३२ वर्षपहिलेको मनाङबासी


प्रदीप पोखरेल, डेनेक/माइकल थोमा

 ३२ वर्षपछि खुलेको आकाश, आँखैमा ठोक्किने हिमाल । तर, उपल्लो मनाङको रित्तिँदो अवस्था । बसाइँ सर्नेहरूको ताँती । मनाङीहरूले खेती थन्काएर बदेन पर्व मनाइरहेका थिए । तीन वर्षमा एकपटक मनाइने सो पर्वमा अर्कोपटक सहभागी हुन पाइने हो या होइन, कसैलाई थाहा थिएन । कोही पर्व समापनसँगै थातथलोबाट टाढिँदै थिए । समुद्रपार व्यापारका लागि गाउँ छाड्ने तयारी गर्नेको संख्या ठूलो थियो । अन्नपूर्ण हिमालको छायाँमा हुर्केबढेका साथीभाइहरू अवसरको खोजीमा यत्रतत्र छरिनुपर्दा निराश देखिन्थे । बदेन साँच्चै सम्झनलायकको थियो ।

उमंग र करुणाले भरिएको विसं २०३६ को बदेन पर्वलाई आफ्नो क्यामरामा कैद गरिरहेका थिए, सात समुद्रपारिको मुलुक चेक गणतन्त्रका फोटोग्राफर डेनेक थोमा । मुस्ताङबाट थोराङ्भन्ज्याङ पार गरेर मनाङ आएका थोमा पर्व अवधिभर त्यहीँ बसे । र, मनाङी जनजीवनसँग जोडिएका सयौँ तस्िबर खिचेर आफ्नो देश फर्के । त्यसबेला मनाङ पर्यटकका लागि खुला गरिएको दुई वर्ष मात्र भएको थियो । गाउँमा फाट्टफुट्ट मात्र पर्यटक आउँथे । बदेन पर्वसँगै धेरैले गाउँ छाडे । त्यसयता मनाङमा ठूलो परिवर्तन भयो । तर, सयौँ मनाङीहरू बदलिएको जन्मस्थल हेर्नसमेत फर्केनन् । उनीहरू क्रमशः टाढिँदै गए ।

डेनेकले त्यतिबेला खिचेका तस्िबर तत्कालीन चेकोस्लोभाकियामा प्रदर्शन गरे । मनाङको भूगोल र जीवनशैली धेरैलाई अनौठो लाग्यो । प्रदर्शनीमा आएका धेरैले पुरानो मनाङका तस्िबर मन पराए । तस्िबर हेर्ने केही त मनाङ पनि आए घुम्न । उनका पुराना तस्िबरले यस हिमाली भूगोलको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍यायो । तर, तीन दशकसम्म मनाङीले यस’boutमा पत्तै पाएनन् ।

०३६ मा आफ्नो क्यामरामा कैद गरेका मानिसलाई भेटेर पुरानो अनुभव साट्न डेनेक गत महिना छोरा माइकल र केही साथीका साथ फेरि मनाङ आइपुगे ।

त्यसअघि वैशाख ०६६ मा आइकल थोमाले स्थानीयहरुको सहयोगमा पुराना तस्बिरका मान्छेहरु खोजे । उनी भेटिएका मान्छेहरुको ताजा तस्बिर खिचेर चेक फर्केका थिए । उनले आपmना बुबालाई नयाँ कथा सुनाएपछि डेनेक फेरि मनाङ आएका हुन् । उनले भेटे, लामा कुन्साङलाई । ०३६ मा मनाइएको बदेन पर्वका युवा लामा अहिले बूढा भइसकेका थिए । डेनेकले लामालाई पुरानो तस्िबर उपहार दिए । लामाले दंग पर्दै भने, “बदेन पहिलेको जस्तो हुन छाड्योे । अत्यधिक बसाइँसराइका कारण डेढ दशकसम्म यो पर्व मनाइएन । ०६१ देखि फेरि मनाउन थालिएको छ ।”

मनाङमा बदेनलाई रंगीन पर्वका रूपमा लिइन्छ । सबैभन्दा उल्लासका साथ मनाइने पर्व पनि यही नै हो । डेनेकका अनुसार, त्यसबेला पर्वमा सामेल भएकाहरू निकै उल्लासमय वातावरणमा रमाइरहेका थिए । रमाउनेमध्येका एक थिए, मनाङ गाउँका कर्म घले । त्यसबेला १५ वर्ष टेकेका कर्म पर्वमा रमाएका मात्र थिएनन्, पर्व व्यवस्िथत बनाउन सक्रिय पनि थिए । कर्मले पर्वमा देखाएको सक्रियतालाई डेनेकले क्यामरामा कैद गरे । तर, कर्मले यो कुरा पत्तै पाएका थिएनन् । ५ वैशाख ०६८ का दिन तिनै कर्मलाई खोज्दै डेनेक आफ्नो टोलीसहित उनकोे घरमा पुगे । तर, कर्म बाहिर निस्केका रहेछन् । डेनेकले उनकी श्रीमती सुमित्रालाई ०३६ को बदेनमा रमाइरहेका कर्मको तस्िबर देखाए । तस्िबर हेरेर सुमित्राले भनिन्, “३२ वर्षअगाडि त उहाँ सानो छोराजस्तै हुनुहुँदोरहेछ ।” १३ वर्षे कर्मका छोराको अनुहार तस्िबरमा देखिने उनका किशोर बाबुको जस्तै थियो । केहीबेरमा आइपुगे कर्म । भेट्नासाथ डेनेकले भने, “३२ वर्षमा तपाईं निकै परिवर्तन हुनुभएछ ।”

डेनेकले मनाङबजारमा रहेको रेस्टुराँ बुद्ध किचनकी सञ्चालक छुङ्ता गुरुङलाई उनकै घरमा भेटेर तस्िबर देखाउँदै सोधे, “यो मानिसलाई चिन्नुहुन्छ ?” “अबुई त्यो त मै हुँ नि, सानो बेलाकी,” छुङ्ता दंग पर्दै भनिन् । ३२ वर्षअगाडि तीन वर्षकी छुङ्ता लिस्नो चढेर घरको छानामा उक्लिरहेकी थिइन् । डेनेक सम्झन्छन्, “तस्िबर खिच्न खोज्दा उनी र उनका भाइबहिनीले डराउँदै क्यामरा हेरेका थिए । चेक र स्लोभाकमा भएको प्रदर्शनीमा आएका धेरै दर्शकले यो तस्िबर निकै मन पराएका थिए ।” अहिले मनाङमा पनि धेरैलाई यो तस्िबर मन पर्‍यो । खुसीले दंग परेकी छुङ्ताले डेनेकलाई हार्दिकतापूर्वक तातो कफीले स्वागत गरिन् । उनी सोलुखुम्बुबाट मनाङ आएका एक राई युवकसँग विवाह गरेर आफ्नै गाउँमा बसेकी छन् ।

डुल्दै गर्दा डेनेकसँग भेट भइन्, माया गुरुङ । ०३६ मा मायाले रित्तो डोकामा वर्ष दिनकी बहिनी कोर्तोलाई बोकेर हिँड्दै गरेको तस्िबर खिचेका थिए डेनेकले । क्यामरा फर्काउँदा माया लाजले हाँसेकी थिइन् । अहिले माइकलले तस्िबर खिच्दा पनि उनी ०३६ कै जसरी मुस्कुराइन् । डेनेकको अनुभवमा मनाङ र मनाङी जीवनशैली बदलिए पनि मायाको मुस्कान भने उस्तै रहेछ । उनले कोतो गुरुङलाई पनि भेटे, जो त्यसबेला सानी बहिनी बोकेर समूहगत तस्िबर खिच्न आएकी थिइन् । अहिले उनी डाँडामाथिकी घाम भइसकेकी छन् ।

हो, यसपालिको डेनेकको मनाङ भ्रमण निकै भिन्न थियो, कल्पनाभन्दा बाहिरको । पत्याउनै नसक्ने गरी धेरै कुरा परिवर्तन भइसकेका थिए । जस्तो, उतिबेला ४० वर्षका डेनेक आफैँ अहिले ७२ पुगिसके । बदेनमा नाचेका दर्जनौँ बूढाबूढीले धर्तीबाट बिदा लिइसकेका छन् ।

Posted by: Dambar Rimal                                      Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.