हिन्दु परम्परा अनुसार साइबाबाको अन्त्येष्टी गरियो


काठमाडौ, बैशाख १४ । भारतीय धर्म गुरु सत्य साइबाबाको अन्त्येष्टी राजकीय सम्मान अनुसार भएको छ । साइ बाबाको गृह नगर आन्ध्रप्रदेशको पुट्टापर्ति स्थित साइकुलवन्तमा आज अन्त्येष्टी गरिएको हो ।

साइ बाबाले आफैलाइ शिवको अवतार मानेकाले उनको हिन्दु धर्म अनुसार अन्तिम संस्कार गरिएको हो । उनको अन्तिम संस्कार उनकै इच्छा अनुसार साइकुलवन्त हलमा सात फिट चौडा, १२ फिट लामो खाडलमा इशान कोणमा शीर हुने गरी समाधिस्थ गरिएको जनाइएको छ । उनको समाधिमा सकुरुक्षेत्रको माटो, नून, चाँदी, सुन र नवरत्न राखिएको थियो ।साइबाबाको अन्तिम संस्कारको सबै काम उनका गरे । साइ बाबाको अन्तिम संस्कारमा १८ पुरोहितले भौतिक मन्त्र पाठ गरेका थिए ।

तीन दिन अघि निधन भएको साइबाबाको अन्तयेष्टी समारोहमा परिवारका सदस्य, साइ ट्रस्टका पदाधिकारी तथा सदस्य र विशिष्ट व्याक्ति मात्र सहभागी भएका थिए । सोही ठाउँमा बाबाको सुनको मूर्ति केही दिनमा बनाइने जनाइएको छ ।

उनको अन्तिम संस्कार बिहान नौ बजे सुरु भई साढे १० बजेसम्म सकिएको थियो। नौ अङ्क साइ बाबाको प्रिय र भाग्यशाली नम्बर भएकाले ९ बजे ‘महासमाधि’ प्रक्रिया सुरु गरेको जनाइएको छ ।

Posted by: Jay Ale                           Source: Weeklynepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.