साई बाबाको आज बिहान निधन .


 दुई दिनपछि अन्तिम संस्कार-
पुट्टापर्थी, वैशाख ११ (एजेन्सी)- भारतीय धर्मगुरु साई बाबाको आज बिहान सात बजेर ४० मिनेटमा ८५ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि उनलाई चैत १४ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो। यो खबरपछि उनका हजारौँ भक्तहरु साई बाबाको निधन भएको अस्पतालतिर ओइरिएका छन्।

  उनको पार्थिव शरीरलाई कुलवन्त हलमा राखिँदैछ। आज साँझ ६ बजेदेखि दुई दिनसम्म  अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई राखिने बताइएको छ।

९६ वर्षसम्म बाँच्ने आफैले घोषणा गरेका भनिएका साई बाबाको स्वास्थ्य स्थिति ’bout पूर्ण विवरण र उनको फोटो, भिडियो उनलाई अस्पतालमा भर्ना गरिएदेखि नै दिइएको थिएन। चिकित्सकहरुले आइसीयुका बिरामीको त्यस्तो भिडियो र फोटो देखाउनु मानवअधिकारविपरीत हुने बताएका थिए।

स्वास्थ्य स्थिति अन्यौलमा राखेको भन्दै उनकै भक्तले उजुरी दर्ता गरेपछि साई बाबाको स्वास्थ्यसम्बन्धी प्रतिवेदन वैशाख १६ गतेसम्म बुझाउन भारतको आन्ध्र प्रदेश राज्यको मानवअधिकार आयोगले राज्य सरकारलाई निर्देशन दिएको थियो।

साई बाबाको स्वास्थ्य ’bout सत्य साई सेन्ट्रल ट्रस्ट र उपचारमा संलग्न चिकित्सकहरुबीच विवाद पनि भएको थियो। ट्रस्टले उनको स्वास्थ्य सुधार भइरहेको भन्दै १५ दिनमा आश्रम फर्काउन सकिने वक्तव्य केही दिनअघि निकालेको थियो।  तर उपचारमा संलग्न श्री सत्य साई बाबा इन्स्टिच्युट अफ हाइअर मेडिकल साइन्सेजका निर्देशक ए एन सफायाले भने त्यस्तो वक्तव्य निकाल्नुअघि ट्रस्टले आफूसित सल्लाह नगरेको बताएका थिए।

साई बाबाको जन्म सन् १९२६ को २३ नोभेम्बरका दिन पुट्टपर्तीमा सत्यनारायण राजुका रुपमा भएको थियो। १४ वर्षको उमेरमा उनले आफूलाई शिरडी साई बाबाको अवतार भएको घोषणा गरेका थिए। त्यतिबेलादेखि उनका विश्वभर लाखौँ भक्तहरु छन्।

सुरक्षा कडा-

आफ्नै नाममा खोलिएको सत्य साई बाबा सुपर स्पेसियालिटी अस्पतालमा उपचार गराइरहेका साईको स्वास्थ्य ’bout गएरातिको बुलेटिनमा उनको अवस्था एकदमै चिन्ताजनक भएको बताइएको थियो। साई बाबाको निधनको घोषणा भएपछि आज बिहानै त्यहाँका उद्योग मन्त्री गीता रेड्डीसहित वरिष्ठ सरकारी अधिकारीहरु अस्पताल पुगेका थिए।

राज्य सरकारले त्यहाँको सुरक्षा कडा पारेको जनाएको छ। ६ हजारभन्दा बढी प्रहरी त्यहाँ आउने विशिष्ट अतिथिको सुरक्षाका लागि खटाइएको छ।

सुरक्षाका अतिरिक्त सरकारलाई अर्बौँको सम्पति रहेको साई बाबाको ट्रस्टका उत्तराधिकारीका लागि समेत संघर्ष चर्किने भय छ।

Posted by: Shiva Paudel

Source: Nagarik

 

3 responses to “साई बाबाको आज बिहान निधन .

  1. This is really sad and a great loss indeed to all of us who have had respect to SAI BABA and well knows to him.

    “May his soul rest in peace”

  2. We are Missing Good Soul Again and Again !

  3. Expressing heartfelt condolence on the unexpected demise of Sai Baba.Infact, His spirit is still with all of us even his physical body is no longer now. Further, i would like to salute you sai baba for your outstanding contribution on your humanitarian aid towards millions of people that you have offered around the world.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.