एनसिसी रनिङ कप भब्याताका साथ संपन्न, सुदूर पश्चिम समाज कोरिया बिजयी


उमेश बस्नेत, सिओल

कोरियामा सबैभन्दा पाहिले स्थापना भएको र कोरियामा रहेका सम्पूर्ण नेपाली संघ सस्थाहरुको छाता संघठन नेपाली संपर्क समितिको आयोजनामा तेश्रो एन सिसी रनिङ कप भब्याताका संपन्न भएको छ  । तिन बर्ष अघि सुरुगारिएको एन सिसी रनिङ कप प्रतियोगितामा बिभिन्न १२ टिमले भाग लिएको थिए । प्रतियोगितामा सुदूर पश्चिम समाज कोरियाटीम बिजयी भई ५ लाख कोरियन वन नगद, प्रमाण पत्र तथा कप  सहितको प्रथम उपाधी हात पार्न सफल भएको छ ।

अप्रिल २४ तारिखका दिन सिओल स्थित माङगोलसानको कवर्ड हलमा आयोजना गरिएको भलिबल प्रतियोगितामा  म्याग्दी, बाग्लुंग, पर्बत, गुल्मी, घान्द्रुक समाज, तनहू, स्यांजा, सुदूर पश्चिम समाज, प्रबासी मजदुर संघ, नेपाल संपर्क समिति, मगर संघ गरी १२ वटा टिमले सहभागिता जनाएका थिए । सहभागी टिम मध्य दोस्रो स्थानमा पुग्न सफल नेपाल भलिबल संघले नगद ३ लाख वन र प्रमाण पत्र तथा गोला प्रथाद्धारा तेस्रो स्थान ओगटन सफल बाग्लुङ सम्पर्क समितिले प्रमाण पत्र र २ लाख वन नगद पुरस्कार पाएका थिए भने नेपाल भलिबल संघका खेलाडी संतोष मल्ल उत्कृष्ट  खेलाडीमा छनौट भई एकलाख वोंन प्राप्त गरेका थिए ।

नेपालीहरु बिच भाईचाराको सम्बन्ध बढाउने र कोरियामा अधिकांस भलिबल खेलाडीहरु रहेकोले उनीहरुलाई सहभागी गराई खेलाडिहरुको छमता पर्दर्शन गर्ने एउटा राम्रो अबसरको रुपमा उक्त खेलको आयोजना गरिएको कुरा खेलकी संयोजक तथा नेपाली संपर्क समितिकी प्रथम महिला उपाध्यक्ष श्रीमती गंगा थापा श्रेष्ठ बताउनु भयो । स्थानीय ब्यापारी, बुद्धिजीबी, पत्रकार, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको ठुलो शंख्यामा उपस्थिति रहेको उक्त खेलमा रबी प्रकाश मल्ल, आनन्द गुरुंग, केश भक्त गुरुंग र कमल सिं रेफ्री रहनु भएको थियो ।  नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राईको अध्यक्षतामा  एन सिसीका सचिब गिरीराज कुंवरले संचालन गर्नु भएको थियो  ।

विजय खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राई तथा खेलकी संयोजक श्रीमती गंगा थापा सयूक्तरुपमा प्रदान गर्नु भएको थियो । अध्यक्ष डेविड राईले उपस्थति सबैलाई हार्दिक धन्यवाद दिँदै आगामी खेलमा पुरस्कारको रासी अझै बढाई सकेसम्म अझै ब्याब्स्थित गर्ने  र तेश्रो एन सिसी रनिङ कपलाइ सफल बनउन उपस्थित सबै महानुभाबहरुलाई कृतज्ञताका साथ हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको थियो । स्मरण रहोस म्याग्दी समाज समिति गत साल एन सिसी रनिङ कप बिजेता बनेको थियो । सो भलिबल कार्यक्रममा आयोजक एन.सि.सीले बिक्री वितरण गरेको भाग्यशाली चिठ्ठा कार्यक्रम खेल समापन लगतै खोलिएको थियो । चिठ्ठा कार्यक्रम अन्तर्गत प्रथम पुरस्कार ल्याप्टप कम्प्यूटर आनन्द गैरे ००१२६२, दोस्रो पुरस्कार भिडियो क्यामरा ००१४७६ राम बाहादूर थापा, तेस्रो पुरस्कार डिजिटल क्यामरा ००१२८७ शुशील श्रेष्ठले प्राप्त गरेका छन् । साथै सान्तोना पुरस्कार प्राप्त गर्नेहरुमा ००६०५५ गान्धिव सुवेदी, ००१४६१ टेक, ०००५१४ उमा थापा तथा बहादुर राना  रहेका छन् । पुरस्कार विजयीहरुले चिठ्ठाको अधकट्टी सहित एन सि सी कार्यलयमा सम्पर्क राख्नुहुन आयोजक कमिटिले अनुरोध गरेको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.