१३ लाख बुझाउँदा पनि किशोर मुक्त गरिएनन्


-कान्तिपुर संवाददाता,

राजविराज, वैशाख १५ – सप्तरीको बरहीवीरपुर-५ की पुणिर्मादेवी साह ६ महिनायता रोएर दिन बताइरहेकी छन् । छोराको अपहरणपछि उनको यो हालत भएको हो । १७ वर्षीय छोरा सन्जिप साहको गत कात्तिक २६ गते साँझ छठपूजा मनाइरहेका बेला ३/४ जनाको समूहले अपहरण गरेको थियो । अपहरणपछि गाउँकै केही व्यक्तिले मुक्त गराइदिने आश्वासनमा १३ लाख रुपैयाँ लिए पनि छोरा अझै बेखबर रहेको परिवारले जनाएको छ ।

कक्षा १० का विद्यार्थी सन्जिपको अपहरण भएपछि ‘हमरा बेटा चाही, हमरा बेटा चाही भन्दै’ रोएर दिन काट्दै आएकी छन् । घरमै रहेको जेठो छोरालाई पनि हत्याको धम्की आएको उनी बताउँछिन् । धम्कीकै कारण सन्जिप एसएलसी परीक्षामा समेत सहभागी हुन सकेनन् ।

पीडित परिवारले बुधबार घरमै पत्रकार सम्मेलन गरी छोराको मुक्तिको आग्रह गरेको छ । सन्जिपका दाजु रन्जितका अनुसार अपहरणपछि गाउँकै कृष्णदेव यादव, भोलेन्द्र यादव, धर्मदेव यादव, गुलाव शर्मा र फकिरा गाविसका अशोक यादवले ‘तेरो भाइलाई मुक्त गराइदिन्छु’ भनेर १३ लाख रुपैयाँ लगेका हुन् ।

फिरौतीका लागि भएभरको जायजेथा सक्ने गरी खर्च जोहो गरेका साह परिवारको अहिले बिचल्ली छ । २० वर्षीया छोरी रन्जनाको बिहेका लागि जोहो गरी राखेको रकममा दुई कठ्ठा जग्गा बेचेर फिरौतीबापतको रकम बुझाए पनि छोरो मुक्त नहुँदा मर्नु न बाँच्नुको अवस्था भएको अपहरितका पिता जगरनाथी साहले बताए ।  गाउँ समाजमै ‘पञ्चायती’ बस्दा भोलेन्द्रसहितका पाँच जनाले थप दुई लाख रुपैयाँ दिए दुई दिनभित्रै ल्याइदिने जनाएका थिए । तर हाल उनीहरू सबै फरार भएको ‘पञ्चायतीमा’ सहभागी एमालेका जिल्ला सदस्य रामचन्द्र यादवले बताए ।

प्रहरी निरीक्षक भुवनेश्वर साहले विद्यार्थी साहको खोजी भइरहेको जनाए । बरहीवीरपुरकै कृष्णदेव यादव र भोलेन्द्र यादवलाई पक्राउ गरी अनुसन्धानपछि छाडिएको पनि उनले बताए ।

Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.