खेलाडी पनि राष्ट्रका “गहना र गरिमा” हुन


S.D.F.C परिवार, कुवेत

खाडी मुलुक मध्ये कुवैतमा अन्य देशको तुलनामा नेपालीहरुको चाप केही कम देखिएता पनि अहिले भने बिस्तारै–बिस्तारै नेपालीहरुको चाप बढ्दै गईरहेको छ । नेपालीहरुको चाप सँगै यहाँ बिभिन्न नेपाली संघ–संस्थाहरुको पनि स्थापना भई रहेका छन् । यि संस्थाहरुले कुवैत प्रवासीहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा भए पनि सेवा पुर्‍याउँदै आई रहनु भएको छ । यो हामी प्रवासी नेपालीहरुको लागी अति नै खुसीको कुरा पनि हो ।

यि संस्था मध्ये कालीगण्डकी बचत समूह पनि एक पर्न आउँछ । यो संस्था कुवैतवासी प्रवासीले बुझेअनुसार बढि मात्रमा खेलतिर नै आकार्षित भएको देखिन्छ । धेरैचोटी प्रतियोगिता आयोजना गरि सकेको कालीगण्डकी बचत समूहले भर्खरै मात्र नेपाली नयाँ बर्ष २०६८ को स्वागत गर्दै कुवेतवासी नेपालीबीच शुभकामना आदान प्रदान गर्ने हेतुले गत अप्रिल २२ तारिखका दिन मङ्गाफस्थित भलिबल ग्राउण्डमा भब्यरुपमा अन्तर नेपाली भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । यस बचत समूहले कुवैतमा कार्यरत नेपालीहरुबीच गरेको हातेमालो र भेटघाट कार्यक्रम संस्थाका अध्यक्ष श्री आषिश कुँवर देखी लिएर बचत समूह परिवारका सबै सदस्यहरुको तौर-तरिका र कार्यकौशलता अतिनै सराहनिय रहेको छ ।

गत २२ अप्रिलको खेल सुरुमा अतिनै रोचक ढंगले प्रस्तुत भई रहेको थियो, जसमा एन.आर.एन.ए कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङज्यूको प्रमुख आतिथ्यमा उक्त खेल सम्पन्न भएको थियो । यस खुल्ला भलिबल प्रतियोगितामा कुवैतमा बिभिन्न संघ–संस्था र कम्पनीमा कार्यरत नेपाली खेलाडीहरु बिच १२ टिमले सहभागिता जनाएका मध्ये क्रमशः एस.डी.एफ.सी. (काउन्सील अफ मिनिष्ट्री) प्रथम, तमु समाज दित्तिय, नयाँ नेपाल-ए तृतिय र नव प्रतिभा ले सान्तवना पुरस्कारका भागिदार बन्न पुगेका थिए ।

यस खेलमा प्रथम, दित्तिय र तृतिय स्थान हाँसिल गर्ने टिमहरुलाई पूर्व घोषित भएअनुसार खसि, ट्रफी र प्रमाणपत्र एन.आर.एन.ए का अध्यक्ष श्री राजेन्द्र तामाङज्यूको हातबाट बितरण गरिने भनिएको भएता पनि खसि पुरस्कार भने प्रथम टिम एस.डी.एफ.सी. लाई ल यो प्रथम पुरस्कार भनि आयोजकले बेवारीसे पाराले न त आजोजकका अध्यक्षको हातबाट न त प्रमुख अतिथिको हातबाट न त स्टेजबाट नै दिईयो… खसीलाई त्यसै ग्राउण्डमा नै छाडीएको थियो ।

जसलाई अलिकति अभद्र पाराले गरेको व्यवहार र आयोजकको नैतीकतामा भएको कमजोरी हो कि भन्ने एस.डी.एफ.सी. टिम र परिवारलाई भान हुन पुगेको छ । पटक–पटक भलिबल कार्यक्रम संचालन गरि थुप्रै अनुभव बटुलि सक्नु भएका आयोजकले कतै अर्को चोटि झन हाम्रो घरमै पुरस्कार लिन जानु भन्ने हुन की भन्ने हामिलाई लाग्न थालेको छ ।

कार्यक्रम संञ्चालन गरि सकेपछि पुरस्कार बितरणलाई अधुरै छोडी खेलको मर्यादा र बिजय टिम र खेलाडीहरुलाई सम्मान हुनु पर्ने कुरालाई नबुझि लज्जास्पद ब्यवहार आयोजक परिवारले गरेको हो कि भन्ने एस.डी.एफ.सी. परिवारलाई हुन पुगेको छ । के त्यो पुरस्कार संस्थाका अध्यक्ष वा प्रमुख अतिथिको हातबाट दिईनु पर्ने होईन र ? ग्राउण्डबाट नै ल तपाईहरुको प्रथम पुस्कार भन्दै खेलाडीको खिल्ली उडाएको हामीमा महशुस हुन पुगेको छ । यस्तै हामी लगायत त्यहाँ हुने खेलप्रेमी दर्शक महानुभाव सबैलाई दित्तिय र तृतिय हुने टिमलाई खसि पुरस्कार पनि दिईयो या दिईएन त्यो सम्म पनि जानकारी हुन सकेन कसैलाई ।

आगामी दिनहरुमा यस्ता किसिमका अपमानजनक र नैतीकतामा कमजोरी देखिने कृयाकलापहरु हामीलाई मात्र होईन कि कुनै पनि विजेता टिम वा खेलाडीहरु माथि कुनै पनि सँघ-संस्था वा आयोजकहरुबाट नहोस् भन्ने एस.डी.एफ.सी. परिवार विनम्रताका साथ अनुरोध गर्दछ । ’cause “खेलाडी पनि राष्ट्रका गहना र गरिमा हुन” भनें राष्ट्रका गहनालाई चिन्न र सम्मान गर्न सक्नु पनि हर नेपालीको दायित्व र कर्तब्य भित्र पर्ने कुरा हुन भन्ने हामीले देखे बुझेका छौं ।

धन्यवाद !

एस.डी.एफ.सी. परिवार
काउन्सील अफ मिनिष्ट्री, कुवेत

Posted by: Jay Ale

One response to “खेलाडी पनि राष्ट्रका “गहना र गरिमा” हुन

  1. dear SDFC
    thank u for your news. we have already think about it, please read above news if u r not satisfied please kindly contact again to us. thank u !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.