राजेशले भेटाए २५ बर्षे गर्लफ्रेन्ड


केही महिनाभित्रै बिबाह गर्ने

‘वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ’- पचास टेक्नै लागेका नायक राजेश हमालले बोलेको यो डाइलग कुनै चलचित्रको हैन् । ४८ बर्षका राजेशले आफुभन्दा झण्डै आधा उमेरकी प्रेमिका भेटेपछि बिहे गर्ने निधो गरेका छन । हालै एक साप्ताहिक पत्रिकालाई अन्तरवार्ता दिंदै राजेशले केही समयभित्रै आफ्नो प्रेमसम्बन्ध’bout सार्बजनिक गर्ने र सम्बन्ध सार्बजनिक भएको सात आठ महिनाभित्र बिबाह गरिसक्ने बताएका छन् । यो उमेरमा आएर आफुलाई साँच्चिकै बिबाह गर्नुपर्ने महसुस भएको बताए ।

राजेशले दिएको जानकारीअनुसार काठमाडौंकै एक शिक्षित परिवारकी युवतीसँग उनको दुई बर्षदेखि अफयेर चलिरहेको छ । २५ बर्षिया उनकी प्रेमिका हाल अध्ययनमा ब्यस्त रहेकाले अध्ययन सकेपछि बिबाहको योजनामा रहेको बताए । उमेर आधा कम भएपनि दुवैको सोंच मिल्ने राजेशले जानकारी दिए ।

केही बर्षअघि एउटा ग्यादरिङमा भेट भएपछि उनकी प्रेमिका र उनीवीच सम्बन्ध बाक्लिएको थियो । हामीले एक अर्कालाई बुझ्यौं- राजेश भन्छन-वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ । सहयोगीहरुसित लाजिम्पाटमा बस्दै आएका राजेशले अबको जीवन बिबाह नगरि चल्दैन भन्ने लागेरै बिबाहको बाटो रोजेको बताउँछन् । यो सम्बन्ध अझै परिपक्क नभएको भन्दै उनले प्रेममा पागल नभएको बरु सन्तुलित प्रेम गरिरहेको बताए ।

आफ्नो जीवनमा धेरै महिला प्रेमिकाका रुपमा आएको स्वीर्काछन् राजेश । ती मध्ये अधिकांश नेपाल घुम्न आएका बिदेशी पर्यटक रहेको बताउने राजेशले महिलाहरुको सम्बन्धबाट जीवन जीउने कला सिकेको र जीवनका थुप्रै रंग बुझेको बताए । आफ्नो जीवनमा कति महिला आए भन्ने सम्झन नसक्ने भन्दै उनले ६ जना महिलासंग लामै सम्बन्ध चलेको स्वीकारे ।

यसअघि एक डेढ बर्षमा बिबाह गर्छु भनेजस्तो यो सम्बन्ध नरहेको राजेशले बताए । आफु अब साँच्चिकै बिबाह गर्ने योजनामा पुगेको र उपयुक्त पात्र भेटेको राजेशको दावी छ । हेरौं उनको यो घोषणालाई राजेशले कार्यन्वयन गर्छन कि गर्दैनन् ।

Posted by: Narayan Nepal                                          Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.