भु.पु. बिद्यार्थी मञ्च पर्वतलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सदस्यहरुद्वारा सहयोग प्रदान


सुरेश गुरुङ्ग, कुवेत

कुवेतको सबैभन्दा पुरानो अनी नेपालीहरुबीच लोकप्रिय संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतका सदस्यहरुले आफ्नै क्लबका सचिव ईन्द्र भूसालको नेत्रित्वमा गठन भएको भुतपूर्व बिधार्थि मन्च – श्री स्वधर्म माध्यामिक बिधालय पाखापानी-२, पर्बतलाई ने.रु. १२,५०० /- सहयोग गरेका छन । गठनको छोटो समयमानै समाजमा राम्रो छाप बनाउन सफल उक्त संस्थाले बिधालयमा पिउने पानीको पक्की ट्यांकी निर्माण गरिसकेको छ ।

यसैगरी आगामी जेष्ठ २ गते मञ्च स्थापनाको प्रथम वार्षिकोत्सब परेकोले उक्त अवसरमा मन्चले गर्ने भावी कार्ययोजना ’bout सार्वजनिक गर्ने एजेण्डा रहेको मन्चका संस्थापक अध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सचिव ईन्द्र भूसालले बताउनु भयो । प्रवासमा रहेर आफ्नै सहकर्मीहरुबाट मिलेको यो सहयोगले आफु जन्मेको ठाउँलाई केही त गर्नु पर्छ भन्ने उद्देश्यसहित अगाडि बढेको आफ्ना पाईलाहरुमा थप प्रेरणा मिलेको बताउँदै र सम्पूर्ण क्लव कार्यसमितिका साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै आफु MESC मा प्रवेश गरेपश्चात धेरै कुराको ज्ञान हाँसिल गरेको समेत वहाँले स्पष्ट पार्नु भयो ।

खेलकुद सामाग्री उपलब्ध हुने:

त्यसैगरी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब एवं NRNA कुवेतका उपाध्यक्ष श्री धर्मराज गिरी र क्लवका कोषाध्यक्ष एवं कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले बाट बिधालयलाई खेलकुदका सामाग्रीहरु उपलब्ध गराईने समेत सचिव भूसालले जानकारी दिनुभयो । यदी कुनै पनि सँघ-संस्था वा सहयोगी महानुभावहरुलाई यस सामाजिक कामको यात्रामा केही मात्रमा भए पनी सहयोगी भावना जागरुक भएमा मञ्चका अध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सचिव ईन्द्र भूसाललाई संपर्क गर्न सकिने छ ।

2 responses to “भु.पु. बिद्यार्थी मञ्च पर्वतलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सदस्यहरुद्वारा सहयोग प्रदान

  1. thank,s for help,to our club,,

  2. क्लब का सम्पूर्ण साथीहरुलाई धेरै धन्यवाद दिन चाहन्छउ । दुबै मा पनि काम दुदैछ ईन्द्र दाई

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.