ठेक्कामा जेलभित्रका ‘डन’ सक्रिय


जेलभित्रबाट युवा परिचालन गरी ठेक्कापट्टामा रकम असुली गर्न राजधानी पूर्वका जिल्लामा ‘डन’ हरूको सक्रियता बढेको छ ।अरनिको राजमार्ग र सहायक मार्गबाट पुगिने काभ्रेदेखि दोलखा हुँदै रामेछापसम्म डनहरूको संगठित सञ्जालले ठेक्काहरूमा युवा परिचालन गरिरहेका छन् । राजधानी पूर्वी जिल्लाहरूमा हुने विभिन्न ठेक्काहरूमा जेल सजाय भोगिरहेका र भूमिगत जीवन बिताइरहेका दुई डनहरू निकै सक्रिय रहेको खुलासा भएको छ । दोलखा र रामेछाप जिल्लामा सजाय भोगिरहेका शुक्रे र फरार रहेका बरुण समूहले युवा परिचालन गरी मोटो रकम हात पार्ने गरेको प्रहरीले सार्वजनिक गरेको छ । ठेक्काहरूमा जेलभित्रबाटै मोटो रकम हात पार्ने र त्यही रकमले अपराधपूर्ण कार्यमा लगाउने गरेको पाइएपछि कारबाही तीव्र पारिएको दोलखा प्रहरी प्रमुख डीएसपी धीरजप्रताप सिंहले बताए ।

रामेछाप जेलमा हत्या मुद्दामा सजाय भोगिरहेका डन शुक्रेले परिचालन गरेका युवा दोलखा प्रहरीले पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो । भूमिगत रहेको अर्का डन बरुणले प्रयोग गर्ने गरेका एक युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । राजधानीदेखि दोलखासम्म कुख्यातपूर्ण काम गरेर चर्चित बनेका डनहरू शुक्रे र बरुणले व्यवसायीलाई धम्क्याई काबुमा राखेर करोडौं कमिसन लिने गरेको सुइँको पाएपछि प्रहरीले उसका सहयोगी युवालाई पक्राउ गर्न

थालेको हो ।

ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना (आरआरआर) ले मंगलबार गरेको १५ करोडको सडकसम्बन्धी ठेक्कामा तीन हिस्सामध्ये एक हिस्सा माग गर्दै रामेछाप जेलबाट शुक्रेले निर्माण व्यवसायीलाई फोनबाट धम्क्याएको प्रहरीले जनाएको छ । व्यवसायीलाई शुक्रेबाट फोन गराइदिने वातावरण मिलाइदिने गैरीमुदी र बोचका तीन युवालाई प्रहरीले पक्रेको हो । यही ठेक्कामा हत्या मुद्दाका फरार अभियुक्त बरुणले खटाई पठाएका मिर्गेका एक युवा पनि पक्राउ परेका छन् । यी चारै जना अपराध गर्न सहयोगी बनेकाले सार्वजनिक मुद्दा लगाइएको डीएसपी सिंहले बताए ।

तराईवासी कपडा व्यापारीको हत्या गरेको अभियोगमा रामेछाप जलेमा रहेका डन शुक्रेका रूपमा चिनिने सुग्रीव तामाङ र काठमाडौं गोपीकृष्ण हलनिर श्याम रेग्मी मगरको हत्या गरी फरार डन बरुण दुवै दोलखा गैरीमुदीका हुन् । जेल र भूमिगत भए पनि यिनीहरू दुवैले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको ठेक्कापट्टामा सक्रियता देखाउने गरेको प्रहरीको दाबी छ । यिनीहरूको आश्वासनमा फस्ने युवा वा ठेकेदारमार्फत निर्माण, कवाडी र बालुवा ठेक्काजस्ता कामको हिस्साबापत ठूलो रकम प्राप्त जेल वा भूमिगत स्थानहरूमा पुगिरहेका

हुन्छन् । आपराधिक गिरोह बढाउने र युवालाई दुरुपयोग गर्ने कार्यमा ठेक्कापट्टा पनि एउटा कारण बन्दै गएकाले निकै निगरानी बढाएको डीएसपी धीरजको भनाइ छ । ‘अपराधीलाई सघाउने ठेकेदार वा युवा जो भए पनि हदैसम्मको कानुनी कारबाही गर्छौं,’ उनले भने । धम्की दिने, ठेक्कामा हस्तक्षेप गर्ने र अपराधीबाट परिचालित ठेकेदार वा अन्य जो कोही भए पनि हदैसम्मको कानुनी कारबाही गर्ने उनले बताए ।

मंगलबारको ठेक्का मिलोमतोमा दर्ता हुँदा करिब ६० लाख रुपैयाँ बाँडिने भएको छ । यसबाट राम्रै हिस्सा शुक्रे निकटहरूसँग जाने एक निर्माण व्यवसायी बताउँछन् । ती व्यवसायी भन्छन्, ‘केही प्रतिवाद गर्‍यो कि चुल्ठे, मुन्द्रे र डन भनिनेबाट खतरा हुने भएकाले ठेक्कामा उनीहरूकै हालिमुहाली हुने गरेको छ ।’ दोलखा प्रहरीले ठेकेदारहरूलाई कसैले धम्की दिएमा वा फोनबाट असुरक्ष्ााको कुरा गरेमा तत्काल प्रहरीलाई जानकारी दिन र ढुक्क भएर व्यवसाय गर्न पनि सुझाएको छ ।

काठमाडौं, वीरगन्ज जेल हुँदै शुक्रे यस क्षेत्रमा ठेक्कापट्टामार्फत रकम असुल्न रामेछाप जेल सरुवा भएको अनुमान छ । उनी पटकपटक सरुवा हुँदै रामेछाप आइपुग्नुमा राजनीतिक

संरक्षण भएको बताइएको छ । उनी केही निर्वाचनहरूमा प्रयोग पनि भएका थिए ।

अहिले पनि ठेक्काको विषयमा कुरा गर्न उनलाई जेलमै भेट्न जानेहरू भएको व्यवसायीहरू बताउँछन् । डनहरूको सञ्जाल काभ्रेली समूह निकट मानिने शुक्रेलाई त्यहाँबाट पनि सहयोग प्राप्त भइरहेको जानकारहरू बताउँछन् । रामेछापको जेलकै नम्बरको फोनबाट व्यापारीलाई धम्क्याउने छुट पनि उनले पाएका छन्

Posted by: Dambar Rimal                                    Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.