कारागार प्रशासनले नै कैदी भगायो


२७ अप्रिल ०११ । कर्तव्य ज्यानसम्बन्धी मुद्दा खेपिरहेका धनकुटाको छिन्ताङ-६ साँम्बू गाउँका एकलव्य राई कारागार प्रशासनको मिलोमतोमा फरार भएको हुनसक्ने स्रोतले जनाएको छ ।

धनकुटा कारागार शाखाबाट हत्कडीसहित फरार भएको सात दिन बित्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । अण्डकोष र आँखा दुखेको भनेपछि उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको बेला बैशाख ६ गते उनी फरार भएका थिए । राईले भाग्नका लागि महिनौंदेखि योजना बनाएको र कारागार प्रशासनको मिलोमतोमा आफन्तसँगको भेटघाटलाई पनि तीब्र पारेको खुलेको छ ।

प्रहरी स्रोतका अनुसार फरार हुनुअघि उनले आफन्तलाई १२ पटक जति भेटेका थिए । राईलाई मुद्दा पेशीको लागि जिल्ला अदालतमा बयान लिन कारागार प्रशासनले गत चैत्र १३ गते हाजिर गराउनु भन्दाअघि भेट्न आउने बहानामा उनका बाबु गिरभक्त राईले ४० हजार र अन्य आफन्तले १ लाख रूपैयाँ गोप्यरूपमा दिएको स्रोतको दावी छ ।

कैदी भेट्न आउने हाजिरी पुस्तिकाको रेकर्डअनुसार चैत्र ११ गतेदेखि २८ गतेसम्म विभिन्न मिति र समयमा १२ पटकसम्म उनको बाबु र आफन्तले भेट गरेका थिए । राईलाई आफन्तले एकै दिनमा तीनपटकसम्म भेटेको स्रोतले दावी गरेको छ ।

राई फरार हुने दिन गत मङ्गलबार बिहान कारागार प्रशासन प्रमुख नरेन्द्र आचार्यले उनलाई आफ्नो कार्यकक्षमा बोलाएर कुराकानी गरेको पुष्टी भएको छ । आफन्तले पैसा ल्याएर दिएको ’bout भने थाहा नभएको उनले बताए । कारागार शाखामा रहेको राईको फायल र अस्पतालमा अण्डकोष र आँखा उपचार गराएको डाक्टरको पुर्जी हेर्न माग्दा पनि आचार्यले देखाउन मानेनन् ।

‘राईलाई छोटो अवधिमा लगातार धेरैपटक आफन्तसँग भेट्न दिनु, कारागार प्रशासन प्रमुखले पटक/पटक स्वास्थ्य जाँचका नाममा आउट पास दिएर अस्पताल पठाउनु, कैदी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूसँगै बसेर एउटै होटलमा चियानास्ता खानुले घटना सुनियोजित छ’ विश्वस्त स्रोतले भन्यो ।

कैदी राई फरार भएपछि ड्युटीमा खटिएका प्रहरी हवल्दार टीका सोनाम र जवान हर्क तामाङलाई निलम्वन गरी हिरासतमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घटनाको विषयमा कारागार प्रशासन ऐनअन्तर्गत कार्वाही प्रक्रिया अघि बढिरहेको र छानविन समितिले पनि आवश्यक अनुसन्धान गरिरहेको जनाए ।

Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.