लोडसेडिङ मुक्त बनाउन लेखनाथ नगरबासीद्वारा विद्युत प्राधिकरणमा धर्ना


धन बस्नेत-पोखरा, १२ बैशाख/ नगरपालिकालाई लोडसेडिङमुक्त बनाउन लेखनाथबासीले जनदवाव शुरु गरेका छन् । लेखनाथबासीले सोमबार विहानदेखि दिनभर गगनगौंडास्थित नेपाल विद्युत प्राधिकरणको शाखामा धर्ना दिएका छन् । लेखनाथ ३ स्थित विजयपुर साना विद्युत परियोजनाबाट उत्पादित विद्युत लेखनाथ नगरपालिकामै वितरण गर्नुपर्ने माग गर्दै स्थानीय लोडेसेडिङमुक्त नागरिक सरोकार समितिले प्राधिकरण शाखामा धर्ना दिएका हुन् ।

धर्नापछि समितिले प्राधिकरण समक्ष ९ बुदें ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा लेखनाथ नगरपालिका क्षेत्रबाट बग्ने खोलाबाट उत्पादित विद्युतको शेयर वितरण गरियोस, सवस्टेशनमा जोडिने प्रस्ताव कार्यान्वय गरियोस, नगरपालिका क्षेत्रबाट उत्पादित विद्युत रोयल्टी नगरपालिकालाई उपलब्ध गराइयोस, विद्युत जोखिम कम गरियोस, स्थानीय बासिन्दासँग सहकार्य गरी विद्युत महशुल निर्धारण गरियोस, प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारको सृजना गरियोस, र्सार्वजनिक तथा राजमार्ग छेउका विद्युत पोलमा निशुल्क बत्ती जडान गरियोस लगायतका मागहरु उल्लेख छन् ।

समितिका अध्यक्ष रामजी थापाले प्राधिकरण शाखाका निमिक्त प्रमुख गेदशर्मा अधिकारी र इन्जिनियर लोकबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउनुभएको थियो । लेखनाथमा १५ वटा बडा छन् । १५ वटा वडामा झण्डै ११ हजार घरधुरी छन् । ११ हजार घरधुरीमा ५५ हजार बासिन्दा छन् । लेखनाथ ३ स्थित विजयपुर खोलाबाट उत्पादित चारदशमलव ५ मेगावाट विद्युत त्यही खपत गर्नुपर्ने आवाज समितिले उठाएको छ । समितिका अनुसार ४ दशमलव ५ मेगावाट मध्ये आधामात्रै विद्युतले लेखनाथ नगरपालिका लोडसेडिङमुक्त हुने छ ।

भगवती हाइड्रोपावरद्वारा निर्माणाधिन विजयपुर साना विद्युत परियोजना २०६७ चैत मसान्तसम्म पुरा गरिने लक्ष्य राखिएको थियो । तर अहिलेसम्म निर्माण पुरा हुन सकेको छैन् । परियोजना अर्न्तर्गत पहिलो फेजमा दुइ मेगावाट विद्युत उत्पादन गर्ने अन्तिम तयारी भइरहेको छ । विद्युत उत्पादन शुरु गरेपछि हाइड्रोपावरले ‘विजयपुर २’ पनि निर्माण शुरु गर्ने जनाएको छ । लेखनाथ नगरपालिकामा १२ मेगावाट विद्युत खपत हुदैं आएको छ ।

‘विजयपुर खोलाबाट उत्पादित विद्युत लेखनाथमै वितरण गरिए लोडसेडिङ मुक्त हुने छ ।’ समितिका अध्यक्ष रामजी थापाले भन्नुभयो-’४ दशमलव ५ मेगावाटमा साढे दुइ मेगावाट भएपनि नगरपालिका लोडसेडिङ हुदैन् ।’ टाष्क हाइड्रोपावरबाट उत्पादित एक मेगावाट पनि लेखनाथ नगरपाकिालमै वितरण गरिएको छ । उता पोखरामा भने दैनिक साँझको समयमा ३० मेगावाट विद्युत खपत हुने विद्युत प्राधिकरण पोखराले जनाएको छ ।

Posted by: अमर गुरुङ, कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.