पाँचौ अन्नपुर्ण म्यूजिक अवार्ड भव्यरुपमा सम्पन्न


दिननाथ बराल/पोखरा, १० बैंशाख, “अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन” भन्ने मूल मन्त्र सहित रेडियो अन्नपुर्णले आफ्नो ११ औं बाषिर्कोत्सवको अवसरमा बाषिर्कोत्सवको अवसरमा आयोजना गरेको पाँचौ अन्नपुर्ण म्यूजिक अवार्ड वितरण कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न भएको छ । असल संगीतको खोजी अभियानलाई सघाउन विभिन्न २४ विधामा अवार्ड वितरण गरेकोमा, सर्वोत्कृष्ट गायन सुगम संगीत पुरुषमा रामकृष्ण ढकाल र महिलामा अञ्जु पन्त सर्वोत्कृष्ट हुनु भएको छ ।

पहाडको छुकछुके रेलबाट ढकाल र कल्ले लाने होबाट पन्त सर्वोत्कृष्ट हुनु भएको हो । आनन्द अधिकारीको रचना, आषिश अविरलको संगीत र नरेन्द्र प्यासीको स्वर रहेको माया ओ माया बर्षै सर्वोत्कृष्ट गीत भएको छ । प्रमोद खरेलको प्रणय एल्वम सर्वोत्कृष्ट भएको छ । कल्ले लाने हो गीतले सर्वोत्कृष्ट सुगम संगीत महिला, सर्वोत्कृष्ट संगीत र पोखरेली स्टर अफ दी एयर गरी तीन वटा अवार्ड जितेको छ । त्यसैगरी सितल गिरीले खेलेको म विना कसैकसैलाई गीतले सर्वोत्कृष्ट एरेन्जर र सर्वोत्कृष्ट गजलको अवार्ड जितेको छ भने सोही गीत समावेश भएको प्रणय एल्वम पनि सर्वोत्कृष्ट एल्वम भएको छ ।

२४ बिधामा उदियमान पोखरेली प्रतिभामा सुखीलाई गीतबाट दुर्गा परियार, कल्ले लाने होबाट जयकुमार, पोखरेली स्टार अफ दी एयर हुनु भएको छ भने सर्वोत्कृष्ट संगीत पनि कल्ले लाने हो बाट जयकुमारले अवार्ड हात पार्नु भएको छ । सर्वोत्कृष्ट सामाजिक राष्ट्रिय भावधारा गीतमा झुकेर बाच्नु भन्दा दिपेक किशोर भट्टर्राई र योगेन्द्रमणि दाहाल, सर्वोत्कृष्ट नव प्रतिभामा जिन्दगीको गोरेटोमा बाट सन्तोष लामाले अवार्ड प्राप्त गरेका छन् ।

त्यसैगरी सर्वोत्कृष्ट लोकदोहोरी लयमा न जाउँ है सानु पँधेरीमा बाट बसन्त थापा
सर्वोत्कृष्ट दोहोरी शव्द संकलन शिव सुवेदीको भुमरीमा परे भने म
सर्वोत्कृष्ट लोकदोहोरी गायिकामा घाम भन्दा नी जुनकोबाट देवी र्घर्ती
सर्वोत्कृष्ट लोकदोहोरी गायक न जाउँ है सानु पँधेरीमा
सर्वोत्कृष्ट युगल गायनमा त्रि्रो मुस्कान भन्दा मनिला र उदय सोताङ
सर्वोत्कृष्ट रक गायनमा को हुँ म ज्ञज्ञ।घण् बाट बसन
सर्वोत्कृष्ट एरेन्जरमा म विना कसै कसैलाईबाट किरण कडेल
सर्वोत्कृष्ट चलचित्र संगीतकारमा कसले चोर्‍यो मेरो मनबाट शुरेस अधिकारी
सर्वोत्कृष्ट चलचित्र गायिकामा पहिलो प्रेमबाट रेजनीमा रिमाल
सवोत्कृष्ट पार्श्व गायन चलचित्रमा नाई नभन्नु लबाट दिपक लिम्बु
सवोत्कृष्ट कम्पोजिसन पपमा के नै रुनु छबाट काल्रि्रसाद बास्कोटा
सवोत्कृष्ट पप गायन महिला एक दिन तिमिबाट रेखा शाह
सर्वोत्कृष्ट पप गायन पुरुष जोरीपारीबाट धर्मेन्द्र सेवान
सर्वोत्कृष्ट रचनामा याद गर्न पनिबाट राजेन्द्र थापा
सर्वोत्उत्कृष्ट संगीतमामा कल्ले लाने होबाट जयकुमार

रेडियो अन्नपुर्ण ९३ थोप्लो ४ मेगाहर्जको ११ औं वाषिर्कोत्सवको अवसरमा आयोजित पाँचौ अन्नपुर्ण एफएम म्युजिक अवार्ड ‘आमा’को तमु धि नेपालका अध्यक्ष कर्म तमु, क्षेत्री समाज नेपालका अध्यक्षप्रा.डा.दिल बहादुर क्षेत्री अध्यक्ष, राष्ट्रिय ब्राम्हाण समाज नेपालका अध्यक्ष प्राध्यापक नारायणप्रसाद अधिकारी, नेवाः खल कास्कीका अध्यक्ष प्रकाशमान पालिखे, किराँत सेवा समाजका अध्यक्ष गणेश देवान, नेपाल मगर संघका अध्यक्ष पणबहादुर राना मगर, तामाङ घेदुङ संघ कास्कीका अध्यक्ष दिपक तामाङ, मुस्लिम सुमदायका अगुवा हाजी नासिरुद्धिन मियाँ, ताङबे सेवा समाजका महासचिव फर्ुवाछिरीङ ताङबे, दलित अगुवा भवे सार्की र थकाली सेवा समिति कास्कीका अध्यक्ष अमर तुलाचनले म्यूजिक अवार्डको लागो र रेडियोको स्टेशनत आईडी कम्प्यूटरबाट क्लीक गरेर उद्घाटन गर्नु भएको थियो । जातीयको नारा चर्को रुपमा उठेको बेला जातीय संघ संस्थाका प्रतिनिधिले एक साथ कार्यक्रम उद्घाटन गर्दा, जातीय सद्भावको लागि गतिलो सन्देश पनि दिएको थियो ।

रेडियोका अध्यक्ष शिवलाल मल्लको अध्यक्षमा भएको कार्यक्रममा स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले स्वागत मन्तव्य सहित रेडियो अन्नपुर्णको गतिविधीका ’boutमा चर्चा गर्दै रेडियोले एक दशकको अवधीमा रेडियोले गीत /संगीत र समाचार सनाउने मात्र नभएर सामाजिक भुमिकाको खोजी गर्ने प्रयास गरेको बताउनु भयो । आगामी दिनमा पनि परिष्कृत र स्तरिय कार्यक्रमको साथै सामाजिक कार्यमा रेडियो अझ सक्रिय हुने बताउनु भयो । म्यूजिक अवार्ड वितरण कार्यक्रममा रेडियोको स्थापनाकालदेखि १० बर्षम्म योगदिने दीपेन्द्र श्रेष्ठ, आरजु विष्ट, राजु भण्डारी, मोहन घले, रविभुषण पराजुली, भोला श्रेष्ठ र रमेश श्रेष्ठलाई सम्मान गरिएको थियो । रेडियोका अध्यक्ष शिवलाल मल्ल, संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक महेन्द्र ताङवे, निर्देशक अर्जुनकुमार श्रेष्ठ, मिना श्रेष्ठ, सुनयना पालिखे, निर्मला मल्ल, डाक्टर माया लामाले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । सोही कार्यक्रममा प्राईम अलिमियाँ लोकताराका विजेता रामजी पौडेलको एल्वम सुन काली सानी एल्वमको अलिमियाँ बाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले विमोचन गर्नु भयो । हिमाली साँस्कृतिक परिवारको राष्ट्रिय भावधारा तथा सन्देश मुलक सामुहिक नृत्यबाट सुरु भएको अवार्ड वितरण कार्यक्रममा माछापुच्छे् डान्स टे्रनिङ सेन्टर, माईकल ज्याक्सन मेमोरियल क्लबले समेत आफ्नो प्रस्तुतीहरुले कार्यक्रममा सहभागिहरुलाई थप रौनक दिएका थिए ।

पोखरा सभागृहमा करिव ४ घण्टा सम्म भएको कार्यक्रमा दर्शको व्यापक सहभागिता रहेको थियो । कार्यक्रममा दर्शकहरु कुर्चीमा बस्न नपाएपनि कायक्रम अवधी भर नै उभिएर पनि हेर्नु भएको थियो । पोखरेली धुर्मुस राजेन्द्र नेपाली तथा पोखरेली माग्ने वुढो युवराज भण्डारीको प्रस्तुतीले कार्यक्रमा सहभागिहरुलाई मनोरन्जन दिलाएका थिए । हम्मेहम्मे गर्दै माईक समाउदै तोते वोलीमा बाबा गायक रामकृष्ण ढकाललाई स्टेजमा साथ दिएकी उनकी छोरी रानीको प्रस्तुतीले दर्शकहरुको मन छोएको थियो । उनले पहाडको चुके चुके रेल गित गाएर बाबा गायक ढकाललाई साथ दिएकी थिईन । गायक धर्मेन्द्र सेवान, प्रमोद खरेल, नरेन्द्र प्यासि, खोजी प्रतिभा गायनकी बिजेता पोखरेली चेली दुर्गा परियार लगायतले गित प्रस्तुत गरेका थिए । विश्वका होचा व्यक्ती खगेन्द्र थापा मगरले अवार्ड वितरण गर्दा दर्शकहरुले खगेन्द्रलाई चीयाई चीयाई हेरेका थिए भने बाहिर फोटो खिच्न भिड नै लागेको थियो ।

Posted by: अमर गुरुङ, कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.