कार्यक्रम जुनसुकै संस्थाले आयोजना गरे पनि हामी सबै प्रवासी नेपाली हौ


कालीगण्डकी परिवार, कुवेत

आदरणीय सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, साथै देश-बिदेशमा रहनु भएका कुवेतनेपाल डटकमका सम्पूर्ण पाठकबृन्दहरु ! गत अप्रिल २२ गते शुक्रबारको दिन कुवेतमा कृयाशिल संस्था कालीगण्डकी समुहले अन्तर नेपाली भलिबल प्रतियोगिता राखेको कुरा त सबैलाई अवगत नै छ । र प्रतिश्पर्धाको क्रममा एस.डी.एफ.सी. कम्पनी कुवेत प्रथम, तमु समाज कुवेत दित्तिय, नयाँ नेपाल क्लब कुवेत त्रितिय र नव प्रतिभा टीमले सान्त्वनाको उपाधी हात पार्नु भएको पनि सबैमा विदितै छ । 

कार्यक्रम अति नै शान्त र सौहार्दपूर्ण बाताबरणमा सम्पन्न भयो । यसमा हामी आयोजक कमिटि सम्पूर्ण उपस्थित महानुभाव र खेलाडीहरु माथि हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छौं । जसले आ-आफ्नो स्थानबाट महत्वपुर्ण सहयोग गर्नुभयो । तर कार्यक्रमको अन्तमा पुरस्कार वितरणको जुन अवधि थियो त्यस बिषयलाई लिएर एस.डी.एफ.सी. परिवार कुवेतले जुन बिज्ञप्ति कुवेतनेपाल डटकममा प्रकाशित गरेको छ, त्यसमा हामी कालीगण्डकी समुहको ध्यानाकर्षण भएको छ ।

कुनै पनि कार्यक्रम आयोजना गर्न त्यति सजिलो छैन जति जनसमुदायबाट आवाज निकाल्न सजिलो छ । हाम्रो अनुभवमा एउटा प्रतियोगिता सम्पन्न गर्नु एउटा सिङ्गो जिन्दगी सम्पन्न गर्नु हो यसमा आयोजक को तर्फबाट गल्ति, कमि कमजोरी हुनु  स्वभाबिक हो, त्यसमा पनि हेर्ने आँखा र सोच्ने सोचैमा निर्भर पर्दछ । एस.डी.एफ.सी. कम्पनीको विज्ञप्तिलाई नजिकबाट नियाल्दा हाम्रो समुहले खेलाडीलाई इज्जत नदिएको र “खेलाडी पनि राष्ट्रका गहना र गरिमा हुन्”  भन्ने कुरा नबुझेको कुरा प्रष्ट हुन्छ । तर यो सरासर यहाँहरुको भ्रम हो, यदि हामीले यो कुरा नबुझेको भए एक सिजनमा २-२ वटा प्रतियोगिता राख्ने थिएनौ होला । स्मरण रहोस कालीगण्डकी समुहले पहिलो भलिबल प्रतियोगिता राख्ने समयमा कुवेतमा भलिबल खेल लोप नै हुन लागिसकेको थियो यो कुराबाट पनि सबैले बुझ्नु पर्ने कुरा हो हाम्रो लागि खेल र खेलाडी कति सम्म प्रिय छन भनेर ।

बिषय बस्तु तिर केन्द्रित गर्दा हामीले प्रमाणपत्र अनी कप सबै खेलाडीहरुलाई प्रमुख अतिथिबाट नै सम्मानित गरेका थियौ । तर बिबिध कारणले गर्दा खसी लिएर आउन केही ढिला भएका कारण प्रमुख अतिथिबाट प्रदान गर्न असक्षम भएका हौ । वास्तवमा खेलडीको मुख्य पुरस्कार प्रमाणपत्र अनी शिल्ड हो यो हामीले बिधिवत तरिकाले नै प्रदान गरेका हौ तर खसी पनि त्यसरी नै दिने चलन र नियम हो तर भएन यसको लागि बिज्ञप्ति निकालेर हामीलाई सुझाब दिनु भएकोमा आभार ब्यक्त गर्दछौ । आउने कार्यक्रममा यस्तो सुझाब दिने कष्ट गराउने छैनौ र एस.डी.एफ.सी. लगाएत सम्पूर्ण हाम्रा पाठक अनी खेल प्रेमीहरुलाई यहि अनुरोध गर्न चाहन्छौ कि यो हाम्रो अपमान होइन सानो भुल हो । यसलाई अन्यथा नालिदिनु हुन हामी बिनम्र अनुरोध गर्दछौ । र कुवेतबाशी सम्पूर्ण संघ सस्था अनी बुद्दिजिबिहरुलाई पनि अनुरोध के गर्दछौ भने कुवेतमा हुने हरेक कार्यक्रम जुन संघ-सस्थाको नामबाट आयोजना भएता पनि आयोजक या दर्शक, या खेलाडी, या कलाकार हामी सबैजना कुवेतबाशी प्रवासी नेपाली हौ । त्यसैले सबैले आ-आफ्नो स्थानबाट सहयोग गरौ, यहाँ एकअर्कासंग बिरोधि भावना गर्नु भनेको आफ्नो बिरोध आफै गर्नु हो । यो कुरा सबै कुवेतबाशी नेपालीहरुले सोचिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ ।

अन्तमा हाम्रो कालीगण्डकी बचत समुहले आफ्नो आर्थिक कारोबार यथावत र नियमित राख्दै कुवेतबाशी नेपाली समाजमा एउटा कल्याणकारी समाजको नामांकरण गर्दै यहाँहरुको र सहयोग र सेवामा उपस्थित हुने पूर्व जानकारी दिन चाहन्छौ । चाँडै नै बिदिवत रुपमा कम शुरु गर्ने समेत जानकारी गराईन्छ ।

धन्यवाद ।

कालीगण्डकी बचत समुह, कुवेत

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.