिती युवा समाज कुवेतको भित्ते पात्रो सार्वजनिक


ईन्द्र भूषाल, कुवेत

सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुबाट खुशी ब्यक्त:
आफ्नो स्थापना कालदेखी नै सामाजिक क्षेत्रमा कृयाशिल रहि प्रवासमा रहेका युवाहरुलाई युवा पुस्ताको भूमिका अनी प्रदेशमा रहेर नेपाली समाजलाई दिन सक्ने योगदानको ’boutमा सन्देश मात्र होइन नेपाली समाजको लागि केही सामाजिक कार्य समेत गरेर देखाएको जन-जाग्रिती युवा समाज कुवेतले “नेपाली भित्ते पात्रो” कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधीहरुको बिचमा २९ अप्रिल २०११ को दिन, एक औपचारिक कार्यक्रम गरी सार्वजनिक गरेको छ ।

समाजका अध्यक्ष दिपक क्षेत्रीको सभापतित्व र उपाध्यक्ष ठाकुर पौडेलको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष किरण पौड्याल, सदस्य एवं मेनपावर एसोसियसनका महासचिव नबराज श्रेष्ठ, सदस्य एवं एसोसिएसनका सचिव राजु खड्का, नेपाली चर्चका धर्म गुरु अगम लिम्बु, साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, कुमार झापाली, नेपालकुवेत डट कमका सम्पादक सुजन के.सी र कुवेतनेपाल डट कमका सम्वाददाता एवं माउन्ट एभरेष्टका सचिव ईन्द्र भुसाल, संवाददाता एवं सदस्य डम्बर रिमाल लगायत जन-जाग्रिती युवा समाजका अधिकांश सदस्यहरुको उपस्थिती रहेको थियो ।

समाजले गरेको कार्यको सबै संस्थाका पतिनिधिहरुले मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गरेर अगाडि बढ्नुहोस् भन्दै शुभकामना दिएका थिए । यसैगरी समाजका अध्यक्ष दिपक क्षेत्रीले मन्तब्य दिदै सबैको माया, ममता अनी अमुल्य सुझाबले गर्दा नै आज जन-जाग्रिती युवा समाज यो ठाउँसम्म आउन सफल भएको बताउँदै उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो । अध्यक्ष क्षेत्रीले आगामी दिनहरुमा पनि समाजले आफ्नो सामाजिक कार्यशैलीलाई अझ सशक्त रुपले कार्यान्वयन गर्दै अगाडि बढ्ने बताउनु भयो ।

के छ जन-जाग्रितीको नेपाली भित्ते पात्रोमा ?
कुवेतमा नेपाली भित्ते पात्रो कुनै संस्थाले ल्याएको यो पहिलो हो । जसमा नेपाली तिथिहरु, चाडपर्ब, सरकारी छुट्टी, महान ब्यक्तिहरुका उपदेश, कार्यसमितिका सम्पूर्ण सदस्यहरुको नामवली, संस्थाको उद्देश्यदेखी लिएर सबैभन्दा सूचनामुलक पक्ष भनेको २० नम्बर भिषाको लागि आवश्यक कागजपत्रको ’boutमा स्पष्ट पारिएको छ । साथै कुवेतमा रहेका नेपाली मेनपावर अफिसहरुको पुरै विवरण राखिएको छ । जसले गर्दा कुनै नेपालीहरु कामको अवसरमा पीडित भएमा उसको साथमा रहेको पात्रोले आफु आएको एजेन्सी अफिससम्म पुग्न ठुलो सहयोग गर्नेछ ।

शन्तिमाया दोङ छिट्टै नेपाल जाने:
यसैगरी बिगत लामो समयदेखी जिबन र मृत्‍युको दोसाँधमा लडिरहेकी शन्तिमाया दोङ अबको दुई हप्तासम्ममा नेपाल जाने सम्भावना रहेको जानकारी दिदै, शन्तिमायाको सहयोगको लागि उठाएको रकमको ’boutमा कुवेतनेपाल डटकमले राखेको एक जिज्ञासामा उठाएको रकम १००१ के.डी र अरु केही रुपैयाँ छिट्टै दोङको परिवारलाई हस्तान्तरण गर्ने समेत समाजले प्रष्ट पारेको छ । स्मरण रहोस्, जन-जाग्रिती युवा समाजले यसअघी पनि क्यान्सर पीडित मन्दिका परीयारलाई आर्थिक सहयोग जुटाई नेपाल फिर्तिको बातावरण बनाएको थियो ।

Posted by: Jay Ale

2 responses to “जन-जाग्रिती युवा समाज कुवेतको भित्ते पात्रो सार्वजनिक

  1. Weldon Jana-Jagriti, Keep it up.

  2. sarba partham ta jan jagriti pariwarle gardai ayeko samaj sewako karyaharuko ma samman gardachhu. ra ahile ayera bhitte patro(calender)samma parkashit garna safal bhayekoma hardik badhai dindai agami dinharuma pani yastai samaj sewako kshetrama paila niranter agadi badhi rahos bhanne agreem shubh kamna bwakta gardachhu.
    dhanyabad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.