केही दिनमै लोडसेडिङ घटाउने ऊर्जा मन्त्रीको घोषणा


काठमाडौं, १६ वैशाख/ नवनियुक्त ऊर्जा मन्त्री गोकर्ण बिष्टले केही दिनभित्रै नेपाली जनताले अनुभव गर्ने गरी लोडसेडिङ घटाउने घोषणा गरेका छन् । उनले लोडसेडिङ घटाउन सरकारले अल्पकालीन उपायसहितको कार्ययोजना अगाडि बढाएको बताए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा शुक्रबार बोल्दै बिष्टले तत्काल लोडसेडिङ घटाउन विद्युत् चुहावट नियन्त्रण गर्ने, पावर प्लान्टहरु सञ्चालनमा ल्याउने, अहिले भएकै जलविद्युत् आयोजनाको क्षमता विस्तार गर्ने, वितरण कार्यलाई सन्तुलित पार्ने र कम विद्युत् उपयोग गर्ने प्रविधिको विस्तार गर्ने कार्यमा सरकार जुटेको जानकारी दिए ।

उनले भने- लामो समयसम्म ऊर्जा सङ्कट रहँदैन। जनताले अनुभव गर्न पाउनेगरी लोडसेडिङ तत्काल कम हुन्छ । चुहावट नियन्त्रण गर्ने कार्यमा ५० प्रतिशत बढी विद्युत् चोरी हुने जिल्लामा दुईघण्टा लोडसेडिङ थपेर विद्युत् चुहावट नहुने जिल्लामा आगामी १५ दिनभित्रै थपिने मन्त्री बिष्टले स्पष्ट पारे । खिम्ती भोटेकोशी प्रशारण लाइन निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको भन्दै उनले प्रशारण लाइन निर्माणपछि केही लोडसेडिङ घट्ने विश्वास व्यक्त गरे ।

आगामी २०७२ भित्रमा नेपाललाई लोडसेडिङमुक्त बनाउने दीर्घकालीन योजनामा पनि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले निर्माणाधीन आयोजनाहरु पूरा हुने वातावरण निर्माण गर्ने, जलासाययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिने र लगानीमैत्री वातावरण निर्माण गर्ने उनले बताए ।

सरकारले पाँच वर्षभित्र लोडसेडिङ मुक्त बनाउन यसै महिनाबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरेर निर्माण थालनी गर्ने पनि उनले जानकारी दिए ।

Posted by: अमर गुरुङ कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.